‘अबको सार्वजनिक सेवा सम्मान सहितको हुनु पर्छ’ : प्रजिअ खरेल

अर्घाखाँचीका नव नियुक्त प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले अबको सार्वजनिक सेवा सम्मान सहितको हुनु पर्ने र त्यसमा आफू लाग्ने कुरा बताउनु भएको छ । गत चैत्र २२ को गृहमन्त्रालयको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीको रुपमा अर्घाखाँचीमा हाजिर हुन आउनुभएको खरेलको स्वागतार्थ निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, अर्घाखाँचीसहित अन्य क्रियाशिल ट्रेड युनियनहरुले राखेको कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो ।

बिज्ञापन

समय बदलिएको छ, हिजो भनिदै आएको मुस्कान सहितको सेवासँगै अब जनतालाई सेवा सम्मान सहितको हुनु पर्ने बताउदै आफू सेवा प्रवाह सहज, सरल, सेवाग्राहीको माग अनुसार गराउनेमा कटिवद्धता रहने भन्दै सबै ट्रेड युनियनहरुलाई सेवा प्रवाहको विषय पहिलो प्रथामिकतामा राख्नका लागि उहाँले अनुरोध गर्नु भएको थियो ।
२०५४ साल देखि सेवा प्रवेश गरेर विभिन्न कार्यालय र निकायमा कार्यरत रही हाल अर्घाखाँचीको प्रजिअको रुपमा आफुलाई स्वागत गरेकोमा सिबिए लगायत क्रियाशिल संघ संगठनलाई धन्यवाद दिदै सेवा प्रवाह र अन्य रचनात्मक र सकरात्मक क्रियाकलापमा आफु सदै सँगै रहने र कर्मचारीको पिर मर्काको समधानमा आफू सदैव लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

बिज्ञापन

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य गणेश प्रसाद भण्डारीले प्रमुख जिल्ला अधिकारी हामी निजामतीहरुको अभिभावक भएको र सेवा प्रवाहलाई चुस्त दुरुस्त गराउदै कर्मचारीहरुको पीर मर्कालाई समधान गर्नमा विशेष अनुरोध गर्दै अभिभावकीय भूमिकामा रहनु हुने प्रजिले दिएको निर्देशनलाई आफूहरुले सदैव शिरोधार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।


कार्यक्रमको अध्यक्ष कृष्ण वर्माले प्रमुख जिल्ला अधिकारीमा जिल्लामा स्वागत गर्दै सिबिए र अन्य ट्रेड युनियनहरुले जिल्लामा गरेका रचनात्मक र सकरात्मक क्रियाकलापमा प्रकाश पार्दै बोलेर मात्रै नहुने भन्दै सेवा प्रवाह, सुशासन र शान्ति सुरक्षा सेवाग्राही र जनताले खोजे जस्तो हुनु पर्नेमा जोड दिदैं आफूहरु यी कुराहरुलाई आत्मसाथ गर्न गर प्रतिफल दिन सदैव तयार रहेको बताउदै प्रमुख जिल्ला अधिकारीको यस जिल्लाको कार्याकाल उत्कृष्ट र लोकप्रिय बनोस भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो । साथै प्रमुख जिल्ला अधिकारीले सार्वजनिक सेवा प्रवाह, सुशासन कायम गर्ने कुरामा प्रमुख जिल्ला अधिकारीले ट्रेड युनियनहरुलाई पनि लगाउनु हुन अनुरोध गर्दै आफूहरु साथ र सहयोगको लागि २४ सै घण्टा तयार रहेको प्रतिवद्वता व्यक्त गर्नु भयो ।

बिज्ञापन

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य गणेश भण्डारी, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य रुकेन्द्र पालुङ्गे, प्रदेश सदस्य केशर खड्का, जिल्ला अध्यक्षहरु युनियनका दिपक पाण्डे, राकसका भोजराज पोखरेल र अन्य पदाधिकारी तथा सिबिएका उपाध्यक्ष हरि प्रसाद डुम्रे लगायत सम्पूर्ण सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सचिव दुर्गा वि क को संचालन र कृष्ण वर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

बिशेष