उपसमितिको गोप्य बैठकले टुंग्यायो निजामती विधेयकका विवादित बिषय,प्रतिवेदन आजै बुझाइने

संघीय निजामती सेवा विधेयकका कैयौँ विवादित प्रावधानहरूमा महिना दिन लगाएर संसदीय उपसमितिले सहमति जुटाउँदै प्रतिवेदनलाई अन्तिम रुप दिएको छ । महिना दिन अघि काँग्रेस सांस्द दिलेन्द्र बढूको संयोजकत्वमा गठित उपसमितिले टुंग्याएको प्रतिवेदन आज समितिलाई बुझाउँदैछ ।

बिज्ञापन

गोप्य बैठकबाटै विधेयकका मुख्य विवादित विषयमा छलफल भएको उक्त समितिमा कांग्रेसका ईश्वरीदेवी न्यौपाने, एमालेका रघुजी पन्त र लिलानाथ श्रेष्ठ, माओवादीका हितराज पाण्डे, रास्वपाका डा चन्दा कार्की, राप्रपाका बुद्धिमान तामाङ, जसपाका अशोक राई, जसपा नेपालका प्रकाश अधिकारी, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र लोसपाका सर्वेन्द्रनाथ शुक्ला सहित ११ सदस्यीय रहेको थियो ।

बिज्ञापन

उपसमितिले १४७ वटा दफा रहेका विद्येयकमा उपसमितिले टुंग्याउनु पर्ने मुख्य १४ बिषय पहिचान गरेर सोही अनुसार छलफलमा जुटेको थियो । जसअनुसार सबैभन्दा पेचिलो बनेको बिषय थियो,दलगत ट्रेड युनियन राख्ने वा नराख्ने,ट्रेड युनियनको अधिकार कुन तहसम्मलाई दिने, अतिरिक्त सचिव राख्ने वा नराख्ने र अवकाशपछिको नियुक्तिमा कुलिङ पिरियड ।
समितिले विज्ञ,लोकसेवा आयोग,कानुन,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सरोकारवालाहरुसँग गरेको गोप्य छलफलका आधारमा कतिपय विवादित बिषयमा सहमति जुटेको हो । जसमा अतिरिक्त सचिव पद व्युताँउने,सचिवको दरबन्दी घटाउने सहमति जुटेको छ । यस्तै कर्मचारीको उमेर हद ६० पुर्याइएको छ ।

मुख्यसचिवको पदावधि तीन बाट दुई बर्षमा झारिएको छ भने सचिवको पदावधि एक बर्ष घटाइएको छ ।

बिज्ञापन

यस्तै कुलिङ पिरियडका सम्बन्धमा पनि उपसमितिले निष्कर्ष निकालेको छ । कुलिङ पिरियड दुई वर्ष राख्नेमा उपसमितिमा सहमति जुटेको छ । तर, संवैधानिकलगायतका सरकारी नियुक्तिमा एक वर्ष मात्र कुलिङ पिरियड राख्ने गरी उपसमितिले निष्कर्ष निकालेको छ । यसबाहेकका गैरसरकारी, दातृ निकाय, अन्तर्राष्ट्रिय संघसंस्थालगायतकाको हकमा भने दुई वर्षको कुलिङ पिरियड तोक्ने विषयमा समितिले सहमति जुटाएको छ । यस्तै ट्रेड युनियनको विद्यमान व्यवस्था नै कायम गर्ने सहमति जुटेको छ ।

प्रदेश सचिव र स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत प्रदेशबाटै खटाउनेमा पनि उपसमितिले सहमति जुटाएका सो उपसमितिका एक सदस्यले कर्मचारी प्रेसलाई जनाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृत विष्ट लिखत कसुरमा दोषी ठहर

सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

मानव शरीरको यौनाङ्ग के पूजनीय वस्तु मात्र हो, कि त्यसको संयमित र मर्यादित उपयोगका लागि प्रकृतिले दिएको हो?

गृह मन्त्रालयद्वारा ७ कर्मचारीको सरुवा

अब बर्षमा १४५ दिन सार्वजनिक बिदा

सबै मन्त्रालय,सचिवालय र आयोगहरुको ओएनएम गर्ने पूर्वस्वीकृति

यस अघि पटक पटक असफल भएको थियो सातामा दुई दिन बिदा दिने निर्णय

अब सातामा दुई दिन सार्वजनिक बिदा : कार्यालय समय बिहान ९ देखि बेलुका ५ बजेसम्म

बिशेष