शेरा दरबार जग्गा प्रकरण : एक बर्षमै चार कार्यालय प्रमुख फेरिए,निमित्तको भरमा नुवाकोट मालपोत

नुवाकोटको शेरा दरबार तथा सो दरबारले चर्चेको जग्गा प्रकरणका कारण अहिले मालपोतका कर्मचारीको भागाभाग शुरु भएको छ । हेलेन र जयन्ती शाहको नाममा रहेको उक्त जग्गा गौरीशंकर फार्मिङ हुँदै अन्नपूर्ण फार्मिङको नाममा आइपुगेको थियो ।

बिज्ञापन

१६४ रोपनीभन्दा धेरै जग्गाको किचलोमा कोही कर्मचारीहरु मुछिन नचाहेपछि सकेसम्म नुवाकोट मालपोतमै जानै नचाहने र गए पनि दुई‑तीन महिनामै सरुवा मिलाएर कर्मचारीहरु टाप ठोक्न थालेका छन् । नुवाकोट मालपोतका कर्मचारीहरुका अनुसार,२०३६ भदौ २९ गते गौरीशंकर फार्मिङको नाममा १८१ रोपनी १३ आना १ पैसा २ दाम जग्गा नापी भएको जग्गा आलीकान्ला कटाइ १६४ रोपनी १३ आना ३ पैसा जग्गा कायम भएको थियो । ८ बर्ष पछि गौरीशंकर फार्मिङ प्रालिबाट अन्नपूर्ण फार्मिङ प्रालिको नाममा पुगेको जग्गा हो त्यो । अहिले हदबन्दीको नाममा लफडा परिरहेको उक्त किचलोमा कोही कर्मचारीहरुले कलम चोप्न नमान्दा तनाव पैदा भएको छ । भूमिसम्बन्धी ऐन, २०२१ को परिच्छेद ३, जग्गाको हदबन्दीसम्बन्धी महलमा पहाडी जिल्लामा जग्गावालाको हैसियतले अधिकतम जग्गा राख्न पाउने हद ७० रोपनी कायम गरिएको भेटिन्छ । हदबन्दीको प्रावधान आएपछि २०७३ जेठ २५ गते कम्पनीको हदबन्दीको जग्गा छानबिनका लागि भन्दै रोक्का राखिएको थियो । १८१ रोपनी १३ आना जग्गामध्ये ७५ रोपनी कम्पनीको नाममा भएपनि ११६ रोपनी १३ आना जग्गा हदबन्दीको छानबिन गर्नुपर्ने भन्दै रोक्का राखिएको उक्त जग्गाको लफडामा कुनै पनि हाकिमहरु पर्न नचाहँदा त्यहाँबाट धमाधम दुई/ चार महिनामै कार्यालय प्रमुखहरु सरुवा मिलाएर हिड्न थालेका छन् ।

बिज्ञापन

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले यो प्रकरणमा बिस्तृत अनुसन्धान गरेर आवश्यक कारबाही गर्न तथा प्रतिवेदन कार्यान्वयन गर्न भनेर मालपोत कार्यालय नुवाकोटलाई पत्र नै पनि पठाइएको भए पनि सम्बन्धित जग्गाधनीलाई बोलाएर सोधपुछ गर्ने, बयान लिने, सम्बन्धित कागजात माग्ने र आदेश गर्ने भन्दै महिना दिन अगाडिमात्र त्यहाँ उपसचिव देवी भण्डारीलाई खटाइएको हो । रोचक त भण्डारीका तिनै दाजुभाई मालपोतका रैथाने हुन । २५ सालका लोक भण्डारी, ०२६ सालका देवी र ०२८ सालका शेर, तिनै भाइ लामो समयदेखि मालपोतमा जरा गाढेर बस्दै आएका छन् । उनीहरुका तिनै दाजुभाई बर्षदेखि मालपोतमै घुमेर जागिर खाइरहेका कर्मचारी हुन । कपिलबस्तु मालपोत,दाङ्ग हुँदै केही अगाडिमात्र नुवाकोट पठाइएका भण्डारीले ‘म बाट काम हुँदैन,जहाँ सरुवा गर्ने हो गरिदिनुहोस’ टक्टकिएपछि उनी त्यहाँबाट सरुवा मिलाएर हिडेका छन् ।
४ महिना अगाडि नुवाकोट पुगेका भण्डारी अहिले महोत्तरीको जलेश्वरको प्रमुख मालपोत अधिकृत भएर गएका छन्।  मिन भट्टराई तीन महिना पनि त्यहाँ टिकेनन्,उनी अघिका ओमबहादुर अधिकारी र हेम सेढाई पनि तीन/चार महिनामै सरुवा भएर हिडेका छन् । यसरी एक पछि अर्काे कार्यालय प्रमुख टिक्न नसकेपछि अहिले नुवाकोटकै महेन्द्रबहादुर नेपाललाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ । मन्त्रालयले त्यहाँ पठाउने नयाँ हाकिमको खोजी हुन थालेको छ । तर,त्यहाँ जान तयार कोही छैनन् ।

उता शेरा दरवार प्रकरणपछि ‘हात धोएर’ हिडेका ओमबहादुर अधिकारीलाई मन्त्रालयले उल्टै पुरस्कृत गरेको भेटिएको छ । सो प्रकरणमा कलम चोप्न डराएर उनी नुवाकोटबाट मन्त्रालयमा भित्रिएका थिए । मन्त्रीसँग अधिकारी ‑अधिकारीको ‘गोरु बेचेको साइनो’ लगाउँदै जग्गा प्रशासन शाखा सम्हाल्दै आएका थिए । अहिले उनैलाई मन्त्री बलराम अधिकारीले सम्बन्धित शाखाका कर्मचारीको नाम काटेर जिआइजेटको कार्यक्रममा मनोनयन गरेसँगै कर्मचारीहरु आक्रोशित भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चार महिनामा ३२ उपलब्धि : सल्यानका प्रजिअ नेत्रप्रसाद सुवेदीले देखाए प्रशासनिक नेतृत्वको नमुना

‘तपाईलाई मन्त्री बन्न नदिन ठूलै शक्ति लागेको छ’

फेरिए दुई विभागका महानिर्देशक

ललितपुर,भक्तपुरका सिडियोसहित ३६ सहसचिवको सरुवा

देशभरका ३६ प्रमुख जिल्ला अधिकारीको सरुवा, गृह मन्त्रालयले तोक्यो नयाँ जिम्मेवारी

ती संगीता,यी गणपति र खगेन्द्र

सुशीलाका क्याविनेटमा तीन पूर्व कर्मचारी

अधिकृत पदको माग आकृति फाराम भरेर पठाउन सामान्यको परिपत्र

बिशेष