नेपालीमा भन्ने गरिन्छ ‘मुख हुँदाहुँदै नाकले पानी खान हुँदैन ।’ नाकले पानी खाँदा सर्किने र मानिसको ज्यानै जाने जोखिम हुन्छ । अहिले गृह मन्त्रालयमा त्यस्तै हर्कत हुन थालेको छ । सोही कारण गृह मन्त्रालयको नेतृत्व आलोचित छ ।
मन्त्रीले पर्वते टिम भेला पारेकै थिए । सचिवले नापीका कर्मचारीलाई भूमिपछि गृहको हर्ताकर्ता बनाएर लगेका छन् ।
बिज्ञापन
गृह मन्त्री रमेश लेखकको सचिवालयका हर्ताकर्ता छन्,बद्री तिवारी । उनकै कारण गृहमन्त्रीदेखि सचिवसम्म बदनामी खेप्दै छन् । गोकर्णमणि दुवाडी,जसरी हिजो दुवाडी भूमि व्यवस्थामा हुँदा उनका भाञ्जाका उठ्ती पुट्तीका कारण गृह प्रशासन बदनाम थियो आज उस्तै हालत छ गृह प्रशासनको । गृहका कर्मचारीदेखि प्रहरीसम्मको सरुवामा उनै बद्री हावी हुँदा अहिले गृह प्रशासन बदनाम हुन पुगेको छ । अहिले मन्त्रीको सचिवालयमा भित्रिएका तिवारी यस अघि दिल्ली दुतावासमा थिए ।
बिज्ञापन
डिभिजन सहकारी कार्यालय ललितपुरमा केही समय बसेका तिवारी अघिल्लो पटक रमेश लेखक मन्त्री हुँदा उनकै सचिवालयमा बसेका कर्मचारी हुन । यस्तै उनी शेरबहादुर प्रम हुँदा उनकै सचिवालयमा बसे । सुजता मन्त्री हुँदा उनीसँग नजिक रहेर काम गरे । मन्त्रीको निजी सचिव तिवारी,कर्मचारी प्रशासनका हाकिम छवि रिजाल,रिजाल यस्ता पावरफुल सहसचिव हुन । जसलाई सहसचिव भए पछि कहिल्यै प्रदेशका मन्त्रालय र कमजोर कार्यालयमा बसेर काम गर्नु परेन । यस्तै ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएका रमेश ढकाल समेत पर्वते हुन । गृहमन्त्री रमेश लेखकले ४ कार्तिक मा उनलाई सचिवालयमा भित्राएका हुन । यस अघि रमेश लेखक राज्यमन्त्री हुँदा उनको सचिवालयमा बसेका रिजाल पछि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनको पनि सचिवालयमा पुगेका हुन । प्रश्न उठ्छ,एउटै कर्मचारीले काँग्रेसका मन्त्री फेरिएपिच्छे सचिवालयमा बस्ने अवसर कसरी पाउँछ ?
यस अघि रमेश रिजाल मन्त्री हुँदा उनको सचिवलायमा बसेर तिवारीले म्यानपावर ब्यावसायीहरुसँग पैसा उठाउने गरेको अरोप लागेको थियो । आर्थिक उठौतीमा सम्वन्ध भएका कारण लेखकले आफु गृहमन्त्री हुदा फेरि तिवारीलाई राख्नुको पछाडिको कारण त्यस अर्थबाट पनि खोजिनुपर्ने गृहकै अधिकारीहरु बताउँछन् । देउवा प्रधानमन्त्री हुँदा सचिवालयमा बसेर आतंक मच्चाए पछि उनलाई नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहायक कन्सुलरको खटाइएको थियो ।
यस्का अलवा भ्रष्टाचार मुद्धा लागेका अधिकृतहरु किन छानी छानी सचिवालयमा राखिएको होला ? लेखकको कोर टिममा रहेका विमल पौडेल अर्काे त्यस्ता कर्मचारी हुन । जो यस अघि भएको अध्यागमनको भ्रष्टाचारमा मुछिएका थिए । तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको समयमा भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारी हुन,उनी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० माघ १८ मा जिल्ला अदालतमा अभियोग पत्र दर्ता गर्दा शाखा अधिकृत विमल पौडेललाई समेत प्रतिवादी बनाइएपछि उनी फरार थिए । पौडेल पूर्वगृहसचिव महेश्वर न्यौपानेको सिफारिसमा विमानस्थलस्थित अध्यागमन पुगेका थिए । अध्यागमन जानुअघि न्यौपानेको निजी सचिवसमेत थिए । त्यतिखेर अदालतमा मुद्दा दायर गरेपछि प्रहरीले पौडेलसहितका अध्यागमन अधिकृतहरूको सम्पत्ति छानबिन गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्राचार गरेको थियो । तर, यसबारे अख्तियारले कुनै कारबाही अघि बढाइएन ।उनी ८० चैत्र २० देखि मन्त्रीको सचिवालयमा कार्यरत रहेकोमा यो प्रकरण बाहिरिएपछि अहिले वल्लो कोठाबाट पल्लो कोठा सारिएको छ ।
बिज्ञापन
यस्का अलवा गृह मन्त्रालयका उप मन्त्रीका रुपमा कर्मचारीमाझ परिचित छन्,गणेदत्त ओझा । उनी प्रशासन महाशाखाका हर्ताकर्ता हुन । ओझा कैलालीको मोहन्याल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा नीतिगत निर्णय गरी ५४ लाख राजश्व छुट प्रकरणमा अख्तियारले डामेका अधिकृत हुन । पछिल्लो समय गृहको कर्मचारी खटन पटनमा गुनासो चुलिँदो छ ।भुक्तभोगी कर्मचारीहरुका अनुसार टिआइएमा जानका लागि प्रति कर्मचारी सातदेखि १० लाख रेट तोकिएको छ । गृहमन्त्री लेखक र सचिव दुवाडीका विश्वासपात्र कर्मचारी प्रशासन शाखाका अधिकृत गणेशदत्त ओझाले अध्यागमनको लाइन मिलाउने गरेको बताइँदै आएको छ । उनी ८० असार १३ गते गृह मन्त्रालयमा हाजिर भएर निजामती कर्मचारी प्रशासन शाखा हेर्दै आएका छन् ।
अख्तियारले ०७४७५ मा ढुंगा, गिटी, बालुवा उत्खनन र बिक्रीको ठेक्कामा कार्यपालिकाबाट निर्णय गराएर राजस्व छुट दिएको आरोपमा गाउँपालिका अध्यक्ष, कार्यपालिका सदस्य प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो। ५४ लाख १८ हजार रुपैयाँ कार्यपालिकाबाट निर्णय गराएर गैरकानुनी रूपमा छुट दिइएको पुष्टि भएपछि अख्तियारले मुद्दा चलाएको थियो। तत्कालीन प्रमुख प्रशाकीय अधिकृत ओझाले पहिलो किस्ताबापतको कबोल अंक रकम ठेकेदारबाट सर्तबमोजिम सम्झौताका बखत नगद जम्मा गर्न नलगाई सम्झौता गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ।
यी मात्र होइन सचिव गोकर्णमणि दुवाडीले समेत नापीका कर्मचारीलाई गृहमा लगेर राखेका छन् । पछिल्लो समय सचिव दुवाडीले निजी सचिवमा भने राजपत्र अनंकित नायबसुब्बा सरहका नापी विभागका सर्भेक्षक आनन्द बुर्लाकोटीलाई राखेका छन् । नाताले गोकर्णको भाञ्जा हुन बुर्लाकोटी । हिजो भूमिमा हुँदा बुर्लाकोटी मामासँगै थिए,उनकै सचिवालयमा । उनी सचिव हुँदा भूमिको कर्मचारी सरुवा विवादित बन्यो । त्यसको पछाडि उनै आनन्द हावी हुनु प्रमुख कारक थियो भन्छन्,भूमिका कर्मचारी । गोकर्णले अहिले पनि उनैलाई रोजेर गृहमा लैजानुको कारण बुझ्न गाह्रो छैन । गृहका केही अधिकारीहरुका अनुसार,अध्यागमन र जिल्ला प्रशासन कार्यालयका जुनियर अधिकृतदेखि अधिकृतसम्मको सरुवादेखि बढुवामा दाम उठाउनकै लागि भान्जालाई गृह मन्त्रालयमा लगिएको हो । मामा भूमिसुधार सचिव हुँदा मन्त्रालयमा राम्रै चलखेल गरेका अमिन आनन्दले नापी र मालपोत लगायतका आकर्षक कार्यालयमा हुने आन्तरिक सरुवामा प्रिपेड र पोष्टपेड रकम उठाउने गरेको भूमिसुधार मन्त्रालय स्रोतले बतायो । अख्तियारले उनको पनि विशेष निगरानी गरेर छानविन थालेको बताइएको छ । त्यही कारण त अध्यागमनमा दरबन्दी भन्दा बढी कर्मचारी पठाएर गृहले ती कर्मचारीहरुसँग बोलकबोलमा रकम नै उठाएको थियो भन्छन्,गृहका अधिकृतहरु ।