गृहका १३ कर्मचारीको सरुवा,सात सहसचिवको पदस्थापन गरिँदा एक उपसचिव गृहमा फिर्ता

गृह मन्त्रालयले १३ जना कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले ११ सहसचिवस्तरका र एक जना उपसचिवस्तरका कर्मचारीहरुको सरुवा गरेको हो ।मन्त्रालयले सात जना सहसचिवलाई पदस्थापन र बाँकी ६ जनाको सरुवा गर्दा उपसचिवस्तरका एक कर्मचारी मन्त्रालयमा फिर्ता भएका छन् ।

बिज्ञापन

सूची अनुसार,हालैमात्र पदस्थापन भएका दिलकुमार तमाङलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा पदस्थापन गरिएको छ । यस्तै,जगदिश्वर उपाध्यायलाई जिल्ला प्रशासन कार्यालय सुर्खेत,भविश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय नवलपरासी,बर्दघाट सुस्ता पूर्व पदस्थान गरेको छ ।

बिज्ञापन

गृहले कुमान सिंह गुरुङलाई जिल्ला प्रशासन कार्यालय बाग्लुङमा खटाउँदा प्रेम प्रसाद लुँइटेललाई जिल्ला प्रशासन कार्यालय उदयपुर,आनन्द सारुलाई अछाम जिल्लाको सिडियोको जिम्मेवारी दिएर पठाएको छ ।
यस्तै गृहले कपिलवस्तुको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल,सुर्खेतबाट शंकरहरि आचार्य,सुस्तापूर्वबाट अरुण पोखरेल, बाग्लुङबाट नेत्र प्रसाद सुवेदी,केदारनाथ शर्मा पर्वतबाट गृहमा फिर्ता ल्याइएको छ ।
यस्तै,उदयपुरबाट हरिप्रसाद घिमिरेलाई पर्वतमा सरुवा गरिएको गृहले जनाएको छ ।


यस्तै उपसचिव तहका प्रमुख जिल्ला अधिकारी रहेका शिव लम्साललाई अछामबाट गृहमा फिर्ता ल्याएको छ  ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

बिशेष