उच्च प्रशासकहरुको राजीनामाको लहर : जागिरबाटै विरक्ति कि अर्काे नियुक्तिको तयारी ?

पछिल्लो समय सेवा अवधि बाँकी हुँदै उच्च प्रशासकहरु राजीनामा दिदै हिड्न थालेका छन् ।
हालैमात्र सचिव भरतमणि सुवेदीले सचिव पदबाट राजीनामा दिएका छन् । उनले दिएको राजीनामा क्याविनेटले समेत स्वीकृत गरिसकेको छ ।

बिज्ञापन

चार महिना सेवा अवधि बाँकी रहँदै सचिव सुवेदीले दिएको राजीनामा हिजो बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । मुख्य सचिवको प्रवल दावेदारका रुपमा हेरिएका सचिव सुवेदीले हठात पदबाट राजीनामा दिएका हुन । सुवेदी पाँच बर्ष सेवा अवधि पूरा गरेर आगामी पुसमा मात्र अनिवार्य अवकाशमा जाने थिए तर चार महिना सेवा अवधि बाँकी रहेका र मुख्य सचिवका प्रवल दावेदार मानिएका उनको हठात राजीनामालाई अनेकन संशयपूर्ण रुपमा हेरिँदै छ । वर्तमान मुख्य सचिव एकनारायण अर्याल पछि सिनियरका आधारमा मुख्य सचिवका प्रवल दावेदार मानिएका सुवेदीले हठात राजीनामा दिएसँगै कतै उनी निर्वाचन आयोगतिर जान लागेका त होइनन् भन्ने कोणबाट प्रश्न उठ्दै छ ।

बिज्ञापन

शक्ति र सत्तासँग नजिक रहेका उच्च प्रशासकहरु राजीनामा लगतै अर्काे नियुक्ति पाउने भएका कारण पनि पदबाट बाहिरिने गरेका छन् । सुवेदी हाल राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव रहेका भरतमणि सुवेदीले सचिवको जिम्मेवारीमा रहेका छन् । यस अघि निर्वाचन आयोग,सामान्य प्रशासन मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सचिव चलाइसकेका र भावी मुख्य सचिवका प्रवल दावेदार मानिएका सुवेदीको हठात राजीनामा दिएका हुन । यस अघि यसैगरी पदबाट राजीनामा दिने सचिवको संख्या ३० भन्दा बढी रहको छ ।

गत बर्षमात्र मुख्य सचिव बन्नबाट बञ्चित भएका तोयनारायण ज्ञवालीले पदबाट राजीनामा दिएका थिए । सरकारले एकनारायण अर्याललाई मुख्यसचिव बनाएपछि सचिव ज्ञवालीले राजीनामा दिएका छन्। मुख्यसचिवको प्रतिस्पर्धामा सचिव ज्ञवालीले पदबाट राजीनामा दिएका थिए ।

बिज्ञापन

अघिल्लो बर्षमात्र नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिएका थिए । उनी ५८ वर्षीय उमेर हदले अवकाश पाउनु पाँच महिना अगावै पदबाट राजीनामा दिएका थिए । अधिकारीले नेपाल कानून आयोगमा सचिव पदबाट दिएको राजीनामालाई मन्त्रिपरिषद्ले स्वीकृति गरिसकेको छ । सचिवमा बढुवा भएको साढे तीन वर्षसम्म पनि सरकारले आयोगहरूमै थन्क्याएपछि असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् । उनी अघि संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका थिए ।
यस्तै अघिल्लो बर्ष उर्जा सचिव दिनेश कुमार घिमिरेले पदबाट राजीनामा दिएका छन् । घिमिरेले महिना दिन अगावै सचिव पदबाट राजीनामा दिएका थिए ।

यसरी राजीनामा दिने मध्ये केही पेन्सनका लोभमा दुई चार दिन अगावै राजीनामा दिन्छन् भने केहीले लगतै अर्काे नियुक्ति खानका लागि । जस्तो संघीय संसदका कार्यवाहक महासचिवबाट राजीनामा दिएका पद्म प्रसाद पाण्डेयलाई अहिले संघीय संसदको महासचिव नियुक्ति गरिएको छ । त्यस अघि संसदका महासचिव डा भरतराज गौतमले घरासयी कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । सो ठाउँमा पाण्डेयलाई लगिएको थियो ।
पछिल्ला १० बर्षमा यसरी ३० जना उच्च प्रशासक अर्थात सचिवहरुले पदबाट राजीनामा दिएका छन् । पदबाट राजीनामा दिएर दिनेश थपलियाहरु निर्वाचन आयोग,प्रेम राई अख्तियार दुरुपयोग अनुसन्धान आयोग,तोयम राया महालेखा परीक्षकको नियुक्ति पाएका छन् । केही सचिवहरुले यहाँबाट पदबाट राजीनामा दिएर विदेशी आइएनजिओहरुमा जागिर खानका लागि समेत पदबाट राजीनामा दिने प्रवृत्ति देखिन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ, मोबाइल र कागजात पनि बरामद

नर्स र डाक्टरलाई सरकारी सरह पारिश्रमिकता दिन मन्त्रालयको निर्देशन

सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने

महरालाई भोली अदालतमा बुझाउने तयारी

सरकारी करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ

निमित्त प्रशासकीय अधिकृत,लेखापालसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अदालत पुग्नुपर्ने करोडौं राजश्व छलीको फाइल किन पठाइयो लाजिम्पाट ?

मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा,डेढ अर्ब विगो

बिशेष