पाँच दिन पछि खुल्यो पालिका अध्यक्ष र प्रशासकीय अधिकृतको कार्यकक्षको ताला

रुरुक्षेत्र गाउँपालिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको तालाबन्दी आज खुलेको छ ।

बिज्ञापन

रुरुक्षेत्र गाउँपालिकामा विद्यालयमा जडान गरिएका स्मार्ट बोर्ड सम्बन्धी कार्यमा अनियमितता भएको भन्दै गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम सहित २८ जना जनप्रतिनिधिले यस विषयमा विरोध जनाउँदै आएका थिए । रुरुक्षेत्र गाउँपालिकामा लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा सञ्चालित “स्मार्ट बोर्ड जडान कार्यक्रम”मा गम्भीर प्रक्रियागत अनियमितता देखिएको भन्दै जनप्रतिनिधिहरूले कडा असन्तुष्टि जनाउँदै तालाबन्दी समेत गरिएको थियो प्रमुख प्रशाकीय अधिकृत र पालिका अध्यक्षको कार्यकक्षमा गत असार ३० गतेदेखि ।

बिज्ञापन

सो पालिकामा रुरुक्षेत्रमा असार ३० गते एमाले रुरुक्षेत्र गाउँ कमिटीले तालाबन्दी गरेको थियो । गाउँपालिका अध्यक्ष यदु ज्ञवाली सहितको टोलीले प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको कार्यकक्षमा ताला लगाएका थिए ।

बिज्ञापन

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र प्रमुख प्रशासकीय अधिकृत छन् लक्ष्मण पाण्डे । यी दुबैको कार्यकक्षमा लगाइएको तालाबन्दी आज खुलेको हो । जिल्ला सुरक्षा समिति गुल्मीको निर्णयअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गुल्मीले सुरक्षा प्रदान गरेर रुरुक्षेत्र गाउँपालिकाका कर्मचारीले तालाबन्दी खोलेका हुन् ।

यस विषयमा शुक्रबारमात्रै सो तालाबन्दी खोल्न जिल्लामा क्रियाशील ४ वटा कर्मचारीका संगठनले माग गरेका थिए । कर्मचारी संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै दैनिक प्रशासनिक सेवा प्रभावित भएपछि सर्वसाधारणको जीवन कष्टकर भएको भन्दै कर्मचारी संगठनहरूले यस्तो कार्य सिभिल सेवा ऐन २०४९ तथा बमोजिम साउन १ गतेदेखि लागू हुने तलब वृद्धि निर्णय कार्यान्वयनमा समेत बाधक भएको जिल्लास्थित क्रियाशिल कर्मचारी युनियनहरुको आरोप छ ।

उनीहरुले तलब वृद्धि कार्यान्वयन रोकिँदा राष्ट्रसेवक कर्मचारीहरूको मनोबलमा गम्भीर असर पुगेको र विकासमा समेत प्रतिकूल असर परेको दावी गर्दै आपत्ति नै जनाएका थिए ।

रुरुक्षेत्र गाउँपालिकाका प्रवक्ता हरिप्रसाद ज्ञवालीले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार ताला सुरक्षाकर्मीले ताला खोलेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष