रसुवाका चार सहित २१ निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । प्रकाशित सूची अनुसार रसुवा जिल्लाकै चार वटा निर्माण कम्पनी एकै पटक कालोसूचीमा परेका छन् ।
जसमा सडक डिभिजन कार्यालय नुवाकोटको सिफारिसमा रेव कुमार पौडेल सञ्चालक रहेको गौरीगाइ निर्माण सेवालाई एक बर्ष,राजु तितुङ सञ्चालक रहेको लेबोन निर्माण सेवालाई एक बर्ष र चाम्सिङ लोप्चन सञ्चालक रहेको राम्चे नेशनल कस्न्ट्रस्क्सनलाई एक बर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै सडक डिभिजन नुवाकोटले गोस बहादुर तमाङ सञ्चालक रहेको लाङटाङ मानेज्यार्सा जेभीलाई एक बर्षका लागि कालोसूचीमा राखिएको छ ।

बिज्ञापन

यस्का अलवा राष्ट्रिय वाणिज्य बैंकको सिफारिसमा सन्दिप कुमार अग्रवाल सञ्चालक रहेको राज ट्रेडिङ ,गुप्त बहादुर खड्का सञ्चालक रहेको योगेश मेसनरीलाई एक बर्ष कालोसूचीमा राखिएको छ ।

बिज्ञापन

सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने तथा कारबाही हुने सूचनामा उल्लेख गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पोखरा विमानस्थल ८ अर्ब घोटला : यी हुन अख्तियारले प्रतिवादी बनाएका मन्त्री,सचिव,सहसचिवसहितका ५५ प्रतिवादी

पोखरा विमानस्थल भ्रष्टाचार : ५ पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध अख्तियारको मुद्दा

खरिदार- उपसचिव तहका ४७२ को बेमौसमी खटन पटन, सरुवा माग्दै ७७ को निवेदन

यी हुन शाखा अधिकृतमा नियुक्तिका लागि सिफारिस भएका १७८ जना उमेद्धार

मानव चेतना र भौतिक जीवनको सन्तुलन

नागरिक उड्डयन प्राधिकरणः नेतृत्व चयनले ‘स्वार्थको द्वन्द्वको खतरा’

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

बिशेष