१८ सचिवसहित २२११ कर्मचारीले पाउँदैछन् यही आर्थिक बर्षमा अवकाश

यस आर्थिक बर्षमा २२११ जना कर्मचारीले सेवाबाट अवकाश पाउने भएका छन् । निजामती किताबखानाको अनुसार आर्थिक बर्ष ८२/ ८३ मा अनिवार्य र सेवाहदका कारण २२११ जना कर्मचारीले अवकाश पाउन लागेका हुन ।

बिज्ञापन

किताबखानाको अभिलेख अनुसार,मुख्य सचिवसहित सचिव तहका १८ जना उच्च प्रशासकहरु उमेर हद र सेवा हद लागेर घर फर्कदैछन् । यस्तै ४९ जना सहसचिवहरु यही आर्थिक बर्षमा घर जानेछन् । मुख्यसचिव,सचिव, सहसचिवसहित चालु आर्थिक बर्षमा २२११ कर्मचारीहरु अवकाशमा जान लागेका हुन ।

बिज्ञापन

जस अनुसार,साउन महिनामा तीन जना सचिवहरु अनिवार्य अवकाशमा जाँदैछन् । किताबखानाले सार्वजनिक गरेको सूचस् अनुसार महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता सचिव डा टेकबहादुर घिमिरे र नेपाल कानुन आयोगका सचिव आलोकचन्द्र श्रेष्ठ साउनको पहिलो साता अवकाशमा जान लागेका हुन । केही अघिमात्र सचिवमा बढुवा भएका महालेखा परीक्षकको कार्यालयको उपमहालेखा परीक्षक (विशिष्ट श्रेणी) नारायण एमसी साउन महिनामै अनिवार्य अवकाशमा जानेछन् । उनी २९ साउनमा अनिवार्य अवकाशमा जानेछन् ।

अर्काे महिना अर्थात भदौैमा दुई जना सचिवहरु सेवानिवृत्त हुँदैछन् । किताबखानाको विवरण अनुसार हाल ऊर्जा मन्त्रालयमा रहेका सचिव सुरेश आचार्य र गण्डकी प्रदेशका प्रमुख सचिव खगेन्द्रप्रसाद सुवेदी अनिवार्य अवकाशमा जानेको सूचीमा छन् । किताबखानामा अनुसार भदौं १५ मा आचार्य र १८ गते सुवेदी अवकाशमा जाँदैछन् ।

बिज्ञापन

यस्तै असोजमा गोपाल प्रसाद रिजाल,मंसिरमा गृह सचिव गोकर्णमणि दुवाडी र मुख्य सचिव एकनारायण अर्याल अवकाशमा जानेछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव फणिन्द्र गौतमले मंसिर १७ गते अनिवार्य अवकाश पाउनेको सूचीमा छन् । यस्तै पुसमा सचिव भरतमणि सुवेदी २८ गते अवकाशमा जाँदा माघमा सचिव सुमनराज अर्याल अवकाशमा जाँदैछन्।

यस्तै पाmगुनमा महिनामा वाणिज्य तथा आपूर्ति सचिव डा रामप्रसाद घिमिरे र युवा तथा खेलकुद मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साल अवकाशमा जानेछन् । उनीहरु क्रमश ९ फागुन र २३ गते अनिवार्य अवकाशमा जानेको सूचीमा छन् ।

चैत्र महिनामा अवकाशमा जानेछन्,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा विडारी र पशुपन्छी विकास मन्त्रालयका सचिव दिपककुमार खराल । उनीहरु क्रमश चैत ८ र चैत १४ गते अनिवार्य अवकाशमा जानेछन् ।

यस्तै, राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी २०८३ असार २० गते र श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव कृष्णहरि पुष्कर कर्ण असार २३ गते अवकाशमा जाने सूचीमा छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती किताबखानाको डिजिटल फड्को : अब तालिम अपडेटका लागि पुल्चोक धाउनुपर्नै झण्झट अन्त्य

लेखा अधिकृतसहित तीन कर्मचारीलाई दुई बर्ष कैद सजाय

एउटै मेसिन खरिदमा २० करोड घोटला,के हेर्दैछ मन्त्रालय र अख्तियार ?

कम्युनिष्ट नेताहरुको चिन्ता : ‘नेपाललाई युक्रेन बनाउने षडयन्त्र हुँदैछ’

स्थानीय तहबाट संघीय संसदमा उक्लने तयारीमा तीन ‘चर्चित मेयर’

सरकारी संयन्त्रकै अडिट निकायमा घुसको सञ्जाल : सरकारी कर्मचारीबाटै महालेखा र कोलेनिकालाई दिन्छन घुस

अदालतबाट हाजिरी जमानीमा छुटेलगतै सिइओ बैंकमा हाजिर,प्रमाण नष्ट हुने संकेत

जेनजी अगुवा किरण-ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

बिशेष