कुन मन्त्रालयलाई कति बजेट ?

सरकारले चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

बिज्ञापन

यो वर्ष सबैभन्दा धेरै बजेट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको २ खर्ब ११ अर्ब १६ करोड छुट्याइएको छ । त्यस्तै, गृह मन्त्रालयलाई २ खर्ब ८ अर्ब ६२ करोड, भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ५१ अर्ब ९९ करोड विनियोजन गरिएको छ ।

बिज्ञापन

सहरी विकास मन्त्रालयलाई १ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै स्वास्थ्यलाई ९५ अर्ब ८१ करोड रकम छुट्टाइएको छ । रक्षा मन्त्रालयका लागि ६२ अर्ब १ करोड छुट्टाइदा कृषि मन्त्रालयले ५७ अर्ब ४८ करोड बजेट पाएको छ । अर्थ मन्त्रालयलाई ४९ अर्ब ९० करोड रकम छुट्टाइएको छ ।

उर्जा जलश्रोत मन्त्रालयलाई ८६ अर्ब १ करोड रकम विनियोजन गरिँदा खानेपानीलाई ३३ अर्ब ८९ करोड,वन मन्त्रालयलाई १८ अर्ब ६१ करोड छुट्टाइएको छ ।

बिज्ञापन

संष्कृति मन्त्रालयलाई १३ अर्ब २८ करोड,उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड,श्रम मन्त्रालयकाका लागि ४ अर्ब २८ करोड विनियोजन गरिएको छ । सञ्चार मन्त्रालयका लागि ७ अर्ब ७२ करोड,भूमि मन्त्रालयलाई ७ अर्ब ४९ करोड,परराष्ट्रलाई ७ अर्ब ८४ करोड,युवा तथा खेलकुदलाई ६ अर्ब ८ करोड,महिला मन्त्रालयलाई २ अर्ब ८ करोड बजेट विनियोजन गरिएको छ ।

चार वटा मन्त्रालय शिक्षा,गृह,भौतिक र शहरीले अर्वभन्दा बढी बजेट पाएका छन् । सबैभन्दा बढी शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरेका छन्। गृहले २ खर्ब ८ अर्ब ६२ करोड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय १ खर्ब ५१ करोड रुपैयाँ पाउँदा सहरीलाई १ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।  मन्त्रालयगत खर्चमध्ये सबैभन्दा कम कानून न्याय तथा संसदीय मन्त्रालयको ५३ करोड ५६ लाख छुट्टाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

ठुली मैयाँ

बिशेष