प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन पछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा काजमा रहेका कर्मचारीहरु फिर्ता गरेका छन् । राजपत्रअंनकित तहदेखि सहसचिव तहसम्मका कर्मचारीहरुले दुर्गममा सरुवा भए पनि शक्तिकेन्द्रसँगको पहुँचका आधारमा खटाइएको ठाउँमा नगइ दरबन्दी दुर्गममा राखेर सिंहदरबार अर्थात सुगममा कार्यरत रहेका ती कर्मचारीहरुको काज रद्ध गरि दरबन्दी रहेकै स्थानमा पठाइएको मन्त्रालयहरुले जनाएका छन् ।
बिज्ञापन
गृह मन्त्रालयले ६ उपसचिव,१६ शाखा अधिकृत र १५ जना नायब सुव्वा तहका कर्मचारीहरुलाई काज फिर्ता गरेर दरबन्दी रहेकै ठाउँमा खटाएको छ । यसरी दरबन्दी रहेको स्थानमा फर्किएका कर्मचारीहरुमा जिल्ला प्रशासन कार्यालय रोल्पामा दरबन्दी रहि हाल राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणमा कार्यरत रहेकी सन्ध्या सिग्देलझैं प्राधिकरणमै काजमा कार्यरत रहेका ज्ञाननाथ ढकाल,भिमकान्त शर्मा,रामबहादुर केसी,वेदनिधि खनालको काज फिर्ता गरेको हो गृहले । यी ६ जना उपसचिवहरु हुन । उनीहरुलाई यस अघि गृहले ज्ञाननाथलाई सल्यान जिप्रका,जिप्रका डोटीमा भिमकान्त,दैलेख जिल्ला प्रशासनमा रामबहादुर केसी, वैतडी जिल्ला प्रशासन कार्यालयमा वेदनिधि खनालको काज फिर्ता गरेको हो ।
बिज्ञापन
यस्तै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा दरबन्दी रहेर हाल कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा कार्यरत रहेका बावुराम पन्थीको काज फिर्ता गरेको छ गृहले । यस्का अलवा गृहले १६ जना शाखा अधिकृतको काज फिर्ता गरेको छ । उनीहरु विभिन्न जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको दरबन्दी भए पनि काजमा सिंहदरबार,जिप्रका,काठमाडौं,भक्तपुर,ललितपुरमा कार्यरत रहेका थिए ।
यस्तै कर्मचारी थन्काउने थलोको रुपमा परिचित राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण प्राधिकरणमै शाखा अधिकृतहरु कार्यरत रहेकामा उनीहरुको दरबन्दी फिर्ता भएको छ । जसमा दोलखामा कार्यरत सुरेन्द्र भट्टराई,कारागार कार्यालय स्याग्जामा दरबन्दी भएका खेमनारायण पौडेल,इलाका प्रशासक कार्यालय गोर्खा प्रदीप कुमार खड्काको दरबन्दी फिर्ता गरेको हो,मन्त्रालयले ।
बिज्ञापन
यस्तै,भैरहवा अध्यागमनमा दरबन्दी भइ हाल काठमाडौं जिल्ला प्रशासन कार्यालयमा कार्यरत भरतराज पाण्डे,जिप्रका संखुवासभामा दरबन्दी भइ काठमाडौं जिल्ला प्रशसनमै कार्यरत रहेका गौरिकान्त भट्टराई,इलाका प्रशासन रामेछापमा दरबन्दी राखेर काठमाडौं जिल्ला प्रशासनमा कार्यरत रहेका भिमराज बस्नेत,कारागार कार्यालय कपिलवस्तुमा दरबन्दी रहेकी उर्मिला अधिकारीको काज फिर्ता गरिएको छ । यस्का अलवा जिप्रका भोजपुरमा दरबन्दी रहेर हाल जिल्ला प्रशासन कार्यालय ललितपुरमा कार्यरत रहेका लक्ष्मी प्रसाद तिमिल्सिना,ललितपुर जिप्रकामा कार्यरत सुशील कुमार भण्डारीको काज फिर्ता भएको छ । गृहले जिल्ल प्रशासन कार्यालय भक्तपुरमा कार्यरत रहेका अरुणकुमार राई,उनको दरबन्दी जिल्ला प्रशासन कार्यालय काभेपलाञ्चोकमा रहेको थियो ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवारमात्र काजमा रहेको २४ उच्च पदस्थ कर्मचारीहरु दरबन्दी रहेकै निकायमा फिर्ता हुने भएका छन् । दरबन्दी अन्यन्त्र भए पनि मन्त्रालयमा कार्यरत रहँदै आएका ती कर्मचारीलाई उनीहरुको दरबन्दी भएकै निकायमा फिर्ता गरिएको हो । मन्त्रालयका अनुसार कान्ति अस्पतालमा दरबन्दी रहेर मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा रहेका डा कृष्णप्रसाद पौडेल,वीर अस्पतालमा दरबन्दी रहेर स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख रहेका सरोज शर्मा,मोहन बस्नेत मन्त्री हुँदा दोहोरो तेहोरो जिम्मेवारमिा रहेका डा प्रकाश बुढाथोकी वीर अस्पतालमा फिर्ता हुने भएका हुन ।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको दबरन्दीमा रहेको डा अनुप बास्तोलाका अलवा १० औं तहका डा पुष्पराज पौडेल, डा सन्तोष मानन्धर, विमला नापित, हेमराज पुनमगर, रमेश प्रसाद जैशी, गोपाल पाण्डे, विशाल उपाध्याय, रोहित घिमिरे, डिल्लीराज आचार्य दरबन्दी भएकै कार्यालयमा फर्कन लागेका हुन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्राचार पछि दरबन्दी दुर्गममा राखेर सिंहदरबार अर्थात सुगमममा कार्यरत गृहका ६ उपसचिवसहित ३७ कर्मचारीहरुलाई दरबन्दी रहेकै कार्यालयमा फिर्ता गराइएसँगै स्वास्थ्य मन्त्रालयले २४ उच्च पदस्थ कर्मचारीहरुलाई दरबन्दी रहेकै कार्यालयम फिर्ता गर्न लागेको हो ।
उता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दरबन्दी बेगर काजमा कार्यरत रहेका ५६ जना कर्मचारीलाई दरबन्दी भएकै स्थानमा खटाइको छ । मन्त्रालयका अनुसार दुर्गममा दरबन्दी राखेर सिंहदरबारमा काजमा कार्यरत रहेका २ जना सहसचिव,२१ उपसचिव, ५ जना शाखा अधिकृत श्रेणीविहीन २८ जना कर्मचारीलाई दरबन्दी भएकै ठाँउमा खटाएको हो ।
प्रधानमन्त्री कार्यालयको परिपत्र पछि यी तीन मन्त्रालयले ११७ जना काजमा रहेको कर्मचारीको काज फिर्ता गर्दै दरबन्दी रहेकै ठाउँमा फिर्ता पठाएको छ ।