गृहको बरण्डामा सहसचिवको बथान, दर्जन जिल्लामा मापदण्ड विपरित उपसचिव सिडियो

गृह मन्त्रालयले १३ जना कर्मचारीको सरुवा गर्दा १ जनाबाहेक उपसचिवलाई चलाउन सकेन । मन्त्रालयले १२ सहसचिव र १ जना उपसचिवको सरुवा गरेको हो । गृहले अछाम जिल्लामा उपसचिवका रुपमा कार्यरत रहेका शिवप्रसाद लम्साललाई गृहमा फिर्ता बोलाएको छ । यस्तै सहसचिवहरु कपिलवस्तुका सिडिओ विश्वप्रकाश अर्याल, सुर्खेतका सिडिओ शंकरहरि आचार्य, नवलपरासी पूर्वका सिडिओ अरुण पोखरेल, बागलुङका सिडिओ नेत्रप्रसाद सुवेदी र पर्वतका सिडिओ केदारनाथ शर्मालाई गृह मन्त्रालयमा तानिएका छन् । हालैमात्र उपसचिवबाट बढुवा भएका सात जनालाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाएको छ ।

बिज्ञापन

हालैमात्र पदस्थापन भएका दिलकुमार तमाङलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तु,जगदिश्वर उपाध्यायलाई जिल्ला प्रशासन कार्यालय सुर्खेत,भविश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय नवलपरासी,बर्दघाट सुस्ता पूर्व, कुमान सिंह गुरुङलाई जिल्ला प्रशासन कार्यालय बाग्लुङमा खटाउँदा प्रेम प्रसाद लुँइटेललाई जिल्ला प्रशासन कार्यालय उदयपुर,आनन्द सारुलाई अछाम जिल्लाको सिडियोको जिम्मेवारी दिएर पठाएको छ ।

बिज्ञापन

गृहमा एकै पटक २३ जना सहसचिवहरु थुप्रिएका थिए तीमध्ये अघिल्लो पटकको सरुवामा ६ जना सरुवा भएका थिए । अहिले सात जना नयाँ सहसचिवहरुको पोष्टिङ भएको छ ।

गृहमा दुई महिनाभन्दा बढी समयदेखि दुई सहसचिव बन्धुप्रसाद बास्तोला र प्रेमप्रसाद भट्टराईका अलवा उपसचिवहरू खेमराज ओझा, कैलाशबहादुर ठकुराठी, अमरदिप सुनुवार र सहदेव रायमाझीले पनि ऐनमा भएको व्यवस्था विपरीत गैह्रकानुनी तरिकाले मन्त्रालयले जगेडामा राखेको छ ।

बिज्ञापन

यस्का अलवा पछिल्लो समय कर्मचारी खटन पटन गरिँदा काँग्रेस दल निकटका कर्मचारीहरुलाई धमाधम कार्यविधिविपरित प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ । सहसचिवको दरबन्दी भएका जिल्लामा समेत काँग्रेस निकट कर्मचारी भएकै कारण उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर खटाइरहेको छ ।

गृहले प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज खटाउनेसम्बन्धी कार्यविधि २०८० मा विभिन्न ६१ जिल्लामा सहसचिवको दरबन्दी र १६ जिल्लामा उपसचिवको दरबन्दी तोकेको छ तर कार्यविधि विपरित अहिले एक दर्जन जिल्लामा उपसचिव प्रमुख जिल्ला अधिकारी रहेका छन् । अझैं केही उपसचिवलाई सहसचिवको दरबन्दी रहेको जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट फिर्ता बोलाउन सकेको छैन,गृहले ।

गृह आफैले प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज खटाउनेसम्बन्धी कार्यविधि बनाएको छ, कार्यविधिको दफा ६ ले ६१ जिल्लामा सहसचिवको दरबन्दी तोकिएको छ । यसबाहेकका १६ जिल्लामा उपसचिवको दरबन्दी छ । तर अहिले कार्यविधि एकातिर छ अनि कर्मचारी खटन पटन अर्कोतिर ।

अहिले सहसचिव दरबन्दी रहेका डोटीमा मोहनराज जोशी,वैतडीमा दीर्घराज उपाध्याय, डडेल्धुरामा चोमेन्द्र न्यौपाने,जुम्लामा राम बहादुर शाही प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । कार्यविधि विपरित आफ्नै गृह जिल्ला दैलेखमा नवराज जैसीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ । यस्तै सल्यानमा सावित्रा पुन,प्युठानमा रमा आचार्य,,अर्घाखाँचीमा वावुराम अर्याल प्रमुख जिल्ला अधिकारी छन् भने रामेछापमा राजुप्रसाद पौडेललाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ ।

गृह आफैले बनाएको कार्यविधि अनुसार यी जिल्लामा सहसचिवको दरबन्दी तोकिएको छ । तर डोटीमा २०८१ कार्तिक १२ गतदेखि मोहनराज जोशी प्रमुख जिल्ला अधिकारीको कुर्सीमा छन् भने बैतडी जिल्लामा दीर्घराज उपाध्याय ८१ कार्तिक १२ गतेदेखि नै प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । यस्तै डडेल्धुरा जिल्लामा प्रमुख जिल्ला अधिकारी रहेका चोमेन्द्र न्यौपाने २०८१ भाद्र २४ गतेदेखि प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका छन् । यस्तै सरकारले जुम्लामा समेत सहसचिवलाई नै प्रमुख जिल्ला अधिकारी रहने गरी कार्यविधि बनाएको छ । यदी कार्यविधि खोट छ भने सो संशोधन किन गरिदैन ? अनि कार्यविधि एकाथरी बनाएर त्यहाँ अहिले राम बहादुर शाही असोज ९ गतेदेखि प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । कार्यविधिले आफ्नै गृह जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाउन मिल्दैन भन्छ तर नवराज जैसी काँग्रेस निकट कर्मचारी भएकै कारण दैलेख जिल्ला हाक्ने अवसर पाइरहेका छन् ०८१ आश्विन ७ गतेदेखि । यस्तै गरी सल्यान जिल्ला प्रशासनको नेतृत्व सावित्रा पुनले गरिरहेकी छिन्,यही पुस २८ गतेदेखि । गृहका अनुसार प्युठान जिल्लामा समेत सहसचिव नै प्रमुख जिल्ला अधिकारी रहन्छन् तर त्यहाँ उपसचिव तहको रमा आचार्य भदौं ३१ गतेदेखि, अर्घाखाँची जिल्लामा बाबुराम अर्याल भखौं ३० र रामेछाप जिल्लामा राजु प्रसाद पौडेल असोज ६ गतेदेखि प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अवकाशपछि मुद्दा चलेर भ्रष्टाचारमा दोषी ठहर भए पनि पेन्सन दिने प्रस्ताव

स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलन घोषणा

राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बिशेष