प्रहरीकै परीक्षामा ‘खेताला’ उमेद्धारको विगविगी : एकै पटक सात पक्राउ

नेपालमा अहिलेसम्म सबैभन्दा बढी विश्वसनीय कुनै संस्था छ भने त्यो हो लोकसेवा आयोग ।आयोगको परीक्षा निश्पक्ष हुने विश्वाश छ । तर पछिल्लो समयमा आयोग समेत विवादित बन्न थालेको छ । आयोगका आयुक्तहरुकै सेटिंग हान्नेदेखि नक्कली परीक्षार्थीहरुका बिगबिगीका कारण आयोग विवादमा पर्न थालेका छ ।

बिज्ञापन

पढ्नमा गोबर गणेश र धनी बुवा आमाका सन्तानले पैसा पेलेर खेताला परीक्षार्थी बनाउन थालेसँगै लोकसेवाका लागि समेत टाउको दुखाईको बिषय हुन थालेको छ । जसमध्ये यस्तै केही खेताला परीक्षार्थीहरु पक्राउ परेका छन् । प्रहरी जवानका लागि लिइएको परीक्षामा एउटै परीक्षा केन्द्रबाट ६ जना खेताला उमेद्धार पक्राउ परेका छन् । उनीहरुलाई मध्येबानेश्वरस्थित रत्नराज्य माविबाट पक्राउ गरिएको हो ।

बिज्ञापन

सो परीक्षा केन्द्रमा प्रहरी जवानका परीक्षा हुँदै थियो । दोलखा, जिरी नपा ९ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २३ का मोहन सुनुवार, कालिकोट, शुभकालिका गापा ७ घर भई लैनचौर बस्ने अन्दाजी वर्ष २४ का गोपाल शाही, सुर्खेत, वीरेन्द्रनगर नगर पालिका वडा नं ५ घर भई हाल काठमाडौं जिल्ला माछापोखरी बस्ने २२ बर्षको मनोज शर्मा, दैलेख, भैरवी गापा ५ घर भई बानेश्वर बस्मे अन्दाजी वर्ष २२ का आकाश खड्का, सुर्खेत, वीरेन्द्रनगर नपा ११ घर भई माछापोखरी बस्ने अन्दाजी वर्ष २० का उमेश शर्मा र जुम्ला, तिला गापा २ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २२ मा मीन रावल रहेका छन् । जसमध्ये शाही त काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसको स्ववियु सचिव समेत रहेको खुलेको छ । उनले नेपाल प्रहरीको जवान पदमा अन्य व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

 

बिज्ञापन

उता,पोखरामा समेत उसैगरी अर्काे नक्कली परीक्षार्थी पक्राउ परेका छन् । परीक्षामा दर्ता नं ३३५९२ की परीक्षार्थी आरती कुमारी मण्डलको नाममा अर्कै व्यक्तिले परीक्षा दिइरहेको सूचनाका आधारमा छानबिन गर्दा ज्ञानुता विश्वकर्मालाई खेताला उमेद्धार बनाइएको पाइएपछि उनलाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए । उनलाई शिक्षा ऐनसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्थ सचिवको प्रस्ताव :’मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिव नराखौं’

अर्घाखाँचीका ट्रेड युनियनकर्मीद्धारा प्रमुख जिल्ला अधिकारीमार्फत सभामुखलाई १२ बुँदे ज्ञापन पत्र

बैंकका अध्यक्षलाई अख्तियारको सात दिने पूर्जी

राज्य व्यवस्था समितिको बैठकमा निजामती कर्मचारीका बारेमा छलफल हुदैँ

कस्तो हुनुपर्छ संघीय  निजामती सेवा ऐन  ?

सुनुवाई भएन राजपत्र अनंकित कर्मचारीका माग,सशक्त आन्दोलनको तयारीमा

प्रहरीकै परीक्षामा ‘खेताला’ उमेद्धारको विगविगी : एकै पटक सात पक्राउ

७ प्रतिशतले घट्यो शेयर कारोवार

बिशेष