अनाहकमा गयो अनिताको ज्यान : शोकमा डुब्यो बेसीशहर

अञ्जनकुमार
प्रेम अनि अन्तरजातीय बिबाह । लैला मज्नुको भन्दा कम थिएन लमजुङ बेसीशहर -८ गौथलीडाँडाका सुरेश अनिताको जोडी । अघिल्लो रात साथी संगीसंग मिठ्ठो जन्मदिन मनाएकी अनिताको त्यो नै अन्तिम जन्मदिन भयो । कहिल्यै जोसंग पनि रिसाउन नजानेका यी जोडीको पौरख समाजका लागि उदारणिय थियो । आफ्नै ठाउँमा गरेको मेहनतले निकै खुसी जीवन यापन गर्दै आएका यी जोडीमाथि वैशाख ७ गते बज्रपात बनेर आयो । `हुने हार दैव नटार´ भनेझैं शुभ कार्यमा हिडेका यी जोडीका बारे अशुभ समाचार सुन्न पर्यो ।

बिज्ञापन

सुन्दरबजार -८ अकलाका हरिचन्द्र कार्कीका छोरा राम कार्कीको बिबाहमा भिडियोग्राफीको लागि हिडेका बेनपा-८ का दिपेन्द्र श्रेष्ठ उर्फ सुरेश र उनकी श्रीमती अनिता थापा श्रेष्ठ सवार भर्खरै किनेका अप्रिला १६० सीसीको ग२६प नम्बरको स्कुटर तनहुँको भानु नपा नेपालडाँडामा काठमाडौंबाट आएको बा२ख ४०२२ नम्बरको माइक्रोबसले ठक्कर दिएर घटनास्थलमै अनिताको ज्यान लिएको थियो । काठमाडौंबाट लगभग बिहान ६ बजेतिर १७ जना यात्रु बोकेर तीब्र गतिमा हिडेको माइक्रोका चालक सिन्धुपाल्चोकका मान बहादुर घलेको गम्भीर लापरबाहीका कारण अनिता र माइक्रोमै सवार अर्का एकजनाले ज्यान गुमाउन पर्यो । निकै तीब्र गतिमा हिडेको सो माइक्रोबसलाई तनहुँको भन्सार चौकीले रोक्न खोज्दापनि नरोकी हुँइकिएको माइक्रोमा सवार यात्रुहरुले बारम्बार स्पीड कन्टोल गर्न भन्दापनि चालकले वास्ता नगरेको यात्रुहरूले जानकारी गराएका थिए । सुन्दरबजार-८ लमजुङबाट तनहुँको नासेटार जन्ती लिएर हिडेको गाडीको अगाडि अगाडि थिए अनिताका जोडी । बीचबीचमा जन्तीको भिडियो खिच्दै सुस्त गतिमा हिडेको स्कुटरलाई अनियन्त्रित गतिमा विपरीत दिशाबाट आएको सो माइक्रोबसले ठक्कर दिएर हुत्याइदिंदा स्कुटर सहित चालक सुरेश र अनिता नालीमा बजारिन पुगेका थिए । नालीको स्ल्यापमा ठोक्किएर अनिताको घटनास्थलमै ज्यान गएको थियो भने चालक सुरेश गम्भीर घाइते भएका थिए ।

बिज्ञापन

कालिका समितिका अध्यक्ष साहु रहेका उक्त माइक्रोबसमा सवार मनाङ जिल्ला नासो गाउँपालिका-८ ताचै स्थित जनविकास माबिका ५६ वर्षीय प्रअ मन घलेको पनि सो दुर्घटनामा परि ज्यान गएको छ । काठमाडौं जारी शिक्षक आन्दोलनमा सरिक भई ७ गते मनाङ फर्कदै गरेका प्रअ घले माइक्रोको अगाडि सीटमा थिए । ०४८ मा शिक्षण पेशामा प्रवेश गरेका घले ०५० सालमा स्थायी भएको घलेले केही दिनमै आन्दोलनमा आइपुग्ने जनाउनु भएको शिक्षक ऋषि न्यौपानेले जानकारी गराए । आन्दोलनमा फर्कने बाचा गरेका प्रअ सदाका लागि अस्ताए । मृतक अनिताको पोस्टमार्टमका लागि दमौली अस्पताल लगियो भने गम्भीर घाइते भएका सुरेशको उपचार सिएमसी अस्पताल भरतपुर चितवनमा भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख रेशम बोहराले बताए । सुरेशले श्रीमती मात्रै गुमाएनन झन्डै २२/२५ लाख पर्ने महँगा ड्रोन क्यामरा पनि गुमाए । जिल्ला प्रहरी कार्यालय तनहुँमा पीडित पक्ष र कालिका यातायात व्यवसायी समितिका पदाधिकारी बीचको सम्झौता अनुसार पीडितलाई क्षतिपूर्ति बापत क्षती भएका सम्पुर्ण सामानको रकम उपलब्ध गराउने समझदारी बनेपछि अनिताको शवको लमजुङ बेसीशहरमै लगेर अन्तेष्टी गरिएको छ भने शिक्षक घलेको मनाङमा ।

दुर्घटनामा माइक्रोमा सवार बेसीशहर नपा-४ कि १४ वर्षीय पुजा गुरुङ, ओखलढुंगाका ५५ वर्षका प्रेम सुनार, लमजुङ दुधपोखरी गाउँपालिका- ५ कि २४ वर्षीय युनिशा गुरुङ, बेनपा-३ का लिलाप्रसाद बसौला, बेनपा-५ कि ६७ वर्षीया राजकुमारी गुरुङ, ओखलढुङ्गाका ३५ वर्षीय अलिश शाही, सोलुखुम्बुका ३२ वर्षीय कुमार राई, गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ का ५१ वर्षीय धनबहादुर गुरुङ, ओखलढुंगा बस्ने ३५ वर्षीय अधिस राई, गोरखाका ५१ वर्षीय धनबहादुर गुरुङ छन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर छलीमा जोडिएका मालपानीलाई जोगाउन को को सक्रिय ?

मन्त्रालय बाहेकका कर्मचारीलाई सिंहदरबार प्रवेशमा कडाई

बैंककको भ्रमण सकाएर स्वदेश फर्कदै देउवा दम्पत्ति

मागपत्र टाँसेर काम गर्दै कर्मचारी, माग पुरा नभए काम बन्द गर्ने तयारी

भैरहवा र रसुवा भन्सार हाकिमको क्षमतामाथि उठ्न थाल्यो प्रश्न

अनाहकमा गयो अनिताको ज्यान : शोकमा डुब्यो बेसीशहर

आजदेखि बजेट अधिवेशन,पास होला त निजामती विद्येयक ?

‘अध्यागमनको इतिहासमा यो क्रान्तिकारी पाइला हो’-महानिर्देशक रिजाल

बिशेष