‘स्थानीय सेवा ऐन’ कार्यान्वयनमा नआउँदै संशोधनको दबाब

संघीय निजामती सेवा ऐन जारी नुहँदै राजपत्र अनंकित कर्मचारीदेखि सचिव,मुख्य सचिवसम्म असन्तृष्ट छन्,उनीहरुका आ आफ्नै असन्तृष्टिहरु पोखिरेहका छन् ।
संघीय निजामती सेवा ऐनमा मात्र होइन,स्थानीय सेवा ऐनका बिषयलाई लिएर समेत स्थानीय तहका कर्मचारीहरु आन्दोलित भइरहेका छन् । सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारीपछि कर्णाली प्रदेशका कर्मचारीहरु समेत ऐनका कारण सडकमा उत्रने तयारी गरिरहेका छन् ।

बिज्ञापन

प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनका कारण आन्दोलित हुुँदै आएका कर्णाली प्रदेश स्थानीय तहका कर्मचारीहरुले प्रदेशका ७९ वटै स्थानीय तहमा सेवा ठप्प पार्ने तयारी गरेका छन् ।

बिज्ञापन

प्रदेश सरकारले जारी गरेको ‘स्थानीय सेवा (गठन र सञ्चालन ऐन–०८१) संशोधनको माग गर्दै उनीहरू आन्दोलित हुँदै आएका छन् ।

कर्णाली प्रदेशको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ गत असोज २९ गते जारी भएको थियो । उक्त ऐन कार्यान्वयनमा नआउँदै संशोधनको माग उठ्दै आएको छ । गत कार्तिकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऐन कार्यान्वयन गर्न स्थानीय तहहरूलाई निर्देशन दिइसकेको थियो भने पुस १९ गतेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेको थियो । उक्त ऐनका कतिपय दफा, उपदफाहरु विभेदकारी भएको भन्दै त्यो वेलादेखिनै आन्दोलन सुरु भयो । त्यसपछि सरकारले संशोधन गर्ने निर्णय गर्‍यो । गत चैत्र १२ गते संशोधनसहितको विधेयक पुनः प्रदेश सभामा दर्ता गरेको थियो । गत वैशाख २६ गते बसेको मन्त्रिपरिषद्ले सभामा दर्ता भएको विधेयक फिर्ता लियो भने जेठ दुई गते पुनः सभामा दर्ता गराएको छ ।

बिज्ञापन

उक्त संशोधित विधेयकमा पनि तृतीय तह (मुखिया), चौथो तह, पाँचौ तह, छैठौँ तह लगायत कुनै पनि कर्मचारीको माग सम्बोधन नभएको भन्दै कर्मचारीहरु आन्दोलित हुँदै आएका छन् ।

स्थानीय तहका कर्मचारीहरुले आज बिहान १० बजे वीरेन्द्रनगरस्थित कालिन्चोकमा भेला हुने र ११ बजेदेखि तीन बजेसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिने तयारी गरेको छ । उनीहरुलेर उठाउँदै आएको माग पूरा नहुँदासम्म आन्दोलनका कार्यक्रम निरन्तर चल्ने कर्मचारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यस्ता छन् पछिल्लो मन्त्रिपरिषद् बैठकका ९ निर्णयहरु

भिजिट भिसा प्रकरण : सहसचिवसँग बयान जारी ,चार डिभाइस नियन्त्रणमा लिएर चल्दैछ अनुसन्धान

‘कुलिङ पिरियड’ले उच्च प्रशासकहरु तनावमा,हटाउन माग गर्दै नेताहरुको घर दैलोमा

खुकुरी काण्डका आरोपितविरुद्ध मुद्दा दायर, प्रहरीले चासो नदेखाएको पीडितको आरोप

पोखरेलको नौलो अभियान :-‘घुसको विरोध,पाँच रुपैंया सहयोग’

समितिबाट पारित निजामती विद्येयकप्रति कर्मचारीको चित्त दुखाई,११ बुँदे माग राखेर उत्रिए धर्नामा

मन्त्री,उपसचिव र विचौलियाको गठजोड : दैनिक बदनाम हुँदै सामान्य प्रशासन

संसदीय समितिमाथि कर्मचारी हावी

बिशेष