चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो ।
बिज्ञापन
अख्तियार टोलीले दिएको जानकारी अनुसार कोइराला भरतपुर महानगरपालिका–४ कटहर चोकको एक होटलबाट पक्राउ परेका हुन्। औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत कोइरालाले घुस मागेको र आइतबार आपूर्तिकर्ताबाट घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरेको अख्तियार हेटौंडाका सूचना अधिकारी गोविन्द प्रसाद गौतम जानकारी दिए।
कोइरालाले घुस नलिएसम्म भुक्तानीका लागि चेक नै नबनाउने गरेको आरोप लाग्दै आएको थियो ।

























