१० बर्ष अगाडिकै त्रिपाल काण्डको झझल्को :बस्न अयोग्य मन्त्रालयमा समेत धमाधम रंगरोगन

हतपतको काम लतपत सिंहदरबारका मनत्रालय भित्र बस्नयोग्य छ वा छैन एकिन विवरण आइसकेको छैन बाहिर पचासौं लाख खर्चेर रङ्ग पोत्नै हतार छ अन्तरिम सरकारलाई । गत २४ मा जेनजीहरुको आन्दोलनका क्रममा सिंहदरबार प्रवेश गरेर मन्त्रालय तोडफोड र आगजनीका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,शिक्षा,अर्थ र गृहमन्त्रालयमा ८० प्रतिशत बढी क्षति पु¥याइएको छ । ती मन्त्रालयका भवनमा पुगेको क्षति,पुनर्निर्माण गर्न सकिने वा नसकिने विषयको अध्ययन नहुँदै अहिले ५० औं लाख खर्चेर रंगरोगनगर्न थालिएको हो ।

बिज्ञापन

नयाँ मन्त्रीमण्डल बनेसँगै बसेको सचिवस्तरीय बैठकमा धुँवाको मुस्लोले कालो भएका मन्त्रालयमा तत्काल रंगरोगन गर्न बिषयमा छलफलभएको थियो । पैसा भएको ठाउँमा रेगुलर बजेटबाट र नभएको ठाउँमा अर्थ मन्त्रालयबाटनिकासा गरेर भए पनि सिंहदरबार पोत्ने निर्णय भएको थियो । सोही छलफल पछि विशेष परिस्थिति देखाएर सोझै खरिद प्रक्रियामार्फत रंगरोगनको काम चलिरहेको छ अहिले । जबकी यी मन्त्रालयहरुको ¥यापिड भिजुअल एसेसमेन्टको रिपोर्ट आउनै बाँकी छ ।

बिज्ञापन

यसरी हतारमा रंगरोगन गर्दा एक दशक अगाडिकै स्थिति दोहोरिन सक्ने भन्दै केही सचिवहरुले आपत्ति समेत जनाएका छन् । ०७२ सालमा भूकम्प जाँदा समेत यसै गरी मन्त्रीको ठाडो र मौखिक निर्देशनमा त्रिपाल खरिद प्रक्रिया अगाडि बढाइएको थियो । झण्डै ६ करोड त्रिपाल खरिदको एकातिर अहिलेसम्म भुक्तानी भएको छैन भने कर्मचारीहरु भ्रष्टाचार मुद्धा खेपिरहेका छन् । भोलि खर्चको औचित्य पृष्टि गर्न गाह्रो हुने गरि एकातिर ¥यापिड भिजुअल एसेसमेन्टको रिपोर्ट नआउँदै,टेण्डर प्रक्रिया विनै सोझैं ठेकेदारलाई पोस्ने गरी काम अगाडि बढाइएको हो ।

एक सचिवका अनुसार,आगजनी पछि पहिला मन्त्रालयको भित्रको सरसफाइ, भवन बस्न योग्य छ वा छैन भन्ने एकीन हुनुपर्ने हो । ‘कुन मन्त्रालयमा कति क्षति भएको हो ? भित्र क्रयाक भएको छ वा छैन ? बस्न मिल्ने हो वा होइन ? हेरिएको छैन । बाहिर १० औं लाख खर्चेर रंग पोतिसके पछि भोलि बस्न नमिल्ने र भवन र पर्खालै काम नलाग्ने स्थिति छ भने त्यही १० लाख लगानी पनि वालुवामा पानी हुने स्थिति हुन्छ कि हुन्न ? बस्नै योग्य भए पनि आगलागीका कारण भित्रको सफाइ नगरी बाहिर रंगरोगन गर्दा फेरि त्यही कालो भित्तामा लाग्ने हुँदा दोहोरो खर्च हुने प्रति न त कर्मचारी,न अन्तरिम सरकारका मन्त्रीहरु नै चनाखो भएको देखियो ।

बिज्ञापन

यसरी अहिले सिंहदरबार रङ्ग रोगन गर्ने काम सहरी विकास मन्त्रालय अन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय गरिरहेको छ । त्यहाँका कार्यालय प्रमुख सुई चक्रवती कण्ठ,सीडी गणेश कर्मचार्य, आकृति रिमाल सुनिल महतहरुको अग्रसरतामा टेण्डर प्रक्रिया समेत नअपनाई आफूनिकटका ठेकेदारमार्फत काम अगाडि बढाइएको छ । यही समूहमध्येका कण्ठ र गणेश कर्माचार्यहरुले अगाडि बढाएको त्रिवि क्रिकेट मैदानको ठेक्का प्रकरणमा भएको अनियमिता अख्तियार पुगेर अनुसन्धान भइरहेको छ ।

अहिले सिंहदरबार रंग्याउने ठेक्का तीन जना ठेकेदारहरुले पाएका छन् । संघीय मामिला तथासामान्य प्रशासन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कृषि तथा पशुपन्छी विकासमन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पूर्वी मोहडा, गृहमन्त्रालयसहितको भवनमा रंगरोगनको काम ठेकेदारहरुमार्फत भइरहेको छ भने उर्जा र अर्थमन्त्रालय रंङ्ग रोग्न गर्ने काम ती मन्त्रालयहरुकै स्रोतबाट भइरहेको छ । सार्वजनिक खरिदअनुगमनका एक कर्मचारीका अनुसार,विशेष परिस्थितिमा १० लाखसम्मको एक पटक खरिद गर्नसकिन्छ । एउटा पार्टीसँग एक पटकमा दश लाखसम्म खरिद गर्न सकिन्छ । विशेष परिस्थितिको नाममा हतारमा काम अगाडि बढाँइदा भोलि अख्तियारले दागा धर्ने स्थिति समेत उतिकै छ । ठेकेदारहरुले भुक्तानी नपाएर अदालतको चक्कर काट्नुपर्ने स्थिति समेत देखिदैंछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवामा मतगणना स्थल तयारी पूरा

लाङटाङको मतपेटिका आजै हेलिकप्टरमार्फत धुन्चे ल्याइने तयारी

रसुवामा ५५.३० प्रतिशत मतदान, २२ हजार ९ सय ३४ मत खस्यो

रसुवामा ४२.०६ प्रतिशत मतदान, १७ हजार ४४५ मत खस्यो

पूर्वसचिव आचार्यको राष्ट्रिय गीत सार्वजनिक : जेनजी युवालाई देश निर्माणको आह्वान

व्हाट्सएप अभिव्यक्तिका कारण मतदान अधिकृत गैरे हटाइए

राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न

मतदान अधिकृत जिम्मेवारीबाट हटाइए

बिशेष