पछिल्लो समय गृह मन्त्रालयमा १७ जना सहसचिवहरु अतिरिक्त समूहमा राखिएको छ । पर्वतेहरुको कब्जामा रहेको मन्त्रीको सचिवालयका कारण गृहमा कर्मचारी परिचालनमा समस्या देखिदैं आएको छ । निजामती कर्मचारी भन्दा प्रहरीको सरुवा बढूवातर्फ बढी जोड दिँदा मन्त्रालययको कर्मचारी परिचालन गर्न नसकेको गृहका कर्मचारीहरु बताउँछन् ।
बिज्ञापन
गृहमा सहसचिव तहका २३ जना कर्मचारी अतिरिक्त समूहमा रहेकोमा पहिलो किस्तामा सात जना सहसचिवको सरुवा गरिँदा एक जना गृहमा तानिएका छन् भने बाँकी ६ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीसहित सरुवा गरिएको थियो । अझैं गृहमा १७ सहसचिव बरण्डामा छन् ।
बिज्ञापन
हालैमात्र सहसचिवमा बढुवा भएका धर्मराज जोशीलाई बाँकेको प्रमुख जिल्ला अधिकारीको रुपमा पदस्थापन गरिएको छ भने केही अघिमात्र रिक्त हुन पुगेको रौतहटमा विनोद कुमार खड्कालाई खटाइएको छ । यस्तै दिव्य राज पोखरेललाई संखुवासभामा खटाइएको छ भने डेढ महिना पछि खोटाङले सिडियो पाएको छ । त्यहाँ अख्तियारबाट हालैमात्र भित्रिएका नरहरि घिमिरेलाई खटाइएको छ भने ओखलढुङ्गामा विजयराज सुवेदीलाई खटाइएको छ । यस्तै आफ्नै गृह जिल्लामा कार्यरत रहेका रामकृष्ण अधिकारीलाई फिर्ता बोलाइएको छ र त्यहाँ शशिधर घिमिरेलाई पठाइएको छ ।
यसरी खटाइएपछि गृहमा अझैं गृहमा अझैं डेढ दर्जन सहसचिवहरु जगेडामा छन् । सामान्यबाट गएका बलराम रिज्याल, सुरेन्द्र पौडेल,अख्तियारबाट गएका ईश्वरी अर्याल,कञ्चनपुर कार्यालयबाट तानिएका माधव पोखरेलका अलवा मुख्यमन्त्री कार्यालय,कर्णालीबाट आनन्द सारु, प्रदेश प्रमुखको कार्यालय,लुम्बिनीबाट बेदप्रसाद खरेल,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशबाट कुमान सिङ गुरुङ, सार्वजनिक खरिद अनुगमनको कार्यालयबाट दिपकराज नेपाल गृहको बरण्डामा छन् । यस्तै भविश्वर पाण्डे,विजयराज सुवेदी,प्रेम प्रसाद लुँइटेल,लक्ष्मण ढकाल,दिल कुमार तमाङ,जगदीश्वर उपाध्याय,दिव्यराज पोखरेल गृहको अतिरिक्त समूहमा छन् ।
बिज्ञापन
यस अघि नै लामो समयदेखि गृहमा पाँच जना सहसचिव अतिरिक्त समूहमा रहँदै आएका थिए । गअहिले गृह मन्त्रालयको बरण्डामा दुई महिनाभन्दा अगाडि आएका सहसचिवहरू प्रेमप्रसाद भट्टराई, बन्धुप्रसाद बाँस्तोला रहेका छन्। भट्टराई मोरङ र बाँस्तोला झापाको सिडिओबाट तानिएको भइसकेको छ। उनीहरूसँग बाराबाट तानिएका शशिधर घिमिरे भने नुवाकोटको सिडिओ बनेर गइसकेका छन्। उनीहरू भने गृहको बरण्डामा थन्किएका हुन्।
निजामती सेवा ऐन अनुसार कुनै पनि कर्मचारीलाई महिनाभन्दा बढी जिम्मेवारविहिन राख्न पाइदैन । ऐनको दफा १८ को उपदफा (ख) (१) बिदामा रहेको, निलम्बन भएको र अन्यत्र काजमा खटिएका कारण पदाधिकार रहेको पदमा कायम राख्न पर्नेमा बाहेक कुनै पनि निजामती कर्मचारीलाई पदीय जिम्मेवारी नदिई महिनाभन्दा बढी अवधिसम्म राख्न नमिल्ने उल्लेख छ । तर गृहले एक सहसचिव र तीन उपसचिवलाई निजामती सेवा ऐन २०४९ को दफा १८ को उपदफा (ख)(१) विपरीत अतिरिक्त समूहमा राखिरहेको छ ।
सहसचिव बन्धुप्रसाद बास्तोला गृह मन्त्रालयमा हाजिर भएको सोमबार ठ्याक्कै ६० दिन पुग्यो । उनले अहिलेसम्म कतै जिम्मेवारी पाएका छैनन् । त्यस्तै उपसचिवहरू खेमराज ओझा, कैलाशबहादुर ठकुराठी र अमरदिप सुनुवार पनि गृह मन्त्रालयमा हाजिर भएको ६० दिनभन्दा बढी भइसक्दा पनि जिम्मेवारी पाएका छैनन् । ओझा कात्तिक ४ गते, ठकुराठी मंसिर ५ गते र सुनुवार मंसिर १७ गते मन्त्रालयमा हाजिर भएका थिए । यस्तै सहसचिव प्रेमप्रसाद भट्टराई गत पुस २७ गते मन्त्रालयमा हाजिर भए पनि जिम्मेवारी पाएका छैनन् ।
सहसचिवको दरबन्दी रहेको जिल्लाहरु डडेलधुरा, डोटी, बैतडी, अछाम, प्युठान, अर्घाखाँची, सल्यान, जुम्ला, दैलेख र रामेछापमा उपसचिव तहका कर्मचारी कार्यरत छन् । जसअनुसार डडेलधुरा सिडिओ चोमेन्द्र न्यौपाने , डोटीमा मोहनराज जोशी र प्युठानमा रमा आचार्य,बैतडीमा दीर्घराज उपाध्याय,अर्घाखाँचीको सिडिओमा बाबुराम अर्याल, सल्यामा सावित्रा पुन, दैलेखमा नवराज जैसी सिडिओ रहेका छन्। त्यो जैसीको गृह जिल्ला समेत हो । ऐन अनुसार आफ्नै जिल्लामा प्रमुख जिल्ला अधिकारी हुन मिल्दैन । यस्तै सहसचिव जानुपर्ने जुम्लाको सिडिओमा रामबहादुर शाही र रामेछापमा राजुप्रसाद पौडेल सिडिओका रुपमा कार्यरत छन् । सहसचिवको दरबन्दी रहेको जिल्लामा उपसचिवहरुले रजगज गर्दा १७ सहसचिवहरु मन्त्रालयको बरण्डामा ‘घाम ताप्न’ बाध्य छन्।