पछिल्लो मन्त्रिपरिषद् बैठकका विभिन्न ११ वटा निर्णय सार्वजनिक भएको छ । जसमा सार्वजसिनक बिदा दिने निर्णयका अलवा नियुक्ति,भ्रमण स्वीकृति दिने लगायतका निर्णयहरु सार्वजनिक भएका छन् ।
बिज्ञापन
जसमध्ये नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षका दीपक थापालाई नियुक्त गरिएको छ भने ऋण असुली न्यायधिकरणको बैंकिङ्ग सदस्य पदमा नरेशराज अर्याल, काठमाडौलाई नियुक्ति पाएका छन् । यस्तै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा दिनेशप्रसाद भट्ट, बैतडीलाई नियुक्त भएका छन् ।
यस्का अलवा नेपाली सेनातर्फ उपरथी पद एकमा विशेष बढुवा, सहायक रथी पद एकमा बढुवा र सहायक रथी पद एकमा पदावधि थप गर्ने निर्णय क्याविनेटले गरेको छ । यस्का अलवा जनक शिक्षा सामाग्री केन्द्रको प्रवन्ध सञ्चालकमा यदुनाथ पौडेललाई नियुक्त भएका छन् भने पवित्रा सुवेदी, सुर्खेत र रामशरण सापकोटा, मकवानपुरलाई शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
बिज्ञापन
क्याविनेटले ०८१ साल चैत ४ गतेदेखि ६ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने राइसिना डायलगको दशौं संस्करणमा माननीय परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई सहभागी हुन स्वीकृति दिएको छ । यस्का अलवा चैत्र २४ गते रामनवमी पर्व परेका कारण सरकारले सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान्न सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।
बिज्ञापन
नेपाल सरकारको नाममा दर्ता रहेको काभ्रेपलाञ्चोक जिल्ला साविक मेथिनकोट गा वि स वडा नं ६ को ६ रोपनी र साविक पोखरी नारायणस्थान गा वि स बड़ा नं ३ को ६ रोपनी जग्गा क्रमशः प्रहरी चौकी भकुण्डेवेशी र प्रहरी चौकी पोखरी नारायणस्थानको भवन निर्माण गर्नको लागि प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत क्याविनेटले गरेको छ ।