खुकुरीभन्दा कर्द जान्ने, लेखालाई वाइपास गर्दै मन्त्रीका पिए बजेट तान्ने

एउटै कर्मचारीले मन्त्री फेरिएपिच्छे सचिवालयमा घुमेर जागिर खाने अवसर किन र कसरी पाउँछ ? यसरी मन्त्रीको सचिवालयमा घुमिफिरी नियुक्ति खाने उपसचिव हुन शालिकराम दाहाल ।

बिज्ञापन

यस्तै मन्त्रीको केही पिएहरुका कारण काँग्रेस महामन्त्री गगन थापाको सिफारिसमा स्वास्थ्यमन्त्री बनेका प्रदीप पौडेलको सचिवालय अस्तव्यस्त रहेको पाइएको छ । मन्त्रीको निजी सचिवालयतिरका एक व्यक्तिले मज्जैसँग उठतीपुठ्ती धन्दा चलाउन खोजेको एकजना कांग्रेस नेताले दावी गरेका छन् । केही दिन अघि काँग्रेसकै क्यान्टिनमा भेटिएका एक जना केन्द्रीय सदस्य भन्दै थिए ‘मन्त्रीलाई भन्नु भन्दा गगन थापालाई भन्यो भने काम हुन्छ,तर गगन दाइको फोन नै उठ्दैन् “।

बिज्ञापन

मन्त्रीका सचिवालयमा अहिले शालिकराम दाहाल र सूर्य रेग्मी सहितका कर्मचारीहरु कार्यरत छन् । उनीहरुको कार्यशैलीका कारण स्वास्थ्य मन्त्रालयकै कर्मचारी,काँग्रेसी केही नेता कार्यकर्ता समेत असन्तृष्ट रहेका छन् । दाहाल यस अघि गगन थापा मन्त्री हुँदा उनको सचिवालयमा थिए । उनैलाई मन्त्री गगन थापाको योजना अनुरुप नै स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सचिवालयमा लगिएको छ । दाहाल तिनै कर्मचारी हुन,जो प्रदीप मन्त्री हुनु अगाडि लोक सेवा आयोग बुटवलमा कार्यरत थिए । गगन थापाको कोटाबाट प्रदीप पौडेल मन्त्री बनेसँगै उनी गगनकै जोडबलमा निजी सचिवका रुपमा स्वास्थ्यमा फेरि भित्रिए । उनलाई मन्त्रीका निजी सचिवको अलवा योजाना शाखाको जिम्मेवारी दिइएको छ ।

पछिल्लो समय स्वास्थ्य मन्त्रालयमा लेखा र मन्त्रीको सचिवालयबीचको वार नै शुरु भएको छ । मन्त्रीका आसेपासेले खाने,लेखाले भुक्तानी नदिँदा त्यहाँ रमिता नै देखिएको छ । कतिसम्म भने मन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीहरुले गत माघ महिनामा मात्र चिया र खाजा शीर्षकमा एक लाखभन्दा बढी सकाए । त्यो भुक्तानीका लागि लेखामा पठाउँदा लेखाले भुक्तानी नै रोकिदिएको हो । स्वास्थ्य मन्त्री प्रदीप पौडेलको सचिवालयमा कार्यरत ८ कर्मचारीले खाएको चियाचमेना वापत गएको बील लेखाले भुक्तानी गर्न नसकिने अडान लिएपछि अहिले कर्मचारीबीच द्धन्द शुरु भएको खबर यस अघि नै कर्मचारी प्रेसमा समाचार प्रकाशन भइसकेको छ ।

बिज्ञापन

यता लेखा शाखालाई वाइपास गर्दै मन्त्रीको निजी सचिव रकमान्तरमा सक्रिय रहेका छन् । लेखाको राय लिएर मात्र रकमान्तरका लागि अर्थ मन्त्रालयमा फाइल पठाउनु पर्नेमा लेखालाई नै बाइपास गर्दै अर्थ मन्त्रालयमा रकामान्तरका लागि फाइल पठाइएपछि त्यहाँ द्धन्द शुरु भएको छ। नेपालीमा भन्ने गरिन्छ मुख हुँदाहुँदै नाकले पानी खान हुँदैन । नाकले पानी खाँदा सर्किने र मानिसको ज्यानै जाने जोखिम हुन्छ ।अहिले यस्तै जोखिम निम्तिएको गुनासो गर्दैछन्,स्वास्थ्यका कर्मचारीहरु ।

स्वास्थ्य मन्त्रालयको स्रोतका अनुसार योजना शाखामा बसेर रकम निकास, बजेट रकमान्तरमा सक्रिय रहेसँगै लेखा र मन्त्रीको नीजि सचिवालयबीच द्धन्द भएको बताइएको छ । यसरी नियम कानुन र प्रक्रिया मिचेर मन्त्रीको निजी सचिवको बदमासीविरुद्ध प्रमाण सहित मन्तीसँग गुनासो गर्दा समेत मन्त्री प्रदीप पौडेलले कुनै कारवाही गरेनन् ।

पछिल्लो समय ५,१०, १५ शैया आधारभुत अस्पतालको निर्माण भुक्तानीको लागि अर्थमन्त्रालयबाट ७८ करोड ९४ लाख ८६ हजार जिल्लामा निकासा भएकोमा थप १ अर्ब ७० करोड ५१ लाख ४८ हजार रकम भुक्तानी गर्दा अर्थ मन्त्रालयमा समेत पैसा बुझाउनु पर्छ भन्दै खुलेआम डिल गर्ने गरेको पीडित र भुक्तभोगीहरु बताउँछन । यसरी रकम उठाउने कार्यमा भने यस अघि विभागमा सरुवा भएका कम्युटर अधिकृत फणिन्द्र गिरीलाई अगाडि सारिदै आएको थियो । उनको बिषयमा व्यापक गुनासो आएपछि अहिले गिरीलाई विभागमा सारिएको छ ।

उनले बजेट निकासाको क्रममा दुख दिख दिने गरेको गुनासो लिएर पटक पटक ठेकेदारहरुबाट गुनासो गर्दा समेत मन्त्री प्रदीप पौडेलले कुन्र कारवाही गर्न नसकेको पीडित व्यवसायीहरुको गुनासो छ । यस्का अलवा कर्मचारी सरुवामा समेत उपसचिव दाहालको ठाडो हस्तक्षेप रहेको कर्मचारीहरु बताउँछन् तर दाहाल भने सरुवाको बिषय आफूले हेर्दै नहेर्ने गरेको प्रतिक्रिया दिन्छन् । उनको बिषयमा आएका यी गुनासोको सम्बन्धमा दाहालसँग जिज्ञासा राख्दा ‘यी सबै बिषय गलत र अफवाह भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।