स्थानीय तहमा खटाइएका २० ‘फ्रेस अफिसर्स’ मन्त्रालयमै फिर्ता

संघीयता कस्तो ‘गलगाँण’ भयो भने दरबन्दी छ,कर्मचारी छैनन, संघले खटाइएका कर्मचारी जनप्रतिनिधि लिन मान्दैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालैमात्र लोकसेवा उत्र्तिण गरेका फ्रेस अधिकृतहरुलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको थियो ती मध्ये २० मन्त्रालयमै फिर्ता भएका छन् । लोकसेवा भिडेर नाम निकालेका, स्थानीय तहलाई फोकस गरेर तालिम र प्रशिक्षण पनि लिएका कर्मचारीमा ज्ञान छैन भन्दै कतिपय पालिकाले संघीय सरकारले खटन पटन गरेका हाकिमलाई धमाधम फिर्ता गराउन थालेपछि सामान्यको टाउको दुखाई हुने नै भयो । पालिकाहरुले लिन नमानेका ती अधिकृतहरु जिल्ला समन्वय समितितिर थान्को लगाइएको छ । यसरी फिर्ता भएकामध्ये १२ जना महिला अफिसरहरु रहेका छन् ।

बिज्ञापन

गत महिनामात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ औं व्याटका ११४ शाखा अधिकृतहरुको पदस्थापन तथा सरुवा गरेको थियो । यसरी सरुवा तथा पदस्थापन गर्दा ४५ जनालाई गृह मन्त्रालय अन्तरगत खटाइएकोमा ४४ अधिकृतहरु त्रिवि अध्यागमन काम थालिसकेका छन् । अन्य ७० फ्रेस अफिसर्सलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा विभिन्न गाउँपालिकामा खटाइएकोमा २० शाखा अधिकृतहरु बाटैबाट फिर्ता पठाइएका हुन ।

बिज्ञापन

लोकसेवा भिडेर नाम निकालेका, स्थानीय तहलाई फोकस गरेर तालिम र प्रशिक्षण पनि लिएका कर्मचारीमा ज्ञान छैन भन्दै दुई दर्जन पालिकाले संघीय सरकारले खटन पटन गरेका हाकिमलाई फिर्ता गराउन थालेपछि सामान्यको टाउको दुखाई हुने नै भयो । यसरी जनप्रतिनिधिहरुले हाजिर हुन नदिएका मध्ये अधिकांश महिला अधिकृतहरु रहेकाछन् । ती फ्रेस महिला अफिसर्सहरुलाई कर्मचारी थन्काउने अड्डाका रुपमा परिचित जिल्ला समन्वय समितिमा खटाइएको छ । स्थानीय तहमा हाजिर हुन नपाई बीच बाटो बाटै फिर्ता भएका १२ महिलामध्ये सन्ध्या अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेकी छिन् भने बाँकी ११ लाई कामै नलाग्ने र कर्मचारी थन्काउने अड्डाका रुपमा परिचित जिल्ला समन्वय समिति र बाँकी पुरुष अधिकृतहरुलाई सामान्य प्रशासनको बरण्डातिर तानिएको छ ।

बिज्ञापन

यसरी फिर्ता पठाइएका अधिकृतहरुलाई जलजला गाउँपालिकाबाट सृजना पौडेल,तारकेश्वर गाउँपालिकाबाट सन्ध्या पाण्डे,साकेला गाउँपालिका खोटाङ्गबाट अञ्जली भण्डारी,खानीखोला गाउँपालिकाबाट ज्योती देवकोटा,विदाही गाउँपालिकाबाट सुमिता मरासिनी,लिखु गाउँपालिकाबाट यशोदा थापा,किस्पाङ्गबाट प्रभा आले,आमचोकबाट बन्दना सुवेदी,दिप्रुङ्ग चुइचुम्माबाट सुमिता राई,मौवाखालाबाट शशी लिङ्गदेन,मायादेवी कपिलवस्तुबाट कालिका तिमिल्सिना लम्साल,हरिहरपुरगढीबाट दिपशिखा आले,जलजलाबाट सृजना पौडेल लगायत रहेका छन् ।

साजन अधिकारीलाई गोलन्जोर गाउँपालिकामा खटाइएकोमा हाजिर हुन नदिएपछि पछिल्लो खटन पटनमा जिसस दोलखा पु¥याइएको छ । जलजला गाउँपालिकाबाट फिर्ता भएकी सृजना पौडेल जिसस स्याङ्जामा पठाइएको छ । हरिहरपुरगढी गाउँपालिकामा हाजिर हुन नपाएपछि फर्किएकी दिपशिखा आले जिसस रसुवा पुर्याइएको छ । यस्तै मौवाखोलामा खटाएर बाटैबाट फिर्ता भएकी शशी लिङ्देनलाई पाँचथर जिसस,सुमिता राईलाई जिसस खोटाङ,आमचोक गाउँपालिकाबाट बन्दना सुवेदीलाई जिसस तेह्रथुमतिर पु¥याइएको छ । प्रभा आलेलाई यस अघि किस्पाङ गाउँपालिका नुवाकोटको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएकोमा अहिले जिसस ताप्लेजुङ पुर्याइएको छ । लिखु गाउँपालिकाबाट यशोदा थापालाई जिसस गोरखा,दिहीमा हाजिर हुन नपाएकी सुमिता मरासिनीलाई जिसस नवलपरासी,खानीखोला हाजिर हुन पुगेर बाटैबाट फर्काइएकी ज्योती देवकोटालाई जिसस धादिङ,डडुवाबाट छकलाल आलेलाई जिसस कपिलबस्तु,साकेला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएकी अञ्जली भट्टराईलाई त्यहाँ लिन नमानेपछि उनलाई जिसस नुवाकोट पु¥याइएको छ । यस्का अलवा सिस्नेबाट फिर्ता भएका रेवत बूढाथोकी,महेश श्रेष्ठ, बबईमा हाजिर हुन नपाएका चेतनारायण कँडेललाई नविन गङतानलाई तामाकोशी गाउँपालिकामा खटाइएकोमा जनप्रतिनिधिहरुले बाटैबाट फिर्ता पठाइदिएपछि सामान्यको कौशीमा थन्काइएको छ । उनीझैं यादव राउतलाई सन्दकपुरबाट सामान्यमै थुपारिएको छ । यस्तै सरोज रेग्मी रावावेशीबाट लोकसेवा आयोग पुगेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष