राजपत्र अनंकित अभियान रुपन्देही जिल्ला कार्यसमिति गठन,संयोजक तोकिए माधव अर्याल

काठमाडौंमा मात्र होइन राजपत्र अनंकित कर्मचारीहरूहरु देशका अन्य जिल्लामा समेत संगठीत हुन थालेका छन् । संघीय निजामती सेवा विद्येयक उपर राज्यव्यवस्था तथा सुशासन उपसमितिले विवादित बिषय टुंग्याउने तरखर गरिरहँदा निजामती विद्येयकदेखि आफ्ना वृत्ति विकास पेशागत हित र सेवाको सुरक्षाको एजेण्डा उठाउदै केही समय अगाडि संघमा गठन भएको निजामती सेवामा राजपत्र अनंकित संरक्षण अभियानले पेशागत हितको अभियानलाई थप प्रभावकारी रुपमा अगाडि बढाउनका लागि देशभर संगठन विस्तार गर्ने कार्यक्रममा निरन्तरता दिएको हो ।

बिज्ञापन

सोही अभियान अन्तर्गत रुपन्देहीमा जिल्लामा कार्यसमिति गठन भएको हो । जिल्लामा कार्यरत कर्मचारीहरुको भेलाले माधव अर्याल संयोजकत्वमा रुपन्देही जिल्ला कार्यसमिति गठन गरेको छ।समितिमा कृष्ण प्रसाद पन्थी, काशीराम ज्ञवाली र शकुन्तला शर्मा सह संयोजक साथै २१ सदस्य सदस्य रहेका छन् ।

बिज्ञापन

संघीय निजामती सेवा ऐनमा राजपत्र अनङ्कितका माग र मुद्दालाइ शशक्त रुपमा उठान गर्दै ऐनमा स्थापित गर्दै बृत्ति विकासका अवसरलाइ स्थापित गर्न राजनैतिक दलका प्रमुख नेतृत्व, प्रतिनिधिसभा सदस्यज्यूहरुमार्फत पैरवी गर्ने र आवश्यकता अनुसार शशक्त रुपमा दवावमुलक कार्यक्रम सन्चालन गर्ने छ । कर्मचारीका साझा चासो, सरोकार र हितमा प्रभावकारी रुपमा केन्द्रित रहने जनाइएको छ। नवगठित कार्यसमितिका संयोजक माधव अर्यालले भने,”यो स्वतन्त्र, साझा र विशुद्ध पेशागत हितका लागि संचालित अभियान हो। हामी विशुद्ध पेशागत हितका लागि स्वःस्फूर्त रूपमा क्रियाशील भएका छौं ।”

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्य मन्त्रालयमा व्यापक सरुवा

कार्यालय प्रमुख,लेखा अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा

चिप्लिए निर्णयकर्ता : हिजो सामान्यको सरुवामा,आज क्याविनेटको निर्णयमा

यता अधिकृतस्तरका २० जनाको अस्थायी दरबन्दी स्वीकृत,उता ३ सय ३३ को दरबन्दी कटौती

सेनामा जुत्ता काण्ड

सहसचिव र उपसचिव तहको विज्ञापन स्थगन

स्वास्थ्य मन्त्रालय ‘सेटिङ सेन्टर’मा रुपान्तरण:-सचिवदेखि निर्देशकसम्म छानबिन गर्ने अख्तियारमा उजुरी

१० उपसचिव,१८ अधिकृत सहित ३३ कर्मचारीको सरुवा

बिशेष