राज्यव्यवस्था उपसमितिको ‘गोप्य बैठक’बाट टुंगिए संघीय निजामती विधेयकका यी विवादित बिषय

संघीय निजामती विधेयकमाथि छलफल गर्न राज्यव्यवस्था समितिले गठन गरेको उपसमितिले गोप्य बैठकबाटै विधेयकका मुख्य विवादित विषयमा छलफल गरिरहेको छ । समिति गठन भएको २७ दिन पूरा भएको छ ।
एक महिना दिनको म्याण्डेट दिएर संघीय निजामती विधेयकमाथि छलफल गर्न राज्यव्यवस्था समितिले सत्तारुढ कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू संयोजकत्वमा कांग्रेसका ईश्वरीदेवी न्यौपाने, एमालेका रघुजी पन्त र लिलानाथ श्रेष्ठ, माओवादीका हितराज पाण्डे, रास्वपाका डा चन्दा कार्की, राप्रपाका बुद्धिमान तामाङ, जसपाका अशोक राई, जसपा नेपालका प्रकाश अधिकारी, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र लोसपाका सर्वेन्द्रनाथ शुक्ला सहित ११ सदस्यीय उपसमिति गठन भएको थियो ।

बिज्ञापन

उक्त उपसमितिले मुख्य १४ वटा विषय पहिचान गरेर छलफल करिब करिब टुंग्याएको समितिका एक सांसदले कर्मचारी प्रेसलाई जानकारी दिएका छन् । उपसमितिले १४७ वटा दफा रहेका विद्येयकमा उपसमितिले टुंग्याउनु पर्ने मुख्य १४ बिषय पहिचान गरेर सोही अनुसार छलफलमा जुटेको थियो । जसमा निजामती सेवा तहगत की श्रेणीगत,दलगत ट्रेड युनियन राख्ने वा नराख्ने,प्रमुख प्रशासकीय अधिकृत संघ कि प्रदेश सरकारको,उपसचिव र सहसचिवमा खुल्ला प्रतिष्प्रर्धा गर्न दिने वा बन्देज गर्ने लगायतका बिषयहरुमा घनिभूत छलफल चलेको थियो । उपसमितिले उपसचिव तहमा खुला प्रतिस्पर्धा गर्न पाउने व्यवस्था यथावत राख्ने र सहसचिवमा बन्द गर्ने निर्णयमा सहमति नजिक पुगेको छ । यस्तै कार्य सम्पादन मुल्यांकनमा कर्मचारीले शत प्रतिशत अंक पाउने बिषयलाई वस्तुष्ठित र पारदर्शी बनाउनुपर्ने,सरुवालाई चक्रीय प्रणालीमा लैजाने, अनुमानयोग्य र वैज्ञानिक बनाउनुपर्ने,स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत संघीय सेवावाट खटाउने, प्रमुख सचिव र प्रदेश प्रमुख संघकै राख्ने,निजामती सेवामा दलीय ट्रेड युनियनको व्यवस्थाका साथैं अतिरिक्त सचिवको बिषयमा पनि विवाद निरुपणका लागि छलफल भएको र यी बिषयबस्तुमा ९० प्रतिशतभन्दा बढी सहमति जुटिसकेको समितिका सदस्यहरुले जनाएका छन् ।

बिज्ञापन

आन्तरिक प्रतिस्पर्धा अन्तरसेवा र अन्तरतह प्रतियोगिता र सरुवा बढुवाको व्यवस्था, समानुपातिक समावेशिताको आरक्षण सुविधाको बिषय,निजामती सेवाका कर्मचारी अवकाशपछि कुनै संवैधानिक आयोग वा अन्य कुनै पदमा जिम्मेवारी प्रदान गर्न कुलिङ पिरियड लगायतका विवादित प्रावधान उपर सरोकार राख्ने सरकारी पक्षहरू लोकसेवा आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानुन मन्त्रालयका पदाधिकारीले गोप्य बैठक बसेर विवादित बिषयहरु निरुपण गर्ने प्रयास भइहरेको समितिका ती सदस्यले जनाए ।
उपसमितिमा आवद्ध अर्काे एक सांसदले झण्डै निजामती सेवा विद्येयकमा देखिएका झण्डै ९० प्रतिशत विवाद सामाधान भएको जनाएका छन् ।
अर्काे एक सांसदका अनुसार, निजामती सेवाको अधिकृत पदमा सेवा प्रवेशको हद संशोधनमा समझदारी जुटेको जनाएका छन् । हालको व्यवस्था अनुसार सेवा प्रवेशको अधिकतम उमेर पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष छ। अधिकृत तहको पदमा प्रवेश गर्न २१ वर्ष पूरा भएको हुनुपर्ने तर पुरूषको हकमा ३२ वर्ष ननाघेको र महिलाको हकमा ३७ वर्ष पूरा नभएको हुनुपर्ने बिषयमा करिब करिब सहमति जुटेको समितिका एक सदस्यले जनाए । उनका अनुसार,खुलातर्फ ६ पटकसम्म र समावेशीतर्फ ७ पटकसम्म लोकसेवा लड्न पाइने व्यवस्था राख्ने तयारी हुँदैछ ।

यस्तै सांसदहरूले अवकाशको उमेर हद ५८ बाट ६० पुर्‍याउँदैछन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अवकाशपछि मुद्दा चलेर भ्रष्टाचारमा दोषी ठहर भए पनि पेन्सन दिने प्रस्ताव

स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलन घोषणा

राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बिशेष