अतिरिक्त सचिवको खोजी,को- को छन बढुवाको लाइनमा ?

राज्य व्यवस्था तथा सुशासन समितिको उपसमितिमा अतिरिक्त सचिव राख्ने बिषयमा करिब करिब सहमति जुटेको छ । सोही समयमा स्वास्थ्य मन्त्रालयले भने २ जना अतिरिक्त सचिवका लागि विज्ञापन खोलेको छ ।

बिज्ञापन

स्वास्थ्य मन्त्रालयमा दुई बर्षदेखि नै अतिरिक्त सचिवको व्यवस्था गरिएको छ । ०७९ साउन ६ गतेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यमा चार जना अतिरिक्त सचिवको व्यवस्था गरेको थियो । यस अघि प्रमुख विशेषज्ञहरुलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय गरेको थियो क्याविनेटले । धेरै समयअघि १२ औं तहका चिकित्सकलाई विशेष सचिव पद दिइको रहेछ । तर, त्यसलाई पछि परिवर्तन गरेर प्रमुख विशेषज्ञ हुँदै परिवर्तन गरेर अतिरिक्त सचिवको व्यवस्था गरेको हो ।

बिज्ञापन

सोही पद रिक्त हुन पुगे सँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त दुई अतिरिक्त सचिव पूर्तिका लागि प्रक्रिया अगाडि बढाइएको हो । गत १२ गते स्वास्थ्य सचिवका अत्तिरिक्त सचिव डा दीपेन्द्र रमण सिंह अवकाशमा गएसँगै र २१ फागुनमा डा विकास देवकोटा स्वास्थ्य सचिवमा उक्लिएसँगै मन्त्रालयमा दुई अतिरिक्त सचिव पद रिक्त हुन पुगेको छ ।

मन्त्रालयले स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गरिने भएकाले गत असार मसान्तसम्म पाँच वर्ष सेवा अवधि पूरा भएका एघारौं तहका कर्मचारीहरुले आवेदन माग गरेको छ ।

बिज्ञापन

सूचनामा भनिएको छ,नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तहको अतिरिक्त स्वास्थ्य सचिव रिक्त पद संख्या २ (दुई) मा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५ ९२० बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गर्नुपर्ने भएको हुँदा २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पुरा भएका एघारौं तहका अधिकृत कर्मचारीहरुले आवेदन दिन सक्नेछन् ।

मन्त्रालयले आगामी १५ दिनभित्र कर्मचारी प्रशासन शाखामा आवेदन गर्न सकिने जनाइएको छ । मन्त्रालयले तयार पारेको ओएण्डएम अनुसार त्यहाँ २ जना (अतिरिक्त) सचिवको दरबन्दी रहेको छ । यस्तै स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पनि १२ औं तह कै दरबन्दी छ । सो दरबन्दीमा हालैमात्र सचिव बढुवामा सिफारिस भएर छुटेका टंक बाराकोटीलाई खटाइएको छ ।
यस्तै वीर अस्पतालमा रहेको १२ औं तहको दरबन्दी रहेको छ तर त्यहाँ केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीकै जोडबलमा डा दिलिप शर्मालाई नियुक्ति गरिएको छ । शर्मा १० औं तहका चिकित्सक हुन । उनी यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यौन दुर्व्यवहारको आरोपमा काठमाडौं तानिए रसुवाका न्यायधीश र न्यायधिवक्ता

यी हुन उपसचिवमा नियुक्ति सिफारिस भएका २४ उमेद्धारहरु

शाखा अधिकृत,लेखा अधिकृत,लेखापालसहित १० विरुद्ध भ्रष्टाचार मुद्धा दायर

कमिसन लिएर योजना बेचेको आरोपमा ववरमहलबाट पक्राउ परे सांसद सिंह

आलमलाई न्याय दिने न्यायाधीशमाथि मोसो प्रहार

यी सहसचिव : जसलाई कहिल्यै प्रदेश झर्नुपरेन

न्याय परिषद सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाल सिफारिस

गणेशमानका नाममा छोरा प्रकाशमानले छुट्टाए ४० योजनालाई करोडौं बजेट

बिशेष