पति फेर्दै हिड्ने अनमीको पराजय,१२ बर्षपछि उपसचिवले पाए न्याय

मन्त्रीहरु नै गतिछाडा भएर कान्छी बटुल्दै हिड्ने मुलुकमा कर्मचारीले समेत मन्त्रीकै पथ पच्छाउनु कुन नौलो भयो र ?

बिज्ञापन

एक जना पुरुषले पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद नगरी दोश्रो विवाह गरे,उसको हातमा हतकडी लाग्दछ तर महिलामैत्री कानुन भएको मुलुकमा एकै समयमा अलग अलग व्यक्तिसँग विवाह गरी दुवैलाई अदालतमा मुद्दा हाल्ने एक महिला कर्मचारीलाई सर्वोच्च अदालतले झड्का हानेको छ । पहिलो पतिसँग सम्बन्ध विच्छेद नगरी पिता उमेरका अवकाश प्राप्त उपसचिवलाईे मर्नु न बाँच्नुको स्थितीमा पुर्याइदिएकी थिइन्,लमजुङ्गकी कल्पना डौलीयाले । उनै डौलियाबाट अन्याय खेपिरहेका रिटायर्ड उपसचिव भीमलाल लामिछाने जीवनको उत्तरार्धमा १२ बर्ष बढी अड्डा अदालत धाइरहेकामा सर्वोच्च अदालतबाट सोमबारमात्र न्याय पाएका छन् ।

बिज्ञापन

‘मुद्धा जिताइदेउ,प्राप्त हुने आधा सम्पत्ति दिन्छु’ भन्दै उनले कानुन व्यवसायीहरुलाई समेत प्रभावित पार्ने कोशिस गरेकी थिइन । उनको तर्फबाट पूर्व महान्यायधिवक्ता समेत रहेका रमण श्रेष्ठ बहसमा उत्रिएका थिए भने लामिछानेको तर्फबाट बरिष्ठ अधिवक्ता राघवलाल वैद्य र बरिष्ठ नारायण श्रेष्ठले बहस गरेका थिए । अधिवक्ताहरुको बहस पछि सर्वोच्चका न्यायधीशद्धय सारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गनाको संयुक्त इजलाशले पोखरा उच्च अदालतको फैसलालाई सदर गर्दै वृद्ध उपसचिवको पक्षमा फैसला सुनाएको हो । यो सँगै घरले जाउ जाउ र वनले आउ आउ भन्ने उमेरका वृद्ध लामिछानेको श्रीसम्पत्ति खाने अनमीको योजना तुहिएको छ ।

सर्बोच्चले पूर्व उपसचिव भीमलाल लामिछानेसँगको विवाहलाई बदर गर्दै अंश नपाउने निर्णय गरेको हो । कल्पनाले भीमलालभन्दा अगाडि पोखराकै पूर्णबहादुर रञ्जित,  चितवनका टीकाराम न्यौपानेहरूसँग विवाह गरी अंश लिइसकेको भेटिएको हो । लामिछाने ०६६ सालमै उपसचिव पदबाट रिटायर्ड भएका कर्मचारी हुन । जागिरे जीवनमा स्वास्थ्य र न्यायलयमा लामो समय बिताएका उनका तीन छोरा र दुई छोरी छन् । ०६३ साल साउनमै जेठी श्रीमतीसँग सम्बन्धलाई कानुनी रूपमै पूणर्विराम लगाएसँगै भीमलाल एक्लो थिए । काँग्रेसका केही नेता र अधिवक्ताहरुको सक्रियतामा भीमलाल र कल्पनाबीच लगनगाँठो कस्सिएको थियो ‑०६६ मंसिर ३० गते । विवाह गरेको ४ महिना पछि अर्थात ०६६ चैत ९ मा विवाह दर्ता भयो । विवाह दर्ता गरेको केही महिनापछि घरबाट रातारात हराइन् श्रीमती । खोजी गर्दा फेला परिन् टीकाराम न्यौपानेसँग । १५ दिन छानबिनका लागि हिरासतमा राखी सरकारी वकिलमार्फत चितवनका प्रमुख जिल्ला अधिकारीले जरिवाना गराएर मुद्दा टुंग्याए । चार महिनापछि ०६७ साउन १२ गते भरतपुर नगरपालिकामा कल्पनाले उजुरी दिइन् टिकारामविरुद्ध । ०६७ साउन १२ गते कार्यकारी अधिकृतलाई सम्बोधन गरी कल्पनाले लेखेको पत्रमा भनिएको छ– ‘म टीकाराम न्यौपानेको कान्छी श्रीमती हुँ । दमौलीमा बस्छु । श्रीमानले खान दिएनन् । श्रीमानलाई झिकाएर छलफल गराइपाऊँ ।’ भोलिपल्टै कल्पना र टीकाराम दुबै पक्षलाई झिकाएर छलफल चल्यो ।

बिज्ञापन

६ लाख ५० हजार लिएर दोस्रा पति टीकाराम न्यौपानेसँग मिलेर बस्ने भन्ने निणर्य माइन्युट बुकमा सही गराएको प्रमाण नै भीमलालको पक्षमा फैसला आउने गतिलो प्रमाण बन्न पुगेको हो । विवाह गरेको दुई बर्ष पछि उनै कल्पनाले ०६९ साल माघ १४ मा कल्पनाले कास्की जिल्ला अदालतमा मुद्दा दर्ज गरिन्, सम्बन्धविच्छेद र माना चामलको । जिल्ला अदालतले मुद्दा सदर ग¥यो । आफूमाथि अन्याय भएपछि प्रमाणहरू भेला पारेर भीमलाल पुनरावेदनका लागि उच्च अदालतको शरणमा पुगे । त्यहाँ कल्पनाको नियतमै खोट रहेको,आफूसँग वैवाहिक सम्बन्ध कायमै रहँदा टीकारामसँग कान्छी श्रीमतीकै रूपमा रहेको भरतपुर नगरपालिकाको ०६७ माघ १३ को माइन्युट पेश गरेका थिए, भीमलालले । न्यायाधीश नरबहादुर शाहीले ०७५ जेठ १६ गते फैसला सुनाए, वादी भीमलाल लामिछाने र प्रतिवादी कल्पना लामिछानेबीच लोग्ने स्वास्नीको नातासम्बन्ध कायम रहन नसक्ने हुँदा शुरुको फैसला उल्टी बादीको फिराद दाबीबमोजिम विवाह बदर हुने । यो प्रकरणपछि कल्पना सर्वोच्चमा आइपुगेकी थिइन भीमलालविरुद्ध मुद्धा बोकेर ७५ साल मंसिर ५ मा । सर्वोच्चमा पटक पटक पेशी चढेर साढे ६ बर्षपछि न्यायधीशद्धय सुवेदी र ढुङ्गनाको संयुक्त इजलाशले उच्च अदालत पोखराको निर्णय सदर गरेको हो ।

यसरी पति फेर्दै हिड्ने अनमी अहिले कालिकानगर चितवन सिद्धि स्वास्थ्य चौकीमा अनमीको रुपमा कार्यरत छिन् । ५९ भदौं ३० मातृ शिशु कार्यकर्ता सहायक दोश्रोबाट सरकारस् सेवा प्रवेश गरेकी उनी कर्मचारी समायोजन पछि कालिका नगरपालिका हुँदै अहिले पदमपुर स्वास्थ्य चौकीमा कार्यरत रहेको जनाइएको छ ।

स्मरण रहोस,हालैमात्र श्रम मन्त्री शरदसिंह भण्डारीले ‘लिभिङ्ग टुगेदर’ प्रेमिकासँगको अवैद्य सम्बन्धलाई हालैका दिन वैद्य बनाएको खबर सार्वजनिक भएको थियो । पूर्व सांसद समेत रहेकी निर्जला राउतसँग लामो समयदेखि चलिआएको अवैद्य सम्बन्धलाई श्रम मन्त्री शरदसिंह भण्डारीले कानुनी रुपमा वैद्य बनाएका छन् । यसरी मन्त्री नै गतिछाडा भएको मुलुकमा कर्मचारीमात्र किन नैतिक बन्धनमा बसिरहन्थें ?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पति फेर्दै हिड्ने अनमीको पराजय,१२ बर्षपछि उपसचिवले पाए न्याय

पुरस्कार दिने सालो,थाप्ने भिनाजु

प्रभु बैंकका सिइओ,मदन भण्डारी फाउण्डेसनको सदस्य

साँझ सिंहदरबारमा क्याविनेट बैठक,के हुन्छ गभर्नरको नियुक्ति ?

सत्यनिरुपण आयोगको अध्यक्षमा पूर्व मुख्य सचिवको सम्भवना कति ?

५२ करोड भ्रष्ट्राचारका प्रमुख खेलाडी

स्वास्थ्य सामग्री खरिद गर्दा ५२ करोड भ्रष्टाचार

दश करोड बढी राजश्व चुहावट गरेको आरोपमा गुप्ताविरुद्ध मुद्धा दायर

बिशेष