तत्कालीन वार्डेनद्धारा २७ लाख गोलमाल,उजुरी पुग्यो अख्तियार

विगो र जरिवाना गरि तोकिएको थियो झण्डै ४७ लाख,हाकिमले जम्मा २० लाखमै कुरा मिलाए । बाँकी २७ लाखको हिसाब किताबको खोजी अहिले हुन थालेको छ । यसरी एउटै जलविद्युत परियोजनाबाट झण्डै २७ लाख हिसाब किताब गोलमाल गर्ने खप्पिस वार्डेन हुन अणनाथ बराल । बर्ष दिनभन्दा धेरै समय लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेर अहिले सरुवा भइ विभागमा पुगेका उनका बदमासी र कुकृत्यहरु एक पछाडि अर्काे सार्वजनिक हुँदै छन् । उनले त्यहाँ रहँदा नेपाल वाटर इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिको पावर चाइना कन्सट्रक्सनसँग उठाउनु पर्ने विगो नै घटाएर उठाएको र बाँकी रकम गोलमाल गरिएको बिषय अहिले अख्तियारसम्म पुगेको छ ।

बिज्ञापन

निकुञ्ज भित्र पर्दछ नेपाल वाटर एण्ड इनर्जी प्रालीद्धारा निर्मित माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना । सोही आयोजना निर्माणका क्रममा निकुञ्जबाटै अनुमति लिइ काटिएको थियो विभिन्न प्रजातीका २५९ वटा रुखहरु । यसरी काटिएका रुखहरुको जम्मा १२९३३ घन फिट काठ गोसाइकुण्ड गाउँपालिका वडा नम्बर ६ को त्रिशुली खोला दोभानमा घाटगद्धी गरि राखिएको थियो तर ४२९६ दशमलव ७४ घनफिट बाहेक बाँकी ८ हजार ६ सय ३६ दशमलव ५३ क्यू फिट काठ गायब भएपछि यो प्रकरण जिल्ला सरकारी वकिलको कार्यालयसम्म पुग्यो ।

बिज्ञापन

आयोजनाको लापरबाहीका कारणले बाढीले बगाइ, हराई हानी नोक्शानी भए‌को विभिन्न प्रजातीका काठहरु जम्मा ८६३६ दशमलव ५३ घन फिटको जम्मा विगो रकम रु चौध लाख सन्तानब्बे हजार सात सय वैसट्टी रुपैया तथा वारदात स्थलमा २०७८ साल देखि निरन्तर घामपानी खोलाको बहाव समेतको ख्याल नगरी सम्झौतामा उल्लेख भएको संरक्षणको जिम्मा अनुसार आयोजनाले काम कारवाही नगर्दा बाँकी विभिन्न प्रजातीका ४२९६ दशमलव ७४ घनफिट तथा मूल्य रु आठ लाख चौवालिस हजार एक सय नौ रुपैया बराबरको काठ मध्ये धेरै जसो काठ विग्रेको तथा काम नलाग्ने अवस्थामा रहेको सर्जमिन मुचुल्का र विभिन्न प्रतिवेदनका आधारमा जम्मा काठको परिमाण १२९३३ घनफिटको प्रचलित कानून बमोजिमको जम्मा मुल्य रु २३,७६,६०० (अक्षरुपी तेइस लाख छयहत्तर हजार छ सय रुपैया) विगो कायम हुन आएको थियो ।

बिज्ञापन

सोही अनुसार सहायक जिल्ला न्यायधिवक्ता श्रृजना घिमिरेले सोही तथ्य र तथ्यांकका आधारमा प्रतिवादी म्याङ्ग जे यू लाई राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ५ (ड) बमोजिमको कसूरमा प्रतिवादी जम्मा विगो २३,७६,६०० कायम गरी सोही ऐनको दफा २६ (५ख) को देहाय (ग) बमोजिम सजाय निर्धारण गरेकी थिइन ।

ऐन अनुसार तत्कालीन वार्डेनले सो विगोको दोब्बर रकम अर्थात ४७ लाख ५३ हजार २ सय रुपैंया असुल्न पर्ने थियो तर उनले तोकिएको विगोमा नै घटाएर ३ लाख २० हजार घटाएर २० लाख ४४ हजार ७२६ मात्र उठाएको र बाँकी रकम गोलमाल गरेको बिषय अहिले अख्तियारसम्म पुगेको हो ।

स्रोतका अनुसार,अणनाथले पावर चाइना कम्पनीका सन्तोष तामाङ दोभासेमार्फत सो कम्पनीबाट बुझ्नु पर्ने बाँकी रकम वाटर टावर नुवाकोट र धुञ्चेस्थित कोदापमा पाटक पटक भेटेर २० लाख लिएको बताइएको छ । उसो त रसुवाबाट सरुवा हुनु केही महिना अगाडिमात्र एक लाख नजराना बुझेर पनि हाकिमले सेवाग्राहीको काम नगरिदिएपछि उजुरी नै परेको थियो । काम गरिदिन्छु भन्दै एक किस्ता ४० हजार र दोश्रो किस्तामा ४५ हजार घुस लिएर समेत काम नगरिदिएको र उक्त रकमको रसिद समेत नदिएर झुलाएपछि सेवाग्राही प्रहरीको मा पुगेकी थिइन ।

अनेकन लफडामा मुछिएका तत्कालीन वार्डेन बरालको गत साउन ९ गतेको मितिमा कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय सुनसरीमा सरुवा भएको भएपनि उनी सरुवा उल्टाएर लाङटाङ राष्ट्रिय निकुञ्जमै थिए । पछि अनेकन लफडामा परेपछि हाल उनी विभागमा कार्यरत छन्,बरिष्ठ संरक्षण शिक्षा अधिकृतका रुपमा । उनी जहाँ र जुन कार्यालयमा बस्छन्,त्यही यी र यस्तै विवाद र लफडामा परिरहने कर्मचारी हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

श्रेणीविहीन कर्मचारीको स्थायी पदपूर्ति गर्न माग

प्रज्ञा भवनबाटै पक्राउ परे रेशम चौधरी,पार्टी एकता स्थगित

सार्वजनिक खरिद नियमावली १४ औं पटक संशोधन, घट्लान त कालोसूचीमा पर्ने कम्पनी ?

तत्कालीन वार्डेनद्धारा २७ लाख गोलमाल,उजुरी पुग्यो अख्तियार

सेनामा कल्याणकारीको पैसा सोत्तर

वीरकी नर्सिङ प्रमुख श्रेष्ठबिरुद्ध अख्तियारदेखि विभिन्न निकायमा उजुरी

३० हजार घुस लिएको अभियोगमा प्रहरीका सईविरुद्ध भ्रष्टाचार मुद्दा

भन्सारको लिलामीमा पौडेल समूहको रजगज

बिशेष