राजपत्र अनंकित कर्मचारीको तलब १२ प्रतिशत र राजपत्राकिंत कर्मचारीको १० प्रतिशतले बढाइँदै

सरकारले आगामी आर्थिक वर्ष २०८२/ ०८३ को वार्षिक बजेट आज प्रस्तुत गर्दै छ । बजेटको आकार झण्डै १९ खर्ब हाराहारीको रहने जनाइएको छ । राष्ट्रिय योजना आयोगले मध्यकालीन खर्च संरचनामार्फत आगामी आर्थिक वर्षको बजेटका लागि २० खर्ब ८८ अर्ब रुपैयाँको सिलिङ दिएको छ। सोही सिलिङ भित्र बसेर बजेट ल्याइन लागेको हो । जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन् ।

बिज्ञापन

अर्थ मन्त्रालय स्रोतका अनुसार, बजेटमार्फत सरकारी कर्मचारीको तलब बढ्ने गरी ड्राफ्ट तयार भएको छ । निजामती सेवा ऐन, २०४९ को दफा २७ मा सरकारले प्रत्येक तीन वर्षमा राजस्व वृद्धिदर, मूल्यवृद्धि तथा कुल दरबन्दीसमेतका आधारमा सरकारी कर्मचारीको तलब, भत्ता पुनरावलोकन गर्नुपर्ने व्यवस्था छ । ऐनको दफा २७ को उपदफा १ क मा निजामती कर्मचारीको तलब, भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्न मुख्यसचिको अध्यक्षतामा एक पुनरावलोकन समिति हुने व्यवस्था छ । यस अघि जनार्दन शर्मा अर्थमन्त्री हुँदा निजामती कर्मचारीको तलब १५ प्रतिशतले बढेको थियो । त्यस यता कर्मचारीको तलब बढेको छैन । अघिल्लो पटक अर्थात २०७३/ ७४ मा विष्णु पौडेलले २५ प्रतिशत तलब वृद्धिको निर्णय गरेका थिए।जुन हालसम्मकै उच्च बृद्धि हो । यस पटक अर्थमन्त्रीको कुर्सीमा उनै पौडेल छन ।

बिज्ञापन

यद्यपि गत वर्ष १० असारमा सर्वोच्च अदालतले मार्यादाक्रम अनुसार सरकारी कर्मचारीको तलबभत्ता निर्धारण गर्न परमादेश जारी गरेको थियो । मर्यादाक्रममा तल रहेका सुरक्षाकर्मीको तुलनामा आफूहरूको तलब कम रहेको भन्दै निजामती कर्मचारीहरूले हालेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको थियो । त्यो आदशेपछि सरकारले सहसचिव, उपसचिव र शाखा अधिकृत (अधिकृत स्तर) को तलब बढाउनुपर्ने बाध्यतामा थियो सरकार ।

अर्थ मन्त्रालय स्रोतका अनुसार बजेटमा यस पटक तल्लोतहका कर्मचारीको १२ प्रतिशत र अधिकृत तहका कर्मचारीहरुको तलब १० प्रतिशतले बढाउने तयारी छ ।कर्मचारीको तलब समानरुपमा बढाउँदा तलबको अनुपात धेरै फरक पर्ने भएका कारण यस पटक शाखा अधिकृत र सोभन्दा माथिल्लो तहका कर्मचारीको तलब १० प्रतिशत र राजपत्रअनकिंत कर्मचारीको तलब १२ प्रतिशतले बढाइन लागेको हो,अर्थ मन्त्रालय स्रोतले भनेको छ ।

बिज्ञापन

यस्तै संसद विकास कोषलाई समेत पुर्नजीवन दिन लागिएको छ । यस अघि प्रकाशशरण महत अर्थमन्त्री हुँदा बजेटमा ५ करोड रुपैयाँको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्टाइएको थियो । सो समयमा सर्वोच्च अदालतले रोक लगाएको थियो तर सरकारले घुमाउरो ढंगबाट प्रत्येक निर्वाचन क्षेत्रमा सांसदहरूले ८ करोड रुपैयाँ खर्च गर्न पाउने गरी बजेट छुट्टाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

नेपाललाई डिजिटल पथमा डोर्याउने ‘कहाँ’को योजना : स्मार्ट डोर बेलदेखि डिजिटल हाजिरीसम्म

अख्तियारको राडारमा तत्कालीन मन्त्री,सचिव,सह सचिवदेखि मन्त्रीका स्वकीयसम्म

मन्त्रिपरिषद् बिस्तार हुँदै,को को हुँदैछन् नयाँ मन्त्री ?

‘छिटो निर्णय, परिणाममुखी कार्यान्वयन’ : यस्ता छन् महानिर्देशक जैसीको ६ महिने कार्यप्रगति

स-परिवारसहित सुटुक्क अमेरिका किन पुगे धुर्मुस ?

बिशेष