विद्युतीय गाडी भित्र्याउँदा क कस्ले गरे बदमासी ?

विद्युतीय गाडी खरिदमा व्यापारीसँग मिलेर बदमासी गर्ने एक दर्जन कर्मचारी उपर अख्तियारमा उजुरी पुगेको छ । भारी रुपमा राजश्व छुट दिएर व्यवसायीहरुले विद्युतीय गाडी भित्र्याएको भेटिएसँगै उनीहरु उपर अनुसन्धान गर्न भन्दै अख्तियारमा उजुरी पुगेको हो । यसरी गाडी आयात गरिँदा एउटै कम्पनीको गाडीले मात्र करोडौं राजश्व छली गरेको भेटिएको छ । बीवाईडीका विद्युतीय कार आयात हुँदा १० करोड ३७ लाख रुपैयाँभन्दा बढी रकम छली भएको पाइएको हो । साइमेक्स इंकले बीवाईडीका विद्युतीय कार रसुवागढी नाका हुँदै आयात गर्दै आएको छ । दुई आर्थिक वर्षमा आयात भएका बीवाईडीका विद्युतीय कारमा १० करोड ३७ लाख १३ हजार ३ सय ३५ रुपैयाँ छुट दिइएको पाइएको छ,नियम विपरित । आर्थिक ऐन २०८० र २०८१ तथा मूल्य अभिवृद्धि कर ऐनअनुसार सडक मर्मत दस्तुरमा मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था भए पनि भन्सार र राजश्वका कर्मचारीहरुको मिलेमतोमा करोडौं रकम सो कम्पनीलाई छुट दिइएको पाइएको हो ।

बिज्ञापन

उसो त यसरी नक्कली कागजात पेश गरेर विनोद चौधरीले समेत उत्तरी नाकाबाट गाडी भित्र्याएर अर्बाै कर छली गरेको बिषय महालेखाले प्रतिवेदनमा औल्याएको छ । विद्युतीय गाडी आयातकर्ताले राज्यकोषमा हालसम्म कम्तीमा ३ अर्ब ७७ करोड ४४ लाख १९ हजार चुना लगाएको महालेखाको ठहर छ । रसुवा नाकाबाट सबैभन्दा धेरै विनोद चौधरीको सिजी मोटर्स र बिवाईडीले सबैभन्दा धेरै तर मारेको जनाइएको छ । सो नाकाका भन्सार प्रमुख,राजश्व विभागदेखि भन्सार विभागका हाकिमहरुलाई मिलाएर नाकाबाट सवारीसाधनको घोषणाबमोजिम क्षमता ९९ किलोवाट पिक मोटर पावर देखाई भन्सार उपशीर्षक ८७०३.८०.५९ (अन्य) बाट जाँचपास भएको महालेखाले औल्याएको छ । महालेखाको तथ्यांक अनुसार रसुवा नाकाबाट २ अर्ब ७४ करोड १८ लाख ९९ हजार तथा तातोपानीबाट १ अर्ब ३ करोड २५ लाख २० हजारसमेत ३ अर्ब ७७ करोड ४४ लाख १९ हजार छुट महसुल तथा कर छुट लिएको भेटिएको छ ।

बिज्ञापन

यसरी गत आर्थिक बर्षमामात्र १३ हजार ४ सय ८३ वटा इलेक्ट्रीक कार, जिप र भ्यान (इभी गाडी) नेपाल आयात भएको भन्सार विभागले तथ्याकले देखाएको छ । जस अुसार,५० किलोवाटसम्मका इभी गाडी ४ हजार ७ सय २८ वटा भित्रिएका छन् । त्यस्तै, ११ महिनामा ५१ किलोवाटदेखि १०० किलोवाट सम्मका इभी ७ हजार ३ सय ५८ वटा नेपाल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । त्यस्तै, १०१ किलोवाटदेखि २०० किलोवाट सम्मका इभी १ हजार ३ सय ५४ वटा नेपाल भित्रिएका छन् भने २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका मोटर पिक पावर ४१ वटा र ३०० किलोवाटभन्दा माथिका मोटर पिक पावर २ वटा इभी नेपाल भित्रिएका छन् । यी इभी गाडीहरु खरिद गर्नका लागि नेपाली व्यवसायीहरुले जेठ महिनासम्ममा ३१ अर्ब ५४ करोड ५१ लाख १० हजार रुपैयाँ विभिन्न देशमा खर्चेका छन् भने ती इभी गाडी आयातमार्फत नेपाल सरकारले ११ महिनामा १९ अर्ब ५७ करोड २० लाख २८ हजार रुपैयाँ राजस्व उठाएको छ ।

गाडी आयातमा विदेशिने पैसाको भोलुम बढ्दै गएपनि राज्यले प्राप्त गर्ने राजस्व भने कम हुँदै गएको छ । सरकारले इभी गाडीमा अधिक छुटको घोषणा गरिरहेको छ । तर व्यवसायीहरुले भने इभी गाडीको पीक पावर (किलोवाट) कम देखाई राजस्व छलि गरिरहेको छ । यी नाकाबाट इभी गाडी आयात हुँदा झन्डै पौने चार अर्व हिनामिना भएको भन्दै महालेखाले बेरुजू लेखेको छ ।

बिज्ञापन

यो प्रकरणमा भन्सार विभागका महानिर्देशक महानिर्देशहरुका अलवा राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे, तत्कालीन रसुवा भन्सार प्रमुख रामप्रसाद पाठक, पुर्व प्रमुख भन्सार अधिकृत, रसुवा भन्सार कार्यालय, दयानन्द केसी, पुर्व प्रमुख भन्सार अधिकृत, तातोपानी भन्सार कार्यालय, कमलप्रसाद भट्टराई, पुर्व प्रमुख भन्सार अधिकृत, रसुवा भन्सार कार्यालय, राजेन्द्र प्रसाद चुडाल, प्रमुख भन्सार अधिकृत, तातोपानी भन्सार कार्यालय, जनकराज शर्मा, उपमहानिर्देशक भन्सार विभाग, रमेश अर्याल, पुर्व उपमहानिर्देशक भन्सार विभाग र तुलसी प्रसाद भट्टराई, प्रमुख भन्सार अधृकत रसुवा भन्सार कार्यालय विरुद्ध अख्तियारमा उजुरी पुगेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बिन्दा र उषाकिरणमाथिको ६ महिने निलम्बन फुकुवा

तीन सातामै प्रदेशबाट संघमा फर्किए सचिव शोभाकान्त पौडेल

अधिकृतसहित तीनविरुद्ध भ्रष्टाचार मुद्धा दायर

गभर्नर पौडेलको सम्पत्ति : १५ करोडको शेयर,२ वटा घर,४५ तोला सुन

निजामती विधेयकमा छेडखानी भए चुप लागेर बस्दैनौं

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

विद्युतीय गाडी भित्र्याउँदा क कस्ले गरे बदमासी ?

बयानका लागि माधव नेपाल विशेष अदालतमा

बिशेष