राष्ट्र बैंककै कर्मचारीहरुको आरोप : कामु गभर्नर लाचारी,नैतिक र क्षमताहीन

नेपाल राष्ट्र बैंकको कामु गभर्नर नीलम ढुंगनाको कार्यशैलीलाई लिएर कर्मचारीले नै प्रशन उठाउन थालेका छन । नेपाल राष्ट्र बैंकको नेपाल वित्तीय संस्था कर्मचारी संघले राष्ट्र बैंक कार्यवाहक गभर्नर नीलम ढुंगाना तिम्सिनाको भूमिकामाथि प्रश्न उठाएका हुन ।
ढुंगनाले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्टको राजीनामा स्वीकृत नगरिएकोप्रति आपत्ति जनाएको हो ।कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेपछि वित्तीय संस्था कर्मचारी संघले उनीमाथि लाचारी, नैतिक र क्षमताहीनको ट्याग भिराइदिएको छ ।

बिज्ञापन

“आफूलाई काबिल भन्दै गभर्नरको दाबेदारी प्रस्तुत गरिरहेको वर्तमान कार्यवाहक नेतृत्वबाट एकजना कर्मचारीको राजीनामासमेत स्वीकृत गर्न नसक्नुले लाचारीपन व्यक्त भइरहेको महसुस हामीलाई भएको छ र नेतृत्वको नैतिकता एवं क्षमतामा नै प्रश्न उठेको छ,”उक्त संस्थाका अध्यक्ष हरिकृष्ण भट्टराई र महासचिव संजिव बख्रेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

बिज्ञापन

संविधानको धारा २९, श्रम ऐन २०७४ को दफा १४१, सुशासन ऐन तथा नियमावली र बैंक कर्मचारी विनियमावली २०६८ को उल्लंघन गरेर तीन सातासम्म भट्टको राजीनामा स्वीकृत नगरेको संघको ठहर छ । विज्ञप्तिमा उल्लेख छ । संघले गभर्नर नियुक्तिमा भएको ढिलासुस्तीले लज्जाबोध भएको बताएको छ । गभर्नर नियुक्त नहुँदा वित्तीय क्षेत्रको नियामक राजनीतिक दाउपेच, बिचौलियाको चलखेल तथा सीमित व्यक्तिको निजी स्वार्थको खेलमैदान बन्ने सम्भावना बढेको संघले बताएको छ ।

सामान्य निर्णयहरूबाहेक नीतिगत निर्णय हुन नसकिरहेको अवस्था छ । बजेट निर्माणको समयमा सरकारको आर्थिक सल्लाहकारको रूपमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा केन्द्रीय बैंकको भूमिका प्रभावहीन देखिन्छ । यस सन्दर्भमा विद्यमान चुनौतीहरूलाई सहजरूपमा सम्बोधन गर्न सक्ने सक्षम व्यक्तिलाई यथाशीघ्र गभर्नरको रूपमा नियुक्ति गर्न हामी जोडदार माग गर्दछौँ,विज्ञप्तिमा भनिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

नेपाललाई डिजिटल पथमा डोर्याउने ‘कहाँ’को योजना : स्मार्ट डोर बेलदेखि डिजिटल हाजिरीसम्म

अख्तियारको राडारमा तत्कालीन मन्त्री,सचिव,सह सचिवदेखि मन्त्रीका स्वकीयसम्म

मन्त्रिपरिषद् बिस्तार हुँदै,को को हुँदैछन् नयाँ मन्त्री ?

‘छिटो निर्णय, परिणाममुखी कार्यान्वयन’ : यस्ता छन् महानिर्देशक जैसीको ६ महिने कार्यप्रगति

स-परिवारसहित सुटुक्क अमेरिका किन पुगे धुर्मुस ?

बिशेष