उमेर हद ६० पुर्याउँदा कुन कुन सचिव लाभन्वित ?

एउटा विद्येयक छलफल गर्न तीन तीन जना मन्त्रीको ताँती ! यस्तो रमिता देखियो अस्ति आइतबार,सिंहदरबारमा ।

बिज्ञापन

त्यहाँ राज्यव्यवस्था तथा सुशासन समितिले तयार पारेको संघीय निजामती सेवा विद्येयकको मस्यौदा उपर छलफल कार्यक्रम राखिएको थियो । बिहान आठ बजे डाकिएको बैठकमा सरकारका तीन तीन मन्त्रीहरु पुगे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजुकमार गुप्ता त्यहाँ पुग्नु स्वभाविकै मान्न सकिन्थ्यो तर गृहमन्त्री रमेश लेखक र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त उपस्थितिलाई स्वभाविक मान्न सक्ने स्थिति थिएन । त्यही मन्त्रीहरुकै माथापच्ची,स्वार्थ समूहले खेलेका कारण सोही दिन पारित गरेर प्रतिनिधि सभामा दर्ता गराउने तयारी गरिएको विद्येयक अगाडि बढ्न सकेन ।

बिज्ञापन

विशेष गरी उमेर हद ६० बनाउने र कुलिङ्ग पिरियडमा स्वार्थ समूहले सूँड पर्सादा निजामती विद्येयक फनफनी घुमिरहेको समितिका सदस्यहरु बताउँछन् ।
१४७ वटा दफा रहेको विद्येयकमा कुलिङ्ग पिरियड,उमेर हद ६० बनाउने बिषयमा लफडा रहेको बताइन्छ । उमेर हद एकै पटक ६० बर्ष पु¥याउने वा ६/६ महिनाको फरक गराउने भन्ने बिषयमा मतभेद छ । स्वार्थ समूहले यही बिषयमा खेलिरहेको समितिका सदस्यहरु बताउँछन् ।

स्वार्थ समूहले कुन हदसम्म खेलिरहेको छन् भन्ने बुझ्न समितिका सचिव सुरजकुमार दुराले अवकाशको उमेर कार्यान्वयनबारेको विधि वाचन नै नगर्नुलाई मान्न सकिन्छ ।
उमेर हद बढाउने लबिङ्गमा बहालवाला सचिवहरु रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव,कानुन सचिव,उर्जा सचिव,कृषि,पशुपक्षीदेखि मुख्यसचिवसम्म उमेर हद बढाउँदा लाभन्वित हुने प्रशासकहरु हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आन्तरिक राजस्व विभागद्वारा ६५ जना कम्प्युटर अपरेटरको सरुवा

सरकारको आम्दानीभन्दा खर्च १ खर्ब बढी, प्रशासनिक खर्च ऋणले धान्नुपर्ने अवस्थामा

चार्वाक दर्शनको दृष्ट्रिबाट वर्तमान नवीनतम राजनीतिक धार : एक विष्लेषण

रसुवाको भविष्य कसको हातमा ?

राष्ट्रिय तथ्यांक कार्यालयले माग्यो ४ हजार ४ सय जनशक्ति

रविको कमजोर मुद्धा यथावत,गम्भीर अपराधको मुद्धा फिर्ता

१० शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

२३ बर्षमा दोश्रो पटक फुट्यो काँग्रेस : विभाजनको मूल कारक देउवा

बिशेष