बिहिबारदेखि बन्द रहेको सरकारको भुक्तानी प्रणाली सुचारु,’तलब-भत्ता खुवाउन कुनै समस्या नहुने’

चार दिनदेखि बन्द रहेको सरकारी भुक्तानी प्रणाली आजबाट शुरु भएको छ । गत बिहिबारदेखि सरकारको भुक्तानी प्रणाली बन्द भएकोमा आइतबारदेखि प्रणाली सुचारु भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

बिज्ञापन

सरकारी कार्यालयमा तोडफोड र आगजनी र भुक्तानी प्रणाली समेत बन्द हुँदा सरकारी कोषबाट तलब थाप्ने लाखौंका संख्यामा रहेका निजामती कर्मचारी,शिक्षक,सेनादेखि प्रहरीसम्मको चासो र चिन्ता थियो भदौं र नजिकिदै गरेको दशैं भत्ता पाइएला वा रोकिएला ?

बिज्ञापन

महालेखाले भने सरकारी कर्मचारीको अनिवार्य दायित्व सृजना भएको तलब खुवाउन कुनै समस्या नरहेको जनाएको छ ।

जेनजीका प्रदर्शनपछि सिंहदरबार,सरकारी कार्यालयदेखि निजी क्षेत्रसम्म आक्रमण,आगलागीका कारण गत बिहीबारदेखि सरकारका तर्फबाट हुने खर्च बन्द गरिएकोमा आजदेखि भुक्तानी दिन थालिएको सरकारी खर्च व्यवस्थापनको जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदर्शनका क्रममा अर्थ मन्त्रालयसहित मातहतका १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा तोडफोड भएको अर्थ मन्त्रालले जनाएको छ । यस्तै चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा भने आंशिक क्षति भएको मन्त्रालयको भनाइ छ ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्,अर्थ मन्त्रालय,स्वास्थ्य,शिक्षा मन्त्रालय लगायतका निकायमा भएको तोडफोड आगजनीपछि कर्मचारीहरुमा चासो र चिन्ता छ अब नियमित तलब खान पाइएला वा नपाइएला ।
महालेखा नियन्त्रकको कार्यालयले भने कर्मचारीलाई तलब खुवाउन कुनै समस्या नहुने जनाएको छ । भदौको दायित्व सिर्जना भइसकेकाले कर्मचारीको हकमा तलब पठाउन कुनै समस्या नहुने कार्यालयले स्पष्ट पारेको छ । सरकारको भुक्तानी सुचारु भइसकेको कारण सरकारको ढुकुटीबाट तलब भत्ता पाउने सबै कर्मचारीले दशैं अगाडि नै तलब पाउने तर अतिरिक्त एक महिनाको तलबका सन्दर्भमा भने नयाँ सरकारको निर्देशनमा भर पर्ने महालेखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

महान्यायधिवक्तामा सविताको रेकर्ड ब्रेक : भत्कियो ७३ बर्षको इतिहास

बिहिबारदेखि बन्द रहेको सरकारको भुक्तानी प्रणाली सुचारु,’तलब-भत्ता खुवाउन कुनै समस्या नहुने’

लाइसेन्स छपाइ तथा वितरण अनिश्चितकालका लागि स्थगित

सचिवहरुसँग प्रधानमन्त्रीले भनिन् :’म सत्ताको रसस्वादन गर्न आएको होइन, ६ महिनामा छोड्छु’

‘आई क्विट’ भन्दै सुमना श्रेष्ठले त्यागिन रास्वपा

आन्दोलनका क्रममा ज्यान गुमाउनेलाई १० लाख दिने सरकारको निर्णय

‘आगोले सम्पत्ति जले पनि आत्मबल कहिल्यै जल्दैन, अब फेरि उठ्नुपर्छ’

‘जेलर र सचिवलाई अप्ठ्यारोमा पार्न चाहन्न,सुव्वादेखि माथिका सबैले जाँच दिनुपर्दछ’

बिशेष