सञ्चार सचिवको रद्ध,अरु सचिव लाइनमा

केपी शर्मा ओली सरकारका मन्त्री र सचिवहरु विदेश उडेका उड्यै छन् । सरकार बनेको आठ महिना पूरा भइकसेको छ । यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी मुलुक चीन,अमेरिका पछि थाइल्याण्ड जाँदै छन् । अस्ति कुलमान घिसिङ हटाउने मन्त्रिपरिषद्को निर्णय भएकै दिन बसेको क्याविनेटले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा परराष्ट्रमन्त्री आरजु राणासहितको जम्मो टोली चैत १९ देखि २३ गतेसम्म थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने बिमस्टेक बैठकमा भाग लिन जाने गरी भ्रमण स्वीकृत भएको छ । यस्तै यस अघिको क्याविनेटले परराष्ट्र मन्त्री आरजु राणाको भारत भ्रमण स्वीकृत गरेको थियो ।

बिज्ञापन

क्याविनेटका निर्णयहरु पल्टाउँदा फागुन २६ को क्याविनेटले ४ वटा,२१ मा बसेको मन्त्रिपरिषद् बैठकले ४ वटा, १२ गते बसेको बैठकले १५ वटा निर्णय गरेकामा ७ वटा विदेश भ्रमण स्वीकृत गरेको सञ्चार मन्त्रालयले जनाएको छ । यस्तै फागुन १२ मा बैठकले विभिन्न ४ मन्त्रालयका सचिवको भ्रमण स्वीकृत गरेको छ भने ६ फागुनमा बैंठकले २ भ्रमण स्वीकृति दिएको भेटिन्छ ।
यसरी मन्त्रीहरुमात्र होइन सचिवहरुको लस्करै लागेर विदेश जाने क्रम बढ्दो छ । जस्तो गत फागुन १९ देखि २२ गतेसम्म सम्पन्न भएको एउटा वैदेशिक भ्रमणको कार्यक्रममा मन्त्री पृथ्वी सुव्वा गुरुङ्गलाई निमन्त्रणा आएको थियो तर उनले सो कार्यक्रममा पनि जान इन्कार गरे । र, नेपालको प्रतिनिधित्व गर्दै त्यता पुगेकी सञ्चार सचिव राधिका अर्याल,जस्ले मुलुकै वेइज्जत गरी स्वदेश फर्किएको बिषयले अहिले कर्मचारी वृत्त र सञ्चार मन्त्रालय गर्माएको छ । नेपाल टेलिकमको वोर्ड अध्यक्षको भूमिकामा रहेकी उनी टेलिकमकै खर्चमा त्यता पुगेकी हुन । तर अर्याल लगायतको टोली मुख्य कार्यक्रममा सभागिता नै नजनाएको गुनासो सञ्चार मन्त्रालयसम्म आइपुग्यो । सञ्चार स्रोतका अनुसार,सो कार्यक्रममा सहभागी हुन सचिव अर्यालका अलवा सञ्चारकै सहसचिव कोषहरि निरौला, अर्थका सहसचिव धनिराम शर्माहरुको टोली स्पेन पुगेको थियो तर यो समूहको नेतृत्व गरेकी अर्याल नै मुख्य कार्यक्रममा नबसेर सपिङ्गमा रमाएको भन्दै आयोजकले गुनासो पोखेपछि अहिले मन्त्रालयले छानबिन समिति नै बनाएर छानबिन गरिरहेको छ । स्पेनबाट फिर्ती भएको साता दिन नबित्दै सचिव अर्याल फेरि अमेरिका उड्ने कार्यक्रम थियो । वासिङ्गटन डिसीमा ग्लोबल डिजिटल समिट २०२५ मा अमेरिका जाने कार्यक्रम टिप्पणी उठेर निर्णय समेत भइसकेको थियो । वल्र्ड बैंकले आमन्त्रण गरेको सो कार्यक्रम मार्च १७ देखि २० ( चैत्र ४‑७)सम्म चलेको थियो तर स्पेनमा सचिव अर्यालले सरकारी खर्चमा विदेश उडेर सम्बन्धित कार्यक्रममा नबस्दा राज्यको अन्तराष्ट्रिय रुपमै वेइजत भएको भन्दै आलोचना भएपछि अमेरिकाको भ्रमण रद्ध गरेकी छिन् ।

बिज्ञापन

पछिल्लो क्याविनेट बैठकका निर्णयहरु पल्टाउने हो भने सचिवहरु विदेशतिर लर्को लाग्ने सिलसिला जारी छ । केही अघिमात्र महालेखा परीक्षक तोयम रायाहरुको टोली विदेश भ्रमण गरेर फर्किएको छ ।सञ्चार सचिवको स्पेश भ्रमण विवादमा परेपछि अमेरिकाको भ्रमण नै रद्ध गर्नुपरेको छ । अब लस्करै गृह,श्रम,संघीय मामिला,कानुनका सचिवहरु विदेश भ्रमणमा निस्कदै छन् । कुलमान हटाउने निर्णय गरेको क्याविनेट बैठकको अन्तिममा एकै पटक पाँच सचिवको वैदेशिक भ्रमण स्वीकृत गरेको छ ।

११ चैत्रको क्याविनेटले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन आयुक्त जानकी तुलाधरलाई जेठ १० देखि १८ गतेसम्म अष्ट्रेलिया भ्रमणका लागि स्वीकृति दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई वैशाख २ देखि युएईको आवुधावीमा हुने कार्यक्रममा जान स्वीकृति दिएको छ । यस्तै सोही क्याविनेटले कानून, न्याय तथा संसदीय मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विज्ञान तथा प्रविधि), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

बिशेष