अर्थबाट छानीछानी किन खेदिए एमालेकै कर्मचारी ?

सरकारको नेतृत्व अहिले नेकपा एमालेले गरिरहेको छ तर स्थिति यस्तो छ कि एमालेकै कर्मचारीहरु पेलानमा परिरहेका छन् ।

बिज्ञापन

कतिपय कर्मचारीका दुःख कस्ता छन् भने, जीवनभर जुन विचार बोक्यो, त्यहीँबाट प्रहार भइदिने । विरोधीको सरकार बने त चोट सहन तयार भएरै जागिर खाएका हुन्छन् । तर, जब आफ्नैले पिरोल्छन्, तब भन्ने ठाउँ कहीँ नहुँदो रहेछ । अघिल्लो पटक केपी ओलीले साढे तीन वर्ष सरकार चलाउँदा कांग्रेस पृष्ठभूमिका लोकदर्शन रेग्मीहरुले मुख्यसचिवदेखि अनेकन सेवा, सुविधा लिइरहे । तर, केदार न्यौपाने, कृष्ण देवकोटा, एकनारायण अर्याल, यादवप्रसाद कोइराला, सुरेश अधिकारीजस्ता सचिवहरुले भकुण्डोझैँ घरी यता घरी उता लखेटिए । यी कर्मचारीलाई एमालेनिकट भनेर चिनिन्थ्यो । तीमध्ये एकनारायण अहिले मुख्य सचिवको भूमिकामा छन्,उनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको ट्युनिङ मिल्न छाडेको छ ।
उता अहिले अर्थ मन्त्रालयबाट कम्युनिष्ट पृष्टभूमिकै कर्मचारीहरु खेदिन थालेका छन् । कुनै समय अर्थ मन्त्रालय र मातहतका कार्यालयमा बसेर रजगज गरेका कर्मचारीहरु आज समयक्रम सँगै भित्तामा पुग्दैछन् । जस्तो अर्थ मन्त्रालयमा रजगज गरेका र वैदेशिक अध्ययन तथा तालिमका नाममा राज्यबाट सबैभन्दा धेरै लाभ लिएका सचिव मधु मरासिनी अर्थबाट बाहिरिएर उपराष्ट्रपति कार्यालय हुँदै योजना आयोगबाट अवकाशमा गएका छन् ।
मरासिनी तिनै कर्मचारी हुन जो मुख्यसचिवको कुर्सीमा बैकुण्ठ अर्याल रहुन्जेल शक्तिशाली निकायमा कार्यरत रहे । अख्तियारले विशेषमा मुद्धा चलाएर पूर्ण फैसला नआउँदै पुन अर्थमै फर्किए । निजामतीभित्र अवसरमासिथ अवसरको खात पाउने प्रशासकमा गनिन्छन्,मधु । जसले १३ बर्ष समय वैदेशिक अध्ययन तथा विदेशमै बिताएका थिए । उनी किनारामा परेसँगै उनको भाइ शम्भु पनि अर्थबाट साइड लागे । मधुले आफू अर्थ सचिवको कुर्सीमा पुग्दा भाई शम्भुलाई अर्थमा भित्र्याएका थिए । पछि उनी त्रिभुवन भन्सार कार्यालय, मझौला करदाता कार्यालय, महालेखा नियन्त्रक, भन्सार जाँचपास परिक्षण कार्यालयका प्रमुखको जिम्मेवारी चलाए । जसरी मधु अर्थबाट आउट भए उसैगरी अहिले शम्भु पनि अर्थबाट बाहिरिएर अहिले उर्जा मन्त्रालयमा पुगेका छन् । हालैमात्र कुलमान घिसिङ्गलाई कार्यसम्पादन मूंल्याकनमा शून्य अंक दिने मध्येका एक हुन ।
यही घटनाक्रम देखियो,रामशरण पुडासैनीको दाजुभाईको हकमा समेत । हालैमात्र भन्सार विभागबाट हटाइएका हरिशरण पुडासैनी रामशरणका साखै भाइ हुन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बागमती प्रदेशबाट अर्थ मन्त्रालय भित्र्याएर भन्सार विभागको महानिर्देशक बनाइएका हरिशरण पुडासैनी ६ महिना नबित्दै त्यहाँबाट फालिए । पुडासैनी दाजुभाई पालैपालो अर्थ मन्त्रालयको सबैभन्दा शक्तिशालि मानिने बजेट तथा कार्यक्रम महाशाखा प्रमुख समेत चलाए । हालैमात्र भन्सार विभागको महानिर्देशकबाट भाइ हरिशरण पुडासैनीलाई फालेर महेश भट्टराईलाई पठाइनु र पूर्व सचिव रामशरण पुडासैनी वीमा प्राधिकरणको अध्यक्षको प्रवल दावेदार हुँदा हुँदै पत्रकारिता पृष्टभूमिका शरद ओझाले त्यहाँ नियुक्ति पाउनुको बीचको कनेक्सन के होला ? जागिरे जीवनमा एमाले शक्ति र सत्तामा हुँदा धेरै लाभ उठाउनेमध्येका एक कर्मचारीका रुपमा चिनिन्थे रामशरण । ओली सरकारको निगाह हुँदा एशियाली विकास बैंकको बैकल्पिक कार्यकारी निर्देशकमा पूर्वमुख्यसचिव सोमलाल सुवेदीलाई हटाएर बाँकी ८ महिनाको लागि पुडासैनीलाई पठाइएको थियो ।
यी दाजुभाई नै मधु र शम्भुले जसरी अर्थमा रजगज गरेका थिए उसै गरी एमाले सत्तामा हुँदा प्रचुर लाभ लिएका कर्मचारी हुन । रामशरण एसियाली विकास बैंकको वैंकल्पिक कार्यकारी निर्देशकमा जागिर खान फिलिपिन्सको मनिला गएपछि भाई हरिशरण अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हुँदै ग्वान्जाओको महावाणिज्यदूत समेत चलाएका थिए । जसरी मधु र शम्भुहरुलाई समयले किनारामा पारिरहेको छ,उस्तै हालत छ अहिले रामशरण र हरिशरणहरुको ।
उसो त अर्थबाट यी दुई कम्युनिष्ट पृष्टभूमिका भाइहरुमात्र होइन दीर्घ मैनाली पनि लखेटाइमा परेका छन् । अर्थ मन्त्रालयबाटै कम्युनिष्ट पृष्टभूमिका सचिव रामप्रसाद घिमिरे लखेटिएर अहिले शीतलनिवासतिर पुगेका छन् । आगामी आर्थिक वर्षको बजेट तयारी शुरु हुनै लाग्दा घिमिरेलाई राष्ट्रपति कार्यालय पठाएर उनको ठाउँमा घनश्याम उपाध्यायलाई ल्याइएको छ । घिमिरे विदेशबाट पिएचडी गरेका अर्थतन्त्रका ज्ञाता मानिन्थे ।
यसै गरी कुनै समय एमालेको राजमा राज गरेका दीर्घ मैनालीलाई पनि अर्थबाट किनारा लगाइएको छ । मैनाली राजस्वका अब्बल क्याडर हुन। यस अघि राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा ठूलठूला फाइल खोलेर चर्चामा आएका उनी ३३ महिना त्यहाँ बिताएका थिए । सबैभन्दा धेरै समय राजश्व अनुसन्धान विभागमा बस्ने कर्मचारीका रुपमा परिचित मैनाली पछि आन्तरिक राजश्व विभाग हुँदै अर्थमा पुगेका थिए । यस्तै एमाले निकटका प्रशासकका रुपमा चिनिएका रामप्रसाद आचार्य,सेवन्तक पौडेलदेखि हालैमात्र वाणिज्य आपस्र्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट सामान्य प्रशासनको बरण्डामा ल्याइएका राजन पौडेल पनि एमाले निकटका कर्मचारीका रुपमा चिनिन्छन् । पौडेललाई सात महिनामै विभागबाट सामान्यको बरण्डामा तानेर कुमार दाहाललाई त्यता खटाइएको छ ।

बिज्ञापन

घरी कांग्रेस, घरी वामपन्थी भएर दोहोरो सुविधा लिन सक्ने छद्मभेषीहरू भने जहिलेसुकै हालीमुहाली गर्न सक्षम देखिएका छन् । यस्तै खोटा सिक्काहरुले गर्दा असली वामपन्थी कर्मचारीको पार्टी र नेताप्रति विश्वास घटेको कम्युनिष्ट पार्टी निकट रहेका कर्मचारीहरुको टिप्पणी छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

मुख्य सचिवको अभिव्यक्तिले कर्मचारी ‘आगो’,आन्दोलनका कार्यक्रम घोषणा

सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक- प्रशासकको असली चरित्र !

चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने

कमिसनको लोभमा जनप्रतिनिधि र कर्मचारीको पब्लिकेसन्ससँग साँठगाँठ

अवकाशपछि मुद्दा चलेर भ्रष्टाचारमा दोषी ठहर भए पनि पेन्सन दिने प्रस्ताव

स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलन घोषणा

बिशेष