प्रधानमन्त्रीका निजी चिकित्सकले एक पछि अर्काे महत्वपूर्ण जिम्मेवारी पाउने सिलसिला जारी छ । यस अघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको निजी चिकित्सकको रुपमा कार्यरत रहेकी डा दिव्या सिंहलाई आइओएममा नियुक्ति गरिएकै शैलीमा यस पटक पनि केपी शर्मा ओलीको सेवामा जुटेका एक चिकित्सकलाई वीर अस्पतालको निर्देशकको जिम्मेवारी दिइएको छ ।
बिज्ञापन
प्रधानमन्त्री केपी ओलीका निजी चिकित्सक डा. दिलीप शर्मा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका छन् । यसरी नियुक्त भएका शर्मा दशौं तहका चिकित्सक हुन ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा कार्यकारी निर्देशक १२औं तहको (विशेषज्ञ तह) रहने गरी बनाइएको संगठन संरचना भए पनि उक्त ओएण्डएम कार्यन्वयनमा आउन सकेको छैन ।
बिज्ञापन
वीर अस्पतालमा १२औँ तहको प्रमुख विशेषज्ञ प्रमुख हुने व्यवस्था भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको चाह अनुसार दसौँ तहको चिकित्सकलाई निर्देशकको जिम्मेवारी दिइएको हो । डा. दिलीप शर्मा प्रधानमन्त्री ओलीका निजी चिकित्सकमा शर्मालाई नियुक्ति गरिएको हो ।
हाल निर्देशकको जिम्मेवारीबाट अलग भएका एमाले निकटका डा. सन्तोष पौडेलको कार्यकाल सकिएसँगै रिक्त रहेको पदमा डा दिलीप शर्मालाई नियुक्ति गरिएको हो । पौडेलको कार्यकाल सकिएपछि समाज गौतम निमित्त भएर काम गरिरहेका थिए ।
बिज्ञापन
अस्पतालको निर्देशकका लागि दौडमा रहेका निमित्त निर्देशक डा समाज गौतमसहित डा अनुपमा कार्की प्रतिस्पर्धामा थिए । प्रधानमन्त्री ओलीको निजी चिकित्सकको रूपमा समेत काम गरेका शर्मालाई ओलीको जोडबलमा नियुक्त गरिएको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतको सिफारिसमा न्याम्सका सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री पौडेलले उनलाई दुई वर्षका लागि वीरको निर्देशक पदमा नियुक्त गरेका हुन् ।
यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक रहेकी डा. दिव्या सिंहले पनि आकर्षक नियुक्ति पाएकी थिइन ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओम) को डिनमा डा दिव्या सिंह शाह नियुक्त गरिएको थियो । मिर्गौला रोग विशेषज्ञ डा सिंह त्रिवि शिक्षण अस्पतालको नेफ्रोलोजी विभागकी प्रमुखसमेत हुन्।