खरिदारदेखि अधिकृततहसम्मका कर्मचारीको सरुवा सूची निस्कदै

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा खरिदारदेखि अधिकृत तहसम्मको सरुवाको सूची निकाल्ने तयारी गरिरहेको छ ।

बिज्ञापन

यस अघि मनलाग्दी ढङ्गबाट हुँदै आएको कर्मचारी सरुवालाई व्यवस्थित गर्दै मन्त्रालयले हरेक महिनाको १ र १५ गते कर्मचारी सरुवाको सूची सार्वजनिक गर्दै आएको छ ।
पछिल्लो समय रविलाल पन्थले मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेसँगै सरुवालाई प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउने प्रयत्न गरिरहेको छन् । सोही योजना अनुसार कर्मचारी सरुवा प्रणालीलाई छिटो, छरितो व्यवस्थित, प्रभावकारी र न्यायोचित बनाउने उद्देश्यले मन्त्रालयले १५ दिनको अन्तरालमा हरेक महिना दुई पटक मात्र सरुवा गर्दै आएको छ । गत माघ महिनादेखि यो प्रणाली सुरु गरिएको हो ।
सोही अनुसार मन्त्रालयले चैत्र महिनाको पहिलो साता खरिदारदेखि अधिकृत तहसम्मका एक सय बढी कर्मचारीहरुको सरुवाको सूची सार्वजनिक गर्न लागेको हो ।
जसमा ५० भन्दा बढी खरिदारदेखि सुव्वा तहका कर्मचारीहरुको सरुवाको सूची निस्कदै छ भने ५० बढी अधिकृतहरुको सरुवा हुन लागेको मन्त्रालयले जनाएको छ । अझैं पनि देशका १८७ बढी स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको छ । मन्त्रालयले निमित्तका भरमा चलेका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी गरेको हो ।
पछिल्लो समय पन्थ सचिव भएसँगै कर्मचारी सरुवा व्यवस्थित र पारदर्शी हुँदै गएको छ । मन्त्रालयले महिनाको दुई पटक सरुवाको सूची सार्वजनिक गर्दै आएको छ । जस अनुसार प्रत्येक महिनाको १ देखि ३ गतेभित्र पहिलो चरणमा १५ देखि १८ गते दोश्रो चरणमा कर्मचारी सरुवा गर्दै आएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

कसले दियो अख्तियार प्रमुखलाई धम्की ?

“डिजिटल ढोका र बिचौलियाको ताला”

सरकारी तलब खाएर एमाले पार्टीको प्रतिनिधि डाक्टरहरू

दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

बिशेष