सम्पर्कमा आए प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी

तीन दिनदेखि सम्पर्कविहिन भएका प्रमुख प्रशासकीय अधिकृतसहितका सात कर्मचारी सम्पर्कमा आएका छन् ।

बिज्ञापन

कार्यालयको भुक्तानीका लागि आवश्यक पर्ने ओटीपी कोडका लागि भन्दै रुकुम पूर्व गएर काम गर्ने हिँडेका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, हरिश माझी (सहायक प्रशासन पाँचौँ), यज्ञप्रसाद कँडेल (सह–लेखापाल), चन्द्रप्रकाश ओली, निशा आचार्य (सब–इन्जिनियर), शिवकुमार वली,प्रदीप केसी सम्पर्कविहीन रहेको भन्दै पालिकाले एक विज्ञप्ति जारी गरेको थियो ।

बिज्ञापन

यसरी सम्पर्क विहिन भएका सात कर्मचारी सम्पर्कमा आएका छन् । उनीहरु काम सकेर लिवाङ फर्किंरहेको जनाइएको छ । यस अघि पालिकाले विज्ञप्ति नै निकालेर सात कर्मचारीहरु गत २३ गतेदेखि सम्पर्क विहीन भएको जनाएको थियो ।

कार्यालयको भुक्तानीका लागि आवश्यक पर्ने ओटीपी कोडका लागि उनीहरू रुकुम पूर्व गएर काम गर्ने भन्दै हिँडेका तर खोजी कार्य गर्दा कतै नभेटिएको र कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेकाले कार्यालयको कामकाजमा समस्या हुँदा यथाशीघ्र सम्पर्कमा आइदिनुहुन पालिकाद्धारा विज्ञप्ति नै जारी गरिएको थियो ।

बिज्ञापन

यद्यपि आर्थिक बर्ष सकिने समय र भुक्तानीको अन्तिम समयमा  कर्मचारीहरु काम छाडेर बेपत्ता भएको केही ठेकेदारहरुको आरोप छ । ठेकेदारहरुका अनुसार भुक्तानी प्रक्रिया अगाडि बढाउन ठेकेदारसँग केही प्रतिशत रकम माग गरिएको थियो । ठेकेदारहरुले मागअनुसार रकम नदिएपछि भुक्तानी प्रक्रिया रोकिनुका साथै सम्बन्धित कर्मचारीहरू ‘सम्पर्क विच्छेद गराएर ’ फरार भएको आरोप लगाइरहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

कसले दियो अख्तियार प्रमुखलाई धम्की ?

“डिजिटल ढोका र बिचौलियाको ताला”

सरकारी तलब खाएर एमाले पार्टीको प्रतिनिधि डाक्टरहरू

दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

पृथ्वी हाम्रो,  माया हो

बिशेष