ऋृणीसँग घुस,मन्त्रीहरुसँग सेटिङ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैङ्क लिमिटेडका पूर्वअध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बैंकबाट ऋण प्रवाह गर्दा घुस लिएको आरोपमा नेपाल बैंकका पूर्वअध्यक्ष डा चन्द्रप्रसाद अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो अख्तियारले ।

बिज्ञापन

अधिकारीले तीन वटा कम्पनीलाई कर्जा प्रवाह गर्दा ७५ लाख घुस लिएको उनीसहित पाँचजनालाई प्रतिवादी बनाउँदै आज विशेषमा मुद्धा दायर गरिएको हो ।२०८० को असोजमा बैंकको अध्यक्ष नियुक्त भएका अधिकारीले तीनवटा ऋण फाइलबाट ७४ लाख घुस बुझेको अख्तियारको अभियोग रहेको छ।  अधिकारीले रुपन्देहीको भुसाल हस्पिटालिटीलाई एक अर्ब ७७ करोड २९ लाख कर्जा प्रवाह गरिँदा १९ लाख अधिकारीले घुस लिएको पुष्टि भएको भएसँगै उक्त हस्पिटालिटीका सञ्चालक बालकृष्ण भुसाल, अंकित भुसाल तथा अमृत भुसालविरुद्ध पनि घुस दिएको आरोपमा मुद्दा दायर भएको छ। घुस लेनदेनमा सघाउने नसिब अन्सारीलाई पनि प्रतिवादी बनाइएको छ।
यस्तै हिमाल तराई कन्ट्रक्सन, अकलादेवी ट्रेडर्ससँग घुस लिएको अभियोगमा पनि छुट्टाछुट्टै मुद्दा दायर भएको छ। हिमाल तराई कन्ट्रक्सनसँग ६ लाख तथा अकलादेवीसँग ५० लाख घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ। उनको मेबाइल नियन्त्रणमा लिई आयोगले विस्तृत अनुसन्धान गर्दा उनको घुस लेनदेन पत्ता लागेको हो।

बिज्ञापन

अकलादेवी ट्रेडर्सलाई २५ करोड ऋण दिंदा उनले सञ्चालकहरू नारायण प्रसाद बराल, दानबहादुर कार्की र सुन्दर बहादुर बाँनियासँग २ प्रतिशत घुसको डिल गरी लिएका थिए। कम्पनीका सञ्चालकलाई पनि प्रतिवादी बनाइएको छ भने घुस लेनदेनमा सघाउने सन्तोष सुवेदी र खुस नसिब अन्सारीविरुद्ध पनि मुद्दा दायर भएको छ। त्यस्तै, हिमाल तराई कन्ट्रक्सनका सञ्चालक रमेश आचार्यलाई ६ करोड ऋण दिदा ६ लाख घुस लिएका हुन्। घुसवापतको चेक उनको घरबाटै अख्तियारले माघ २३ गते बरामद गरेको थियो।

अख्तियारले अधिकारीलाई गत माघ २९ गते अधिकारीलाई नियन्त्रणमा लिएपछि अनुसन्धान सुरु भएको थियो । पछि राष्ट्र बैङ्कको निर्देशनमा उनलाई अध्यक्ष पदबाट हटाइएको थियो ।यस अघि नै बर्खास्तीमा परेका अधिकारीविरुद्ध अख्तियारले आज विशेषमा मुद्धा लगेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष