के आजदेखि लोडसेडिङ हुन लागेको हो ? कुलमान भन्छन :’बेकारको हल्ला’

नेपालमा आजदेखि लोडसेडिङको जोखिम बढेको टिका टिप्पणी शुरु भएको छ । आजदेखि भारतले नेपालतर्फ सोलार आवर बिहान ६ बजेदेखि साँझ ६ बजे (घाम लाग्ने समय)मा मात्रै विद्युत् दिने हुँदा लोडसेडिङको जोखिम बढेको जनाइएको छ ।

बिज्ञापन

यस अघि भारतसँग भएको विद्युत आयात स्वीकृति दिँदा मार्च १५ तारिखदेखि जुन ३० सम्म सोलार आवरमा मात्रै बिजुली दिने शर्त राखेको हो । सोही शर्त अनुसार भारतले आजदेखि बिहानदेखि बेलुकासम्ममात्र विद्युत दिने हुँदा लोडसेडिङको जोखिम बढेको टिप्पणी चलिरहेको छ ।

बिज्ञापन

यद्यपि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने यो वेकारको हल्ला भएको टिप्पणी गर्दछन् । घिसिङले विद्युत आपूर्ति व्यवस्थापनका लागि लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन् । उनले सोलार आवरको समयबाहेकको समयमा विद्युत् व्यवस्थापन गर्न  आवश्यक व्यवस्थापकीय प्रबन्ध गरिसकेका जनाउँदै लोडसेडिङको हल्ला बेकार भएको प्रतिक्रिया दिए ।

पिक आवरमा १७ सय मेगावाट आसपासको विद्युत् आवश्यक पर्ने हुँदा अहिले अहिले व्यवस्थापन गर्न प्राधिकरणलाई समस्या नरहेको प्राधिकरणले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

बिशेष