राजावादीको सक्रियता बढेसँगै काठमाडौँका भिआइपी क्षेत्रमा भेला हुन निषेध

राजावादीहरुको सक्रियता बढे पछि जिल्ला प्रशासन कार्यालयले संवेदनशील स्थानमा निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अति विशिष्ट व्यक्तिहरुको निवास र प्रशासनिक कार्यालय आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

बिज्ञापन

जस अनुसार,महाराजगन्जस्थित राष्ट्रपतिको कार्यालय शीतलनिवाससहित लैनचौर, सिंहदरबार, बालुवाटार र संसद् भवन रहेको नयाँ बानेश्वर आसपास स्थान तोकेर निषेध आदेश जारी गरिएको छ । ती स्थानमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भई अनशन, जुलुस, सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागुन २५ देखि दुई महिनासम्मका निम्ति निषेधित क्षेत्रसम्बन्धी आदेश जारी गरिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋृषिराम तिवारी हस्ताक्षरीत पत्रमा भनिएको छ, देहायको क्षेत्रमा मिति २०८१ फागुन २५ गतेदेखि लागु हुने गरी २ महिनासम्मका लागि पाँचजनाभन्दा बढी व्यक्ति भेला, जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ ।

बिज्ञापन

कसैले आदेशविपरित त्यस्ता कार्य गरेको पाइएमा ‘स्थानीय प्रशासन ऐन, २०२८’ बमोजिम कारवाही गरिने र ‘सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मुल्यांकनसम्बन्धी कार्याविधि, ०८१’ बमोजिम आयोजकलाई क्षतिपूर्ति तिराइने पनि जानकारी गराइएको छ ।

यस्तै, विरोधका कार्यक्रमबाट सरकारी, सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति क्षति भएमा आयोजकबाटै क्षतिपूर्तिबापतको रकम असुल गराइने आदेशमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष