कोही कर्मचारीको हालत ‘अक्सिजन लगाएको विरामीजस्तो’,हाइप्रोफाइल अड्डामा बस्न नपाए छटपटीमा परिहाल्ने !प्रधानमन्त्री, मन्त्री,मुख्यसचिव, सचिवदेखि सल्लाहकारसम्म मिलाउने क्षमता भएका खेलाडी कर्मचारीलाई अवसरमाथि अवसरको खात,पावर र पहुँच नहुने निमुखाको चाँहि पुर्पुरोमा हात !
बिज्ञापन
बिज्ञापन
क्रमबाट कम (क्रमभंग) विक्रमबाट बढी अवसर पाउने कर्मचारीको बोलबोला छ,अहिले निजामतीमा । वैदेशिक अध्ययनर भ्रमण पनि तिनैलाई,सिंहदरबारको चौघेरा तोडेर अन्यन्त्र जानुनपर्ने,खटिए पनि ए ग्रेडका अड्डाबाट ए ग्रेडकै अड्डामा जान पाउने भाग्यमानी पनि उनै । ‘हाइ प्रोफाइल’को अड्डामा बस्न नपाए अक्सिजन लगाएको विरामीको मुखबाट अक्सिजन झिक्दाझैं छटपटाउनेमध्येका हुन,छवि रिजाल । जो अहिले गृहमन्त्री रमेश लेखकको दाहिना हातका रुपमा कार्यरत छन् । जो सहसचिव भएपछि संघीय मामिला तथा समान्य प्रशासन,सञ्चार तथा सूचना प्रविधि हुँदै गृहमा पुगे । त्यस यता उनले सुर्खेत,झापा,तनहुँको प्रमुख जिल्ला अधिकारी चलाए । उनी उद्योग मन्त्रालय हुँदै गत बर्षमात्र गृहमा पुगेर मन्त्रीको दाहिने हातका रुपमा काम गरिरहेका छन्,अहिले प्रशासन महाशाखा प्रमुख छन्,अब अध्यागमन विभाग जाने गरी जोडबल गरिरहेका छन् ।
सहसचिव बढुवा भएपछि एकै पटक प्रदेश नटेकी संघकै कार्यालयमा काम गर्ने अवसर पाउने प्रदीप परियार अर्काे सहसचिव हुन,जसलाई प्रतिवादी बनाएर हिजैमात्र अख्तियारले विशेषमा मुद्धा लगेको छ । अधिकृतबाट एकै पटक सहसचिव भएका परियारले त्यस यता सहरी विकास मन्त्रालय,राष्ट्रिय योजना आयोग हुँदै वालेनले नै रोजेर लगेका थिए काठमाडौ महानगरपालिका । यहाँ सात महिना काम गरेका परियार अहिले भ्रष्टाचार मुद्धा चलेर निलम्बनमा परेका छन् ।
यस्ता कर्मचारीको सूची बनाउँदै जाने हो भने सयौंको संख्यामा पुग्छ ।
बिज्ञापन
हाल लोकसेवा आयोगमा रहेकी गीताकुमारी होमागाई,गृहमै रहेका नारायण प्रसाद भट्टराई पनि सिंहदरबारै घुमेर जागिर खान पाउने भाग्यमानी प्रशासकमा पर्दछन्,उनीहरु । यस्का अलवा श्रवण कुमार तिमिल्सिना,गृहका सदाबहार सिडियोका रुपमा चिनिने उमेश कुमार ढकाल पनि कहिल्यै नरम अड्डामा बसेर काम गर्न परेन । मधु मरासिनीका भाई शम्भु,शंकरहरि अर्याल,शिवादेवी दाहाल,शैलजा रेग्मीदेखि हाल सञ्चारमा रहेका कोषहरि निरौलाले कहिल्यै नरम कार्यालयमा बसेर काम गर्नु परेको छैन । न त कहिल्यै प्रदेशै ओर्लनु परेको छ ।
यस्तै,महेश भट्टराई,महेश बराल,नारायण रिसाल,विष्णु कोइराला,भरतमणि पाण्डे,,धर्मेन्द्र कुमार मिश्र,बन्धु प्रसाद बास्तोला,खगेन्द्र रिजाल,रोशनी कुमारी श्रेष्ठ,सुनिता नेपाल,बुद्ध बहादुर गुरुङ्ग,नारायण अर्याल,जीवलाल भुसालदेखि अर्जुन भट्टराईसम्मका सहसचिवहरु कहिल्यै प्रदेश नओर्लिकन संघमै सेवा गर्ने मौका पाएका छन् ।
भनियो संघीयता तर कर्मचारीहरु सिंहदरबार छोडेर तलै जानै नमान्दा पछिल्लो समय कर्मचारी परिचालनमा समस्या झेल्दैछन् । सहसचिवलाई प्रदेश मन्त्रालयमा सचिव बनाएर पठाउने नीति छ । तर पहुँचवाला सहसचिव प्रदेश जाँदैनन् । उनीहरू सधैं सिंहदरबारमा बसेर जागिर खाइरहेको संघीय मन्त्रालयका अधिकारीहरू बताउँछन् । प्रदेश खटाइएका कतिपय सहसचिव एक पटक पनि त्यता नगई बसेका छन् । कुनै व्यक्तिलाई दुई पटक प्रदेश पठाइएको छ । जस्तो सहसचिव डुन्डराज निरौलालाई चार वर्षमा पाँच स्थानमा सरुवा गरियो । यस्ता पीडितहरु पनि छन्,निजामतीभित्रै ।