‘कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क २० हजारले बढ्यो

महिना दिन पछि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र ट्राभल एजेन्सीहरु मानव तस्कारीमा पुनः सक्रिय हुन थालेको खबर प्राप्त भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसाको सेटिङका विषयमा गत ७ जेठमा तत्कालिन त्रिभुवन विमान स्थलका प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर विस्तृत छानबिन गरिरहेको भएपनि अझै विकृति नरोकिएको हो । तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई केन्द्रमा राखेर अख्तियारले विस्तृत छानबिन गरिरहेको छ । यता अख्तियारको अनुसन्धान चल्दै गर्दा अध्यागमन कार्यालयका कर्मचारीले भिजिट भिसामा विदेश पठाउँदा ‘कोड वर्ड’ प्रयोग गरेर पुन  मानव तस्कारी गर्ने कार्यलाई निरन्तरता दिइरहेको अध्यागमन कार्यालय स्रोतले जनाएको छ ।

बिज्ञापन

यसरी भिजिट भिसाका नाममा हिजोमात्र एल र एमको काम पुन सुचारु भएको त्रिवि अध्यागमनका कर्मचारीहरुले कर्मचारी प्रेसलाई जानकारी दिएका छन् । सो स्रोतका अनुसार पुरानो रेटमा परिवर्तन गर्दै एल बाट ६५हजार र एम मा ४० हजार लिएर भिजिट भिसाका नाममा फेरि मानव तस्करी धन्दा शुरु भएको हो । यस अघि बिचौलियाहरूसँग मिलेर अध्यागमनका कर्मचारीले खाडीमा जाने कम्तीमा ४० हजार २० हजार असुल्दै आएकोमा सेटिङ शुल्क २० हजारले बढाएर फेरि भिजिट भिसा प्रकरणमा धन्दा सुचारु भएको हो ।

बिज्ञापन

स्रोतका अनुसार,यूएई र कुवेत जाने महिलाहरूलाई त्यहाँका कर्मचारीले ‘एल’ र पुरुषलाई ‘एस’ कोड दिएका छन् । कर्मचारीसँगको साँठगाँठमा बिचौलियाहरूले त्रिभुवन विमानस्थलबाट महिलाहरूलाई यूएई र त्यहाँबाट कुवेत पठाउने गरेका यसअघि नै समाचारहरू बाहिरिएका थिए । कुवेत पुगेका महिलाहरूले त्यहाँ घरेलु कामदारका रूपमा बस्ने र थप पीडित भएर फर्किनुपरेको प्रहरीले यसअघि गरेको अनुसन्धानबाट खुलेको थियो ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तिर्थ भट्टराई भिजिट भिसा प्रकरणमा मुछिए पछि उनी उपर छानबिन भइरहेको छ । गृहले त्यहाँ विष्णु कोइरालालाई प्रमुखको जिम्मेवारी दिएर पठाएका छन् । हालैमात्र राजीनामा दिएका तल्ला तहका केही कर्मचारीलाई समेत कोइरालाले गल्ती गरेका कारण हटाएको भन्दै प्रचार गरिरहेका छन् । उनी पछिल्ला समय तल्ला तहका कर्मचारीहरुलाई हटाएर सुधार गरेको ढोल पिटिरहेका भए पनि सेटिङमा मानव तस्करी धन्दाले निरन्तरता पाइरहेको स्रोतहरुको दावी छ । स्रोतका अनुसार पछिल्ला केही सातादेखि काठमाडौँका विभिन्न होटल र रेस्टुरेन्टहरूमा दलाल र अध्यागमन अधिकारीबीच गोप्य भेटघाट बाक्लिएको छ ।

बिज्ञापन

‘हरियो सिग्नल’ को हल्ला र मन्त्रालयको मौनता
एजेन्टहरूले गृह मन्त्रालयबाट ‘हरियो सिग्नल’ पाइएको भन्दै आफ्नो नेटवर्कमा सक्रियता बढाएका हुन । गृहमन्त्रालयका एक अनुसन्धान अधिकृत अनुसार “यति गम्भीर बिषय सतहमा आउँदा समेत मन्त्रालय मौन छ । गृहमन्त्री,गृहमन्त्रीका सचिवालयमा जोडिएका कर्मचारीहरु नै विवादमा मुछिँदा समेत उनीहरु उपर कुनै कारवाही,छानबिन नहुँदा विचौलियाहरुलाई यस्तो धन्दा चलाउन छुट पाउँदै आएका छन् । गम्भीर अनुसन्धान नहुँदासम्म प्रत्यक्ष कारवाही सम्भव छैन।” अहिले भिजिट भिसामा जान चाहनेका लागि होटेल बुकिङ, जहाजको टिकट र भिसा भए पुग्छ । तर कानुनी निकायको मैन क्रियाकलापको कारण आम नेपाली श्रमजीवि युवा युवती मानव तस्करको कव्जामा पर्ने गरेका छन । यसलाई रोकथाम गनुपर्ने कार्यमा सरकार,नियामक निकाय अग्रसर नहुँदा विचौलियाहरुका लागि यस्ता बदमासी गर्न झनै बल पुगिरहेको छ ।

यो धन्दा बीचमा एक महिना नेपाली एयरपोर्टबाट रोकिएको भए पनि दिल्लीबाट निरन्तरता पाएको थियो । विचौलियाहरुले दिल्लीको बाटो हुँदै सेटिङ मानव तस्करी गर्दै आएका थिए । यसरी भिजिट भिसामा जानेहरूले एनओसी (नो अब्जेक्सन लेटर) प्रयोग गरेका छन् भने त्यस्ता पत्र सक्कली हुन् कि नक्कली हुन् भनेर खुट्याउन थालिएको छैन । यसरी जानेले दिल्लीस्थित नेपाली दूतावासका नाममा नक्कली एनओसी बनाउने गरेको दाबी स्रोतको छ । भिजिट भिसामा जाने व्यक्तिले लाने प्रमाण पनि र नक्कली पत्रको कुनै प्रतिलिपि वा डुप्लिकेट पनि नहुने भएकाले मुद्दाका लागि कुनै प्रमाण बाँकी नरहने अवस्था छ । यसै कारण भिजिट भिसामा मान्छे पठाउन सहज हुँदै आएको दावी स्रोतको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क २० हजारले बढ्यो

श्रम मन्त्रालयको ‘हराएको’ सरकारी गाडी फेला: सत्ता संघर्ष र गम्भीर दुरुपयोगको पर्दाफास

नैतिकताको प्रश्नले जेलिएका तीन मन्त्री : न राजीनामा दिन्छन् न प्रधानमन्त्रीले हटाउने आँट गर्छन्

पढ्न आउछ माननीयज्यू ?

चाइनिज कलमको धोको

“बहिनी”लाई रिझाउन बाहिनीमा नाचघर

सेनाका १७ जर्नेलको एकैपटक सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

श्रम मन्त्रालयको गाडी विवाद:- राजनीतिक उपहार कि प्रशासनिक अपराध ?

बिशेष