जहाँ हात हाल्यो त्यही विवाद । उद्योगपति मोहनगोपाल खेतानका जेष्ठपुत्र राजेन्द्र खेतानको फेरिएको पछिल्लो पहिचान हो यो । धेरै उद्योगी व्यवसायीका माझमा घमण्डी र झगडियाका पहिचान बनाएका उनको एभरेष्ट इन्स्योरेन्समा टिवडेवाला समूहबीच विवाद चल्यो । उनकै समूहको लगानी रहेको लक्ष्मी बैंक र प्राइम लाइफ इन्स्योरेन्समा पनि ठूलो लफडा चल्यो । गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ राजस्व छलेपछि उक्त कम्पनीमा साझेदारी गर्दै आएको डेनिस मल्टिनेसनल कम्पनी काल्र्सवर्ग ग्रुप र खेतान समूहबीच विवाद भयो । उक्त कम्पनीमा खेतान समूहको ५९ प्रतिशत लगानी थियो । व्यवस्थापन पूरै खेतान समूहको थियो । १०औं करोड रुपैयाँ राजस्व छलीले डेनिसको बहुराष्ट्रिय कम्पनीको कर्पोरेट छविमा ठूलो धक्का लाग्यो । परिणामतः राजस्व छलीको १० करोड रुपैयाँ पूरै गोर्खा ब्रुअरीको तर्फबाट खेतान समूहले तिर्नुप¥यो । विवाद त्यतिमा मात्र टुंगिएन ।
बिज्ञापन
काल्सर्वर्ग ग्रुपले ग्रोर्खा बु्रअरीमा खेतान समूहलाई अल्पमतमा पार्ने गरी कम्पनीको ९९ प्रतिशत सेयर आफ्नो स्वामित्वमा लियो । विवादपछि अन्ततः काल्र्सबर्गले खेतानको हिस्सा किन्यो । अहिले गोरखा ब्रुअरीमा काल्र्सबर्गको स्वामित्व करिब ९९.९४ प्रतिशत पुगेको छ। यसले गर्दा कम्पनीमा काल्र्सबर्गको एकल नियन्त्रण स्थापित भएको छ । यो कारोबारका लागि उद्योग विभाग, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक थियो । यी निकायहरूको अनुमति पाएपछि मात्रै काल्र्सबर्गले स्वामित्व पाएको हो । अब गोरखा ब्रुअरी काल्र्सबर्गकै पूर्ण नियन्त्रणमा पुगेको छ । खेतान समूह व्यवसायबाट लगभग बाहिरिएको छ । यस्का अलवा नेपाल सरकारको ७५ प्रतिशत र खेतान समूहको १२ दशमलव ५ प्रतिशत सेयर रहेको नेपाल ओरिन्यन्ट म्याग्नेसाइट विवादमा प¥र्यो । यस्का अलवा मारवाडी सेवा समाजमा पनि उस्तै लफडा निस्कियो ।
बिज्ञापन
नेपाल उद्योग वाणिज्य महासंघ फुटाएर नेपाल उद्योग परिसंघ बनाउने पनि उनै खेतान हुन । परिसंघका अध्यक्ष विनोद चौधरीले आफ्ना विश्वासपात्र नरेन्द्रकुमार बस्न्यातलाई अगाडि सारे । वरिष्ठ उपाध्यक्ष पद नपाएपछि परिसंघलाई ‘विनोद एन्ड चौधरी कम्पनी’ संज्ञा दिँदै त्यहाँबाट बाहिरिए । परिणाम अहिले पनि चौधरी र खेतानबीच तिक्ततापूर्ण सम्वन्ध रहेको जानकारहरू बताउँछन् । उनका पार्टनरहरुमध्ये कतिपय सडकमा पुगे । राकेश अडुकिया, निरञ्जन टिवडेवाल । उनै खेतानको हातमा देशको डिजिटल भुक्तानी प्रणालीमा पुगेको छ । स्क्याम, धोखाधडी र आर्थिक अनियमितताका आरोपले गुमनाम भएका खेतान अब फोनपे मार्फत कर्पोरेट दुनियाँमा प्रवेश गरेका हुन । खेतानसहित १० जना लगानीकर्ताले फोनपे कम्पनीको २२.३७ प्रतिशत सेयर, करिब डेढ अर्ब रुपैयाँमा खरिद गर्न लागेको छन्। यसमध्ये मात्र राजेन्द्र खेतानले १४ प्रतिशत सेयर खरिदको प्रस्ताव राखेका छन् र राष्ट्र बैंकले यसलाई स्वीकृत गरिसकेको छ । फोनपेको नेपालमा पीटूएम (व्यक्तिदेखि व्यापारी भुक्तानी) खण्डमा ९९ प्रतिशत र पीटूपी (व्यक्तिदेखि व्यक्ति भुक्तानी) खण्डमा ६२ प्रतिशत बजार हिस्सामा छ, जसले यस कदमलाई अत्यन्तै संवेदनशील बनाएको छ । केन्द्रिय बैंकका कर्मचारीहरूले विवादित खेतान समूहले फोनपेको सेयर खरिदमार्फत भुक्तानी प्रणालीमाथि रेगुलेटरी क्याप्चर गर्ने खतरा रहेको बताएका छन् । विज्ञहरूको विश्लेषणअनुसार, यदि यस्तो भयो भने देशको भुक्तानी प्रणालीको पारदर्शिता र प्रतिस्पर्धात्मक वातावरणमा गम्भीर संकट आउन सक्नेछ ।