डान्सबार रेस्टुराँको धन्दा चलाउनेलाई लगेर साँस्कृतिक फाँटमा राखिँदा त्यो पार्टीको साँस्कृतिक विभाग कस्तो होला ? के हाम्रा राजनीतिक दलका साँस्कृतिक फाँट कला, साहित्य, संस्कृति बुझेको मान्छे नभेटेर हो ? अनेक काण्ड लागेर चरित्रमा ‘दाग’ लागेकाहरूलाई त्यहाँ लगेर थन्क्याइएको ? होइन भने माओवादी केन्द्रमा ‘यौनकाण्ड’को आरोप लागेका चेतन सापकोटा, गणेश भण्डारी साँस्कृतिक फाँटमा राखिए । त्यहीबाट चेतन सापकोटा अहिले प्राज्ञ छन् तर उनै प्राज्ञका हर्कतका कारण सांष्कृतिक फाँट नै लज्जित हुन पुगेको छ ।
बिज्ञापन
पूराना कलाकार चेतन सापकोटाले हालै एक दोहोरी साँझमा देखाएको हर्कतले मनोरञ्जन वृत्तमा यस्तो प्रश्न उब्जाएको छ । प्राप्त भिडियोमा सापकोटा दोहोरी साँझको फ्लोरमै उत्तानो परेर नाचेको देखिन्छ । उनी मदिराले मात्तिएर उभिनै नसकेपछि जुत्ता र मोजा खोलेर भुइँमा बस्छन् । त्यसपछि दुई खुट्टा आकाशतिर फर्काएर नाच्न थाल्छन् । सापकोटाको उक्त हर्कतपछि दोहोरी साँझका सञ्चालकहरुले सभ्य भएर बसिदिन आग्रह पनि गरेका थिए । तर उल्टै आफ्नो पहिचानको धाक दिएर धम्कीको प्रयास गरेको स्रोतले बतायो ।
बिज्ञापन
संगीतकार संघ नेपालको पूर्व अध्यक्ष समेत रहेका सापकोटाले यसअघि मदिरा पिएर आफ्नै साथीकी छोरीलाई ‘ब्याड टच’ गरेको आरोप लागेको थियो । केही बर्ष अगाडि ललितपुर झम्सिखेलको एक रेस्टुराँमा मदिरा जमघटपछि एक जना साथीले गणेश भण्डारी र चेतन सापकोटालाई राति आफ्नै घरमा लगेका थिए । तर, मित्रकै छोरीमाथि कुदृष्टि राखेपछि भण्डारी र सापकोटा राति नै त्यो घरबाट लखेटिए । कट्टुकै भरमा भागेर गोदावरी पुगेका थिए उनीहरु ।
यो प्रकरणपछि माओवादी हेर्डक्वार्टरमा उजुरी पुग्यो । माओवादी केन्द्रका तत्कालीन सांस्कृतिक विभाग इञ्चार्ज तथा जनसांस्कृतिक महासंघका इञ्चार्ज विश्वभक्त दुलाल ‘आहुति’ को नेतृत्वमा छानबिन समिति बन्यो । उनीहरुले बैठकमा आत्मालोचना गरे ।
केही समय निलम्बनमा परे । राजीनामा दिए पनि त्यो लपेटाइले उनीहरुलाई खेद्न छाडेन । यही घटनामा मुछिएका कारण माओवादीबाट प्रदेशसभादेखि संघीय संसद्सम्मको टिकट पाएनन् भण्डारीले । चेतनले भने प्रचण्डसँग नजिकिएर प्राज्ञ नियुक्ति खाए ।
बिज्ञापन
त्यस्तै,चेतनले केही बर्ष अगाडि विदेशको एक कार्यक्रममा पनि अत्यधिक मदिरा पिएर एक युवतीमाथि दुर्व्यवहार गरेको चर्चा मनोरञ्जन वृत्तमा व्यापक भएको थियो । सापकोटा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य समेत हुन् ।