कोशी प्रदेश प्रमुखलाई प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण

कोशी प्रदेशका प्रमुख परशुराम खापुङलाई प्रदेश लोक सेवा आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन हस्तान्तरण गरेको छ।

बिज्ञापन

मंगलवार प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले छैटौँ वार्षिक प्रतिवेदन बुझाएका हुन्।

बिज्ञापन

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले आयोगको कार्यशैलीप्रति आमजनताको विश्वास रहेको उल्लेख गरे। उनका अनुसार दरखास्त आह्वानदेखि परीक्षा र उम्मेदवार छनोटसम्मको सम्पूर्ण प्रक्रियामा आयोगले पारदर्शिता कायम राखेकै कारण जनविश्वास बढ्दो छ। उनले योग्य, दक्ष, इमानदार र अनुभवी कर्मचारी सिफारिस गर्ने आयोगको अभ्यास प्रशंसनीय रहेको बताए। साथै, प्रविधिको प्रयोगमार्फत अझ प्रभावकारी ढंगले प्रतिस्पर्धी कर्मचारी छनोट गर्नुपर्ने सुझावसमेत दिए।

सो अवसरमा आयोग अध्यक्ष गुरागाईँले विगत वर्षभरि ५७० पदका लागि ५५२ जना उम्मेदवार सिफारिस गरिएको जानकारी दिए। प्रदेशगत विवरण प्रस्तुत गर्दै उनले कर्णाली प्रदेशबाट सबैभन्दा धेरै — ३४.६ प्रतिशत उम्मेदवार सिफारिस भएको तथ्याङ्क प्रतिवेदनमार्फत सार्वजनिक गरेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृत,सव इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

निर्वाचन आचारसंहिताकै बीच नियामक निकायमा धमाधम नियुक्ति

‘सचिवस्तरीय’ निर्णयबाट भएको आधा दर्जन कर्मचारी सरुवा ‘मन्त्रीस्तरीय निर्णयले बदर

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

गृहमा अनेकन मनपरी : सहसचिवहरु जगेडामा,तालिम नलिएका कर्मचारीलाई धमाधम सिडियो

कर्मचारी सरुवामै चुनावी सरकारको ध्यान,निर्वाचन आचारसंहिता लाग्दा समेत सचिव सरुवा

पुनरावेदकको मागदावी पुग्ने अदालतको ठहर पछि यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

निर्वाचन खर्चको अनुगमन :विधी र व्यवहार

बिशेष