प्रदेशका सचिव सरुवासहित यस्ता छन् मन्त्रिपरिषद्का पाँच निर्णय

कर्णाली प्रदेश सरकारले चालु अधिवेशन अन्त्य गरेको छ । मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्नेदेखि सचिव सरुवा लगायतका विभिन्न पाँच निर्णय गरेको छ ।

बिज्ञापन

पछिल्लो मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन साउन २१ गते राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

बिज्ञापन

त्यसै गरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलक राज ढकाललाई सामाजिक विकास मन्त्रालयको सचिवमा कागजमा खटाउने निर्णय गरिएको छ।

सर्वोच्च अदालतको परमादेश (मिति २०८२ जेठ ७० अनुसार, जाजरकोटको जुनिचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं ४ लुहादहमा तोक्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ।

बिज्ञापन

यससँगै, पत्रकारिता पुरस्कार वितरण कार्यविधि २०८२ स्वीकृत गर्ने निर्णय गरिएको छ। प्रदेश सरकारका अनुसार सो कार्यविधिका आधारमा आगामी दिनमा पत्रकारिता क्षेत्रका श्रम र योगदानलाई मूल्यांकन गरी पुरस्कार प्रदान गरिनेछ।

साथै, प्रदेशका कार्यालयहरूमा सूचनाको हक कार्यान्वयन भएरनभएको विषयमा अनुगमन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश अनुगमन समिति गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

हिमशृङ्खला एकेडेमीले मनायो ३१औँ स्थापना दिवस

ललितपुर मालपोत प्रमुखको सरुवा सदर,भक्तपुरका प्रमुख र सुव्वाको सरुवा बदर

कर्मचारीको नियमित सरुवा स्थगित

प्रसाई र सरकारबीच सहमति : कर्मचारीको तलब २० हजार बढाउने विषयमा सरकार सकारात्मक

सञ्चार सचिव अर्याल र महिला सचिव बस्नेत अदलीबदली

बर्ष दिन पछि सीटीईभीटीले पायो उपाध्यक्ष

फेरि अर्काे आयोग गठन,संयोजक तोकिए पूर्व न्यायधीश

मन्त्रिपरिषदको बैठक जारी

बिशेष