कुन मन्त्रीको सचिवालय कस्तो ?

सुशासनविद्हरु प्रधानमन्त्री र मन्त्री कति सफल वा असफल हुन्छन भन्ने बिषय त्यसको सचिवालयलाई हेरेरै निर्णय गर्न सकिने टिप्पणी गर्दछन् ।

बिज्ञापन

तर सुशासनको रटान लगाउँदै आएको प्रधानमन्त्री केपी शर्मा ओलीका कतिपय मन्त्रीहरु सचिवालयकै कारण वदनाम खेप्दैछन् । अहिले सबैभन्दा बढी विवादमा छन्, संघीय मामिला तथा सामान्य प्रशासन,गृह,स्वास्थ्य,शहरी, खानेपानी,भौतिक मन्त्रीको सचिवालयले ।

बिज्ञापन

मन्त्रीहरुको नीजि र स्वकीयगरी दुई प्रकारको सचिवालयको व्यवस्था गरिएको हुन्छ । प्रशासनिक काम हेर्ने गरी निजी सचिवालयमा उपसचिव वा सो सरहको कर्मचारीको नेतृत्वमा अधिकृत, नायव सुब्बा, कम्प्युटर अपरेटर, कार्यालय सहयोगी र सवारी चालक समेत गरी कम्तीमा पाँच जनाको टिम र स्वकीय सचिवालयमा मन्त्रीबाटै नियुक्त उपस्वकीय अधिकृत (उपसचिव सरह) सहित स्वकीय अधिकृत, एक स्वकीय प्रशासन सहायक, हलुका सवारी चालक दुई तथा कार्यालय सहयोगी दुई जनाको गरी राज्यकोषबाट तलब भत्ता पाउने गरी सात जनाको स्वकीय सचिवालय हुन्छ । यस्तै कर्मचारीहरुको रजगज र आतंक छ,अहिले सिंहदरबारमा ।

मन्त्रीको स्वकीय सचिव राखिनुपर्छ क्षमतावानलाई न कि कुनै आसेपासेलाई । प्रधानमन्त्री वा मन्त्रीका सल्लाहकार सिंहदरबार गएर बस्ने होइन । उनीहरूले बाहिरको कुरा अध्ययन गर्ने, प्रधानमन्त्री वा मन्त्रीलाई समय लिएर भेट्ने, कुनै बिषयमा सल्लाह, सुझाव दिने हो । छलफलमा आफ्नो कुरा राख्नेसम्म हो । सल्लाहकारहरूलाई अफिस, गाडी, पिए दिने होइन । स्वकीय सचिव निवासमै बस्ने र आपसी समन्वय गर्ने हो । उसले सचिव, सहसचिवसँग डिल गर्नु, ट्रेड युनियनका भालेहरूसँग लागेर विचौलियाको काम गर्नु नगर्ने हो भने आधा भ्रष्टाचार घट्ने पूर्व प्रशासक शारदा प्रसाद त्रितालको टिप्पणी छ ।
जस्तो पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि सचिव छन्,सह सचिव विनोद कुँवर । ओलीका सचिवालयमा अहिले सात जना सल्लाहकारहरु रहेका छन,मुख्य सल्लाहकार छन्,विष्णु प्रसाद रिमाल,आर्थिक सल्लाहकार युवराज खतिवडा,किरण पौडेल किरण पौडेल रहेका छन् भने हालैमात्र अग्‍नि प्रसाद खरेललाई मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा नियुक्ति गरिएको छ । यस्तै स्वकीय विज्ञका रुपमा असगर अली अवैतनिक सूचना प्रविधि विज्ञ,हितेन्द्र देव शाक्यलाई उर्जा विज्ञ,राजेश बज्राचार्य प्रमुख स्वकीय सचिवको भूमिकामा रहेका छन् ।
यस्तै पछिल्लो समयमा उपप्रधानमन्त्री प्रकाशनमान सिंह स्वकीय यूपि लामिछानेका कारण वदनामी खेप्दैछन् । अर्थमन्त्री विष्णु पौडेलले मधुसुदन पौडेल र यम पाण्डे,संगम अर्यालहरुलाई सचिवालयमा राखेका छन् ।
उता गृहमन्त्री रमेश लेखकले पर्वते कर्मचारीहरुको टिम बनाएका छन् । त्यहाँ मन्त्रीको सचिवालयमा घुमेर जागिर खाइरहेका बद्री तिवारी निजी सचिवको भूमिकामा रहेका छन् भने ईश्वर जोशी स्वकीयको भूमिकामा छन् ।
यस्तै परराष्ट्र मन्त्री आरजु राणाले श्रृजना अधिकारी र कमल रावललाई सचिवालयमा राखेकी छिन् । उता भूमि बलराम अधिकारीलाई अनिल मरासिनी र भेषराज पाण्डेहरुको टिमले सघाइरहेको छ ।
नवल किशोर साहको टिममा रत्नेश्वर शशि र सञ्जीव साह रहेका छन् भने युवा तथा खेलुकद मन्त्री तेजुलाल चौधरीसँग सुर्दशन श्रेष्ठ र तेजनारायण चौधरीले सघाइरहेका छन् ।
कानुन मन्त्री अजय चौरासियाले सचिवालयमा प्रभु प्रसाद र चन्दन सहनी,सञ्जीव पटेललाई राखेका छन् । सूदुरपश्चिमेली कर्मचारीको टिम बनाएका पर्यटन मन्त्री बद्री पाण्डेको सचिवालयमा सरोज अर्याल र ताल बहादुर रावतहरुले सघाइरहेका छन् । कृषि मन्त्रीको सचिवालयमा रोशन अधिकारी र नवराज तिमिल्सिनाहरु जोडिएका छन् भने शिक्षा मन्त्री विद्या भट्टराईले भट्टराईद्धय गणेश र कृष्णको टिम बनाएकी छिन् ।
यस्तै मानवीर राईको सचिवालयमा भुवन पाण्डे,बच्चु नारायण श्रेष्ठ,नविन राईहरुले सघाउँदा ओली सरकारका सबैभन्दा विवादमा परेका मन्त्री दीपक खड्कालाई भुपाल बस्नेतहरुको टिमले सघाइरहेको छ । त्यहाँ उर्जा विज्ञ,अर्थ विज्ञका रुपमा नविल बैंकका कर्मचारी लगेर फिट गराइएको छ ।
यस अघि कर्मचारी सरुवामा खुलेआम सात देखि दश लाख डिल गरेको आरोप लागेका शिव पटेल अझैं पनि मन्त्री राजकुमार गुप्ताको सचिवालयमा छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालैमात्र सार्वजनिक गरेको कार्यसम्पादन रिर्पोटमा सबैभन्दा कमजोर देखिएका भौतिक मन्त्री देवेन्द्र दाहालले (७ दशमलव ९ अंक) हासिल गरेकालाई एमाले निकट कर्मचारीका नेता प्रमोद खतिवडाले सघाइरहेका छन् । उनलाई मन्त्रीको सचिवालय र सडक डिभिजन कार्यालयको दोहोरो जिम्मेवारी दिइएको छ ।
पछिल्लो समय सचिवालयकै कारण स्वास्थ्य मन्त्री प्रदीप पौडेल समेत विवादमा तानिएका छन्,उनको सचिवालयमा शालिकराम दाहाल र सूर्य रेग्मीहरुले सघाइरहेका छन् । सचिवालयमा रहेका विश्ववन्धु रेग्मीलाई हटाइएको छ । त्यहाँ मन्त्रीको सचिवालय र लेखा फाँटका कर्मचारीको द्धन्द चरम उत्कर्षमा पुगेको बताइन्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।