मारवाडी समुदाय बैंकतिर मख्ख

ऋण दिने (बैंकर) उही, ऋण लिने (व्यवसायी) पनि उही । सर्वसाधारणले समयमा कर्जा नतिर्दा वा किस्ता बुझाउन नसक्दा उसको जिन्सी सम्पत्ति खाइदिने र तीन पुस्ते विवरण छाप्ने बैंकले आफ्नै साहुजीले समयमा ऋण नतिर्दा एक्सन लिएर तीनपुस्ते छाप्न सक्छन् त ? पक्कै सक्दैनन् ।

बिज्ञापन

पछिल्लो समय बैंक तथा वित्त संस्था सीमित घरानाकै कब्जामा छन् । जस्तो नबिल बैंकका ठूला शेयरधनीमध्ये विनोद चौधरीका छोरा निर्वाण र बरुणलाई देखाइएको छ । एनआइसी एसिया बैंकका ठूला शेयरधनीमा गनिन्छन्, रामचन्द्र संघाई, लोकमान्य गोल्छा, जगदिशप्रसाद अग्रवाल, तुलसीराम अग्रवालसम्म । राजेन्द्र खेतान समूहको लगानी लक्ष्मी, नेपाल बैंकदेखि हिमालयनसम्म भेटिन्छ । अर्काे मारवाडी मोतीलाल दुगडले सनराइज बैंकका हर्ताकर्ता थिए । जुन बैंक अहिले लक्ष्मीसँग मर्ज भएको छ । उनै दुगडको लगानी कुमारीदेखि प्राइम बैंकसम्म भेटिन्छ । यस्तै सिद्धार्थ बैंक,एनएमबी बैंकसमेत तिनै मारवाडी समूदायको पकडमा छ । नेपालका अधिकांश ठूला कर्पोरेट हाउसका मालिक मारवाडी छन् । चरम विवादमा परेको रिलायन्स स्पिनिङ मिल्सका मालिक हुन पवन गोल्यान यही समूहले एनएमबी बैंकको नेतृत्व गरेको छ । व्यवसाय नेपालमा गर्ने,बर्षेनी अर्बका दरले सम्पत्ति थपिने तर कर तिर्नेको सूचीमा पुच्छरमा पर्दै आएका विनोद चौधरीदेखि विशाल ग्रुपसम्म यही लाइनमा रहेको बताइन्छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्र ढकालको बैंकमा १८ वटा ठूला शेयरधनी छन् । नेपालीको बैंक भनिएको उक्त बैंकमा समेत मारवाडी सुमित कुमार अग्रवालको ६५ लाख ८१ हजार ४८८ कित्ता अर्थात् १.८२ प्रतिशत शेयर रहेको भेटिन्छ । यस्तै त्यहाँ सन्दीप अग्रवालको १८ लाख ७१ हजार ७६८ कित्ता अर्थात् ०.५२ प्रतिशत सेयर स्वामित्व रहेको विवरण भेटिएको छ ।

बिज्ञापन

मारवाडीकै बैंक भनेर चिनिएको र पछिल्लो समय ओरालो लाग्दै गएको एनआईसी एशियामा त्रिलोक चन्द अग्रवालको ५.३४ प्रतिशत, रामचन्द्र संघईको ४.४१ प्रतिशत, सुभाष चन्द्र संघईको ४.३७ प्रतिशत, लोकमान्य गोल्छाको ३.१० प्रतिशत, अनुज अग्रवालको २.८६ प्रतिशत, जयश्री गोल्छाको २.७४ प्रतिशत, जगदिश प्रसाद अग्रवालको २.५३ प्रतिशत, विरेन्द्र कुमार संघईको २.०१ प्रतिशत सेयर स्वामित्व रहेको भेटिएको छ । यस्तै, तुलसीराम अग्रवालको १.७८ प्रतिशत, मञ्जु अग्रवालको १.७८ प्रतिशत, संचित अग्रवाल १.७८ प्रतिशत, निकुञ्ज अग्रवाल १.७६ प्रतिशत, गोविन्द लाल संघई १.६१ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्स १.१० प्रतिशत सेयर स्वामित्व छ । यस्तै यस्तै बासुदेव गोल्यान ०.९८ प्रतिशत, उषा अग्रवाल ०.९६ प्रतिशत, निर्मल कुमार अग्रवाल ०.९१ प्रतिशत, कविता संघई ०.८५ प्रतिशत, अर्पित अग्रवाल ०.७७ प्रतिशत, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट ०.७० प्रतिशत, शक्ति कुमार गोल्यान ०.६२ प्रतिशत, अनन्त कुमार गोल्यान ०.६१ प्रतिशत र विशाल अग्रवालको ०.५४ प्रतिशत सेयर स्वामित्व छ ।
यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा विभिन्न इन्भेष्टमेन्ट कम्पनीमार्फत मारवाडीहरुले लगानी गरेको भेटिन्छ । जस्तो महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिको ३.९६ प्रतिशत, छाँया सेन्टरको ३.६८ प्रतिशत, केयूूपी इन्भेष्टमेन्टको ३.५१,सोफिया इन्भेष्टमेन्टको ३.३३ प्रतिशत रहेको छ । यस्तै कुमारी बैंकको ठूला हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको १.१९ प्रतिशत सेयर रहेको छ भने सुमित कुमार अग्रवालको ०.९५ प्रतिशत, एनबी ग्रुप (नेपाल) को ०.७४ प्रतिशत, पशुपति मुुरारकाको ०.६९ प्रतिशत, अनुुपम राठीको ०.५५ प्रतिशत र नविन अग्रवालको ०.५३ प्रतिशत सेयर स्वामित्व छ ।

पञ्चाव बैंकको रुपमा परिचित एभरेष्ट बैंकमा मारवाडीहरु ठूला लगानीकर्ता देखिदैनन् । यस्तै,सिद्धार्थ बैंकमा नरेन्द्र कुमार अग्रवालको २.९५ प्रतिशत, रतनलाल केडिया २.४८ प्रतिशत, सविता केडिया १.९२ प्रतिशत, चिरंजीलाल अग्रवाल १.८१ प्रतिशत, पवन कुमार अग्रवाल १.७६ प्रतिशत, सुवोध तोदी १.५५ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै नरपत सिंह जैनको १.४५ प्रतिशत, दिनानाथ केडिया १.४१ प्रतिशत, आदित्य केडिया १.३९ प्रतिशत, महावीर इन्भेष्टमेन्ट प्रालि १.३७ प्रतिशत, तुषार तोदी १.२८ प्रतिशत, सुरेश कुमार रुङ्गटा १.२१ प्रतिशत, पूनम चन्द अग्रवाल ०.९७ प्रतिशत, विनोद कुमार अग्रवाल ०.९४ प्रतिशत, भरत कुमार तोदी ०.८७ प्रतिशत, राज कुमार टिब्रेवाला ०.८१ प्रतिशत सेयर स्वामित्व छ । राजेन्द्र कुमार अग्रवाल ०.७६ प्रतिशत, श्याम सुन्दर अग्रवाल ०.७५ प्रतिशत, सुरेश कुमार केडिया ०.७२ प्रतिशत, केशरी चन्द कुचेरिया ०.६७ प्रतिशत, शशि कला अग्रवाल ०.६३ प्रतिशत, मनिष जैन ०.६३ प्रतिशत, जगदिश कुमार अग्रवाल ०.६१ प्रतिशत, शम्भु कुमार कन्दोइ ०.५९ प्रतिशत, कबिन्द्र बहादुर श्रेष्ठ ०.५९ प्रतिशत, सरोज शर्मा ०.५४ प्रतिशत, इन्दिरा राजभण्डारी ०.५० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बिज्ञापन

यस्तै माछापुच्छ्रे बैंकमा सुरेन्द्र महतोको १९ करोड ८९ लाख ५१ हजार २०० रुपैयाँको छ । हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार ३० रुपैयाँ रहेको भेटिएको छ । सो बैंकमा उपेन्द्र महतोको ९.१४ प्रतिशत, राम आशिश साहु सुडीको ४.२४ प्रतिशत, राम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रालिको ०.९९ प्रतिशत, एसोसिएटेड अटोमोबाइल्स प्रालि ०.९३ प्रतिशत, प्रनेश्वर पोखरेलको ०.७२ प्रतिशत, पूर्ववनमन्त्री विरेन्द्र महतोको ०.६१ प्रतिशत र दिनेशलाल श्रेष्ठको सेयर स्वामित्व ०.५१ प्रतिशत रहेको भेटिएको छ ।
डलरे अर्वपति विनोद चौधरीको लगानी रहेको नबिल बैंकका उनका छोराहरु निर्वाण कुमार चौधरीको १८ लाख ९७ हजार ४५९ कित्ता अर्थात् ०.७० प्रतिशत, बरुण चौधरीको १८ लाख ८ हजार ९८५ अर्थात ०.६७ प्रतिशत सेयर स्वामित्व रहेको भेटिन्छ भने प्रभु बैंकका समेत एशियन लाइफ इन्स्योरेन्सको ४.९९ प्रतिशत सेयर स्वामित्व छ । यस्तै त्यहाँ गौरव अग्रवालको २.७१ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै मारवाडी समूदायकै लगानी रहेको शिवम सिमेन्टको ०.५१ प्रतिशत अर्थात् ११ लाख ९१ हजार ८०० र सन नेपाल लाइफ इन्स्योरेन्सको ०.५० प्रतिशत अर्थात् ११ लाख ८० हजार ८७२ कित्ता संस्थापक सेयर स्वामित्व रहेको भेटिएको छ ।

यता प्राइम बैंकमा कांग्रेस कोषाध्यक्षसमेत रहेका पूर्वराज्यमन्त्री उमेश श्रेष्ठ, सांसद बिक्रम पाण्डेदेखि धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसम्मको रहेको भेटिएको छ । जहाँ रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १.०६ प्रतिशत अर्थात् २० लाख ४७ हजार ३३४ कित्ता सेयर स्वामित्व रहेको छ । जहाँ सुशिल मित्तलको ०.७३ प्रतिशत अर्थात् १४ लाख ११ हजार ५१३ कित्ता, मनोहरदास मोलको ०.६७ प्रतिशत अर्थात् १३ लाख ६ हजार ६२१ कित्ता शेयर रहेको बैंकले प्रकाशन गरेको विवरण केलाउँदा भेटिन्छ । यस्तै एनएमबि बैंकमा नन्द किशोर राठीको ३० लाख ९३ हजार ३२० कित्ता अर्थात् १.६८ प्रतिशत,सुनिल कुमार गोशालीको १.०४ प्रतिशत अर्थात् १९ लाख १ हजार ९८७ कित्ता,सुशिल कुमार गोशालीको ०.९५ प्रतिशत अर्थात् १७ लाख ५० हजार ३१६ कित्ता, पवन कुमार गोल्यानको ०.९२ प्रतिशत अर्थात् १६ लाख ९६ हजार ७३२ कित्ता, योगेन्द्र लाल प्रधानको ०.९१ प्रतिशत अर्थात् १६ लाख ७४ हजार १०१ कित्ता शेयर रहेको भेटिन्छ । यस्तै बैंकको ठूला सेयरधनीका रुपमा रहेका सन्तोष देवी मुरारकाको ०.७९ प्रतिशत अर्थात् १४ लाख ५९ हजार २२२ कित्ता, पुरुषोत्तम लाल संघाइको ०.७१ प्रतिशत अर्थात् १२ लाख ९५ हजार ४९२ कित्ता, पशुपति मुरारकाको ०.५८ प्रतिशत अर्थात् १० लाख ७२ हजार २६३ कित्ता, सन्तोष राठीको ०.५८ प्रतिशत अर्थात् १० लाख ५८ हजार ६९७ कित्ता, दिनबन्धु अग्रवालको ०.५३ प्रतिशत अर्थात् ९ लाख ७२ हजार ५७४ कित्ता र बलराम न्यौपानेको ०.५२ प्रतिशत अर्थात् ९ लाख ५४ हजार ८९४ कित्ता सेयर स्वामित्व रहेको छ ।

सिटिजन्स बैंकका मनोहर दास मूलको १.३७ प्रतिशत सेयर स्वामित्व रहेको छ । विदेशी बैंकका रुपमा परिचित स्टयान्डर्ड चार्टर्ड बैंकका बैंकमा सशिकान्त अग्रवालको ६ लाख ६० हजार ८३६ कित्ता अर्थात् ०.७० प्रतिशत, प्रियंका अग्रवालको ६ लाख ६० हजार ८३६ कित्ता अर्थात् ०.७० प्रतिशत, कमला आग्रवालको ६ लाख ६० हजार ८३६ कित्ता अर्थात् ०.७० प्रतिशत, अभिनाश अग्रवाला ६ लाख ६० हजार ८३६ कित्ता अर्थात् ०.७० प्रतिशत र शंकरलाल अग्रवालको ६ लाख २० हजार ८९ कित्ता अर्थात् ०.६६ प्रतिशत सेयर स्वामित्व रहेको भेटिएको छ भने हिमालयन बैंकमा सशिकान्त अग्रवालको १.७१ प्रतिशत, नेशनल लाइफको १.२५ प्रतिशत, प्रभा गोयन्का भिमसरियाको ०.६७ प्रतिशत, बिजय इन्टरनेशनल प्रालिको ०.६१ प्रतिशत र अन्जु खेतानको ०.५० प्रतिशत सेयर स्वामित्व रहेको भेटिन्छ ।

लक्ष्मी सनराइज बैंकमा सारिका खेतानको ४.१७ प्रतिशत, स्नेहा खेतानको ३.९१ प्रतिशत, मोतीलाल दुुगडको २.७७ प्रतिशत, मालचन्द दुगडको २.४० प्रतिशत, रतन लाल संघई २.३९ प्रतिशत, गोपि कृष्ण सिकारिया २.३५ प्रतिशत, राजेन्द्र कुमार खेतान २.३५ प्रतिशत, हिमालयन एक्जीम प्रालिको १.९७ प्रतिशत, श्रवण कुमार गोयलको १.४२ प्रतिशत, सुरेन्द्रा दुुगड १.४१ प्रतिशत, विवेक दुुगड १.३३ प्रतिशत, बच्छराज तातेड १.१५ प्रतिशत, कैलाश चन्द गोयलको १ प्रतिशत सेयर रहेको भेटिएको छ । यस्तै सो बैंकमा निर्मला देवी गोयल ०.९५ प्रतिशत, पुजा अग्रवाल खेतान ०.८६ प्रतिशत, विवेक तातेड ०.७८ प्रतिशत, शौरभ तातेड ०.७७ प्रतिशत, विशाल तातेड ०.७७ प्रतिशत, श्री निवास शारडा ०.७७ प्रतिशत, ओम प्रकाश सिकारिया ०.७६ प्रतिशत, निधि दुुगड ०.७५ प्रतिशत, पुुजा दुुगड ०.७२ प्रतिशत, श्रद्दा दुुगडको ०.७१ प्रतिशत सेयर स्वामित्व छ । यस्तै प्रियंका अग्रवालको ०.६४ प्रतिशत, सरोज दुगड ०.६० प्रतिशत, जमुना पौड्यल ०.५५ प्रतिशत, राधेश्याम शारडा ०.५५ प्रतिशत, पवन कुमार शारडा ०.५५ प्रतिशत,शिव रतन शारडा ०.५४ प्रतिशत, शुभम दुुगड ०.५४ प्रतिशत, कविता लोहिया ०.५१ प्रतिशत र मानव अग्रवालको ०.५१ प्रतिशत शेयर रहेको भेटिएको छ ।
सानिमा बैंकमा सन् नेपाल लाइफ इन्स्योरेन्स ४.५० प्रतिशत सेयर स्वामित्व छ । सरकारी स्वामित्वको नेपाल बैंकमा समेत मारवाडीहरुको लगानी रहेको पाइन्छ । यस्का अलवा नेपाल एसबिआई बैंकमा राजेन्द्र कुमार खेतानहरुको लगानी रहेको पाइएको छ । यीनै मारवाडी समुदाय बैंक चलाउने,उनीहरुले नै अस्पताल,उद्योग,कलकारखाना चलाउने,इस्योरेन्स पनि आफ्नै । आफ्नै बैंकबाट आफ्नो कम्पनीमा ऋृण खन्याउने,समयमा नतिर्ने स्थिति प्रति नियामक निकायले आँखा चिम्लिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मारवाडी समुदाय बैंकतिर मख्ख

गोसाइकुण्ड पालिकामा पाइलैपिच्छे भ्रष्टाचार : बाहिरियो अर्काे १ करोड २० लाख हिनामिनाको प्रमाण

मेयर कमरेडविरुद्ध जर्वजस्ती करणीको जाहेरी

राजपत्र अनंकित कर्मचारीको सुर्खेत जिल्ला कार्यसमिति गठन,संयोजक तोकिए शिव केसी

भाँडियो शिक्षक र सरकारबीचको वार्ता

नेपाल वायुसेवा निगम स्वतन्त्र कर्मचारी युनियनमा नयाँ नेतृत्व

प्रतिनिधि सभा बैठक { LIVE}

कर छलीमा जोडिएका मालपानीलाई जोगाउन को को सक्रिय ?

बिशेष