हिजो सुँक्कसुँक्क ,आज जिम्मेवारी

नेपाली काँग्रेसको बैठकमा आँसु बगाएको भोलिपल्टै पूर्व मन्त्री बालकृष्ण खाँण पत्नी मञ्जुले महत्वपूर्ण जिम्मेवारी पाएकी छिन् ।

बिज्ञापन

हिजो बसेको बैठकमा केही दिनअघि पक्राउ परेर धरौटीमा छुटेकी सांसद माया राई बैठकस्थलमा धरधरी रोएकी थिइन भने खाँण पत्नी मञ्जुले आफूलाई भ्रष्टाचारीको श्रीमती भन्दै लुक्दै र भाग्दै हिड्नु परेको दुखेसो पोखेकी थिइन ।

बिज्ञापन

सो को भोलिपल्टै उनले महत्वपूर्ण जिम्मेवारी पाएकी हुन । खाँणलाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा भएको अनियमितता छानविन गर्न गठित संसदीय उपसमितिको संयोजकको जिम्मेवारी दिइएको हो ।

संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उक्त उपसमितिले  खाँणलाई उक्त जिम्मेवारी दिएको हो । लेखा समितिले विमानस्थल निर्माणमा भएको अनियमितता छानविन गर्न एमाले सांसद योगेश भट्टराईको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले विमानस्थलको स्थलगत अध्ययन गरेर प्रतिवेदनसमेत तयार पारिसकेको अवस्थामा भट्टराईले अघिल्लो साता जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए ।

बिज्ञापन

प्रतिवेदनमाथि नै प्रश्न उठाइरहेको बेला गत आइतबारको लेखा समितिको बैठकमा ‘पूर्व पर्यटनमन्त्री भइसकेको मान्छे उपसमितिको संयोजक बन्न शोभनीय नहुने’ भन्दै भट्टराईले आफू जिम्मेवारीबाट बाहिरिएको जानकारी गराएका थिए । आज बसेको उपसमितिको बैठकले उनको ठाउँमा खाँणलाई चयन गरेको हो ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी पत्नीसमेत रहेको उनी नेपाली काँग्रेसकी संसद हुन् । हिजोमात्र बालकृष्ण खाँणलाई मुद्धा चलाइएको कारण आफू भ्रष्टाचारीको पत्नी भएको आरोप लाग्दा लुकेर हिड्नुपर्ने स्थिति रहेको भन्दै सुकसुकाएकी थिइन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष