मञ्जुश्री ट्रेल रेस चैतमा

मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करणमा चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने भएको छ। आयोजकका अनुसार यसपालि पाँच सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३७१ नेपाली र १३१ विदेशी गरी कूल ५०२ जनाको सहभागता रहनेछ । जसमध्ये पुरुष धावक ४०८ र महिला धाविका ९४ जना रहेका छन् ।
पाँचौँ मञ्जुश्री ट्रेल रेसमा एक सय माइल्स, एक सय किमी, ५० किमी, ३० किमी र दस किमी इभेन्टमा दौड हुनेछन् । १०० माइल्स स्वयम्भूस्थित सिङल ट्रिबाट सुरु भई सोही स्थानमा आएर सकिनेछ । १०० किमी रेस नगरकोटको सेरेन रिसोर्टबाट, ५० किमी रेस गोदावरीबाट तथा ३० किमी रेस सोलिड रक लज डोल्लु पर्मिङबाट सुरु हुनेछ । सबै रेस सिङगलल ट्री स्थित पवना हाउसमा पुगेर समाप्त हुनेछ ।
मन्जुश्री ट्रेल रेस एसिया ट्रेल मास्टर्सको क्वालिफायर पनि हो । मन्जुश्रीमा विजेता हुने खेलाडीहरु भियतनामा हुने एसिया ट्रेल मास्टर्समा चयन हुनेछन् । एसिया ट्रेल मास्टर्समा नेपाली खेलाडी उपाधि दावेदारको रुपमा रहने गर्दछ । सन् २०२३ मा रशिला तामाङ र २०२४ मा प्रिया राईले एसिया ट्रेल मास्टर्सको उपाधि जितेका थिए ।
मन्जुश्री ट्रेल रेसअन्तर्गत १०० माइल्समा पहिलो देखि तेस्रो हुनेले क्रमशः ७५ हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछ । १०० किमीमा पहिलो देखि तेस्रो हुनेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार तथा ५० किमीमा पहिलो देखि तेस्रो हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउनेछ । ३० किमीमा पहिलो देखि तेस्रो हुने क्रमशः २० हजार १० हजार र ५ हजार रुपियाँको हकदार हुनेछ । १० किमीमा भने नगद पुरस्कार राखिएको छैन।
मन्जुश्री ट्रेल रेसका कार्यवाहक अध्यक्ष नारायण आचार्यले किंवदन्तीअनुसार मञ्जुश्री चिनबाट नेपालसम्म हिँडेर आएको, त्यो बेला काठमाडौँ उपत्यका पानीले भरिएको र मञ्जुश्रीले चोभारको डाँडा काटेर काठमाडौँ बस्न लायक बनाएको कथा छ । त्यसैले प्रभावित यस रेसको नाम मञ्जुश्री ट्रेल रेस राखिएको बताउनुभयो ।
यसैगरी रेस डिरेक्टर आसिस मिश्रले पहिलो संस्करणमा सातजना धावकमात्र रहेको संस्करण गर्दे अहिले पाँच सयभन्दा बढीले सहभािगता जनाउन लागेकोमा आफूलाई धेरै खुशी लागेको बताए । यसैगवरी धाविका रसिला तामाङले ट्रेल रेस नेपालीहरुका लागि अन्तर्राष्ट्रिय पदकको सम्भावना भएको खेल हो, भनिन् । उनले यसपटक व्यवस्थापनमा पनि सहयोग गर्नुपरेकोले खेल्ने,नखेल्ने निर्णय गरिनसकेको जानकारी पनि दिइन् ।

 

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनको स्थानीय तहलाई परिपत्र : समुदायलाई मनसुनजन्य विपद्प्रति जागरुक बनाउनु

भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेका डिआइजीको अख्तियारबाट सरुवा

नेपाल प्रहरीका ११ डीआईजीको पदस्थापना,को कहाँ ?

परीक्षामा सहभागी नै नभई घरैमा कार र जीपको सवारी लाइसेन्स,अख्तियारले चलायो ४ विरुद्ध मुद्धा

आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

निजामती कर्मचारीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनमा जाने अवसर, असार १ सम्म आवेदनको ‘टाइमलाइन’

माओवादीले सदन चल्न नदिने गृहमन्त्रीको राजीनामा ‘बटमलाइन’

बिशेष