घुस डिल गर्ने बिचौलियालाई तत्काल छानबिनको दायरामा ल्याउनुपर्छ : सूर्य थापा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विवादास्पद ७८ लाख रुपैयाँ घुस डिल प्रकरणमा राजीनामा दिएपछि नेकपा (एमाले)का सांसद सूर्य थापाले अडियोमा संलग्न भनिएका बिचौलियालाई पनि छानबिनको दायरामा ल्याउन माग गरेका छन्।

बिज्ञापन

सांसद थापाले सामाजिक सञ्जालमार्फत स्पष्ट रूपमा भनेका छन्, “मन्त्रीले राजीनामा दिनु यस विषयमा गम्भीर छानबिनको मागलाई स्वीकार गर्नु हो । तर अब बिचौलिया, भ्रष्ट, झोसपोलवाला र ठगहरू कोही पनि छानबिनको दायराबाहिर रहनु हुँदैन।”

बिज्ञापन

प्रकरणको मूल विषय कास्कीको बाटुलेचौरस्थित थकाली समुदायको करिब १५० रोपनी जग्गासँग जोडिएको छ । आरोपअनुसार एमालेनिकट सुजन लामाले मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोकाउन ७८ लाख रुपैयाँ घुस डिल गरेको अडियो सार्वजनिक भएको हो ।

लामा एमालेका आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका महासचिव तथा एमाले गण्डकी प्रदेश कमिटीका सल्लाहकारसमेत हुन्। अडियोमा लामाले मन्त्री गुप्तासँगको सघन सम्बन्ध प्रयोग गरेर सरुवा प्रक्रिया रोकाउने प्रयास गरेको आशंका गरिएको छ।

बिज्ञापन

सांसद थापाले पार्टी वा नाता होइन, अपराध र संलग्नताको आधारमा छानबिन हुनुपर्ने धारणा राखेका छन् । उनले लेखेका छन्, “जो जुन पार्टीमा छन्, जोसुकै भए पनि, सार्वजनिक अडियोमा बोलेका सबैलाई नियन्त्रणमा लिई छानबिन हुनुपर्छ।”

थापाका अनुसार यो विषय केवल आरोप–प्रत्यारोपको राजनीतिक अस्त्र वा फसफस गर्ने मसला होइन । “यो सुशासनको प्रत्याभूति गर्न र अख्तियारजस्ता संवैधानिक निकायले कानूनी प्रक्रिया निष्पक्षताका साथ अघि बढाउनको लागि हो,” उनले भनेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष